धरान/नेपाली काग्रेसका संस्थापक एवम् समाजवादी चिन्तक महामानव बीपी कोइरालाको १०३ औं जन्म जयन्तिको अवसरमा बीपी चिन्तन प्रतिष्ठानले द्विदिवसीय कार्यक्रमको आयोजना गरी भव्यताका साथ मनाएको छ ।
वि.सं. २०५३ सालमा स्थापना भएको प्रतिष्ठानले हरेक बर्ष बीपी जयन्तिको शुअवरमा विचार गोष्ठी, अन्तरमावि स्तरीय वतृत्वकला प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता, प्रजातन्त्रको लागि आजीवन समर्पित प्रजातन्त्रका सेनानीहरुलाई अभिनन्दन, सक्रिय तथा इमान्दार कार्यकर्ताहरुको सम्मान लगायतका कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।
खासगरी बीपीको आदर्श, मूल्य, मान्यता एवम् उहााका विविध आयामहरुलाई वर्तमान पुस्तालाई जानकारी गराउने ध्येयले स्थापना भएको प्रतिष्ठानले यसपटक आफनो द्विदिवसीय कार्यक्रममा अन्तरमावि स्तरीय वतृत्वकला प्रतियोगिता र प्रजान्त्रत सेनानीहरुलाई अभिनन्दन तथा समाजमा उल्लेखनिय योगदान दिएकाहरुलाई सम्मानसहित मनाएको छ । सम्मानित हुनेहरुमा धरान ११ का प्रतिबद्ध कार्यकर्ता उदयनारायण श्रेष्ठ,
धरान १३ का कटकबहादुर तामाङ, धरान १६ की उर्मिला प्रधान रहनु भएको छ । यसैगरी अभिनन्दित हुनेहरुमा इटहरीका प्रजातन्त्र सेनानी अमरबहादुर गौली, तनमुना गाविसका सम्पतलाल चौधरी
रहनु भएको छ । यसका अलावा कुरसेल, विहार (भारत) मा अपहरित बालिका स्पर्ष अग्रवाललाई मोरङको पथरी शनिश्चरेबाट सकुशल उद्धार गरी प्रशंसनीय कार्य गर्नुभएका सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखेल र इटहरीका तत्कालीन इलाका प्रहरी कार्यालयका डिएसपी ओम अधिकारीलाई कर्तव्य परायण राष्ट्रसेवक कदरपत्र प्रदान गरिएको छ । केही दिन अगाडि सार्वजनिक पद धारण गरेका
राष्ट्रसेवक कर्मचारीहरु विभिन्न संघ, संगठन, राजनैतिक पार्टीहरुको कार्यक्रममा सहभागी हुन नपाउने गृहमन्त्रालयले निर्देशन जारी गरेकोले पोख्रेल र अधिकारी दुवै कार्यक्रममा सहभागी हुनु भएन । तर उहााहरुलाई प्रतिष्ठानका तर्फबाट प्रदान गरिने कर्तव्य परायण राष्ट्रसेवक कदर उहााहरुकै कार्यालयमा पठाइदिने प्रतिष्ठानका अध्यक्ष आनन्द आचार्यले बताउनुभयो ।
सो अवसरमा बोल्दै नेपाली कााग्रेसका पूर्व सभापति एवम् पूर्व सांसद हरिनाथ बास्तोलाले बीपीको आदर्श, मूल्य र मान्यतालाइ पार्टी नेतृत्वले भुल्दै गएकोले पार्टी कमजोर बनेको बताउनुभयो । यसैगरी प्राध्यापक एवम् प्रजातान्त्रिक विचार समाजका अध्यक्ष जीवन राईले मुलुकको राजनीति गुण्डाहरुको हातमा गएकोले आज तल्लो स्तरसम्म बीिपीको सपना पुर्याउन नसकेको बताउनुभयो । उहााले भन्नुभयो बीपीको जन्म जयन्तिको यस्तो महत्वपूर्ण अवसरमा नगर र क्षेत्रीय कमिटी एउटा अभिभावकको रुपमा उपस्थिति हुनुपर्ने थियो । सामान्य विवाद झिकेर कार्यक्रम नै बहिष्कार गर्नु आफैमा खेदजनक मात्र छैन बीपी, गणेशमान, सुवर्ण शमशेरको नाम भाजाएर खेतिपाति गरेर खाने प्रवृत्ति देखियो । यसले भोलिका दिनमा नराम्रो अवस्थाको सिर्जना गर्छ ।
प्रतिष्ठानका अध्यक्ष आनन्दप्रसाद आचार्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेकपा एमालेका नगर सचिव राजमणि निरौला, प्रतिष्ठानका सचिव पुष्प ढकाल, नेपाल महिला संघ धरान उपमहानगर समितिकी अध्यक्ष भगवती श्रेष्ठ, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य चन्द्रसुन्दर खेवाङ्ग, प्रतिष्ठानका उप–सभापति डा. गोपाल भण्डारी लगायतले बीपीका विविध पक्षका
बारेमा प्रकाश पार्नुभएको थियो । झण्डै ३ सय कार्यकर्ताहरुको उपस्थिति रहेको कार्यक्रममा चित्रकार गोपाल शाक्यले बीपी, गणेशमान, सुवर्ण शमशेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद
कोइरालाका पेन्सिल आर्टहरु प्रदर्शनमा राख्नुभएको थियो । सो अवसरमा वतृत्वकला प्रतियोगितामा सहभागी विष्णु मेमोरियल उच्च माविकी छात्रा स्किृति कोइराला, शारदा बालिका उच्च माविकी कमला धमला, ल्याबोरेटरी उच्च माविकी विनिता मगर र पब्लिक उच्च मावि फुस्रेकी सुस्मिता थापाले प्रथम, द्वितीय, तृतीय र सान्त्वना
पुरस्कार पाएका थिए भने कार्यक्रमको सञ्चालन श्यामा रेग्मीले गर्नुभएको
थियो ।
त्र