धरान/अब धरानेहरुले कुनैपनि स्वदेशी तथा विदेशी व्राण्डका घर सजावटका लागि चाहिने फर्निसिङ्गका सामान खरिद गर्न चार चौरास भौतिरिनु नपर्ने भएको छ । धरानेहरुको यही आवश्यकता र चाहनालाई मध्यनजर गरेर धरानका युवा व्यवसायी अशोक जैनले अत्याधुनिक सुविधा सम्पन्न स्लिपवेल डेकोरको नयाा शोरुम सञ्चालनमा ल्याएका छन् ।
आवसीय सहरको रुपमा परिचित धरानमा आकर्षक र नयाा नयाा डिजाइनका घरहरु निर्माण भएपनि घरका भित्री कोठा सजावट अर्थात आवश्यक पर्ने फर्निसिङ्गका सामाग्री खरिद गर्न धरानेहरुले चारचौरास भौतारिनु पर्ने बाध्यता थियो । यसले एकातिर समय र पैसाको अनावश्यक खर्च गराएको थियो भने आफूले चाहेजस्तो सामान पाउन नसक्दा उनीहरु हैरान समेत भएका थिए ।
यही भाद्र २४ गतेदेखि धरान ९ पुतली लाइनमा सुभारम्भ भएको स्लिपवेल डेकोरले यहााका स्थानीयहरुको आवश्यता पूर्ति गर्ने व्यवसायी अशोक जैनको विश्वास रहेको छ । अन्डर ग्राउन्ड सहित दुईतलामा रहेको स्लिपवेल डेकोरमा शनिवार भेटिएकी धरान १७ की नर्वदा सुब्बाले भनिन् यत्तिका सामान भएको फर्निर्सिङ्ग सोरुम मैले विदेशमा मात्र देखेकी थिएा । उनले सुनाइन, आफ्नो घरलाई चाहिएको सामान पाउन नसक्दा युकेदेखि पनि समान मगाएको उनले सुनाईन । पति युके आर्मीमा भएको सुब्बाले धरानमा यस प्रकारको र्फिर्नसिङ्ग शोरुमले अब आफूलई यसैका लागि बाहिरबाट सामान मगाउने झन्झट
नरहेको प्रष्ट्याइन् ।
के के छन् त शोरुममा ?
औपचारिक रुपमा सञ्चालनमा आएको एक हप्ता समेत नबित्दै
धरानेहरुको रोजाइमा परेको स्लिपवेल डेकोर फर्निसिङ्ग शो रुममा स्वदेश तथा विदेशमा उपादन भएका घर सजावटका सम्पूर्ण समानहरु रहेको सञ्चालक अशोक जैन बताउनुहुुन्छ जैनका अनुसार शोरुममा आकर्षक प्लाष्टिकका कार्पेट, यति कार्पेट, वेल्जियम कार्पेट, प्रेस्टिन ब्राण्डका डोरमेट, प्लाष्टिक चेयर, टेबुल, अफिस चेयर, स्लिप वेल कम्पनीका फम, कुशन, पर्दा, कपडा, सोफा कपडा, रेन्जिन डोर मेट्स्, तन्दा, तावेल, विदेशी गलैचा, फाइवर कुसन, सिरक, ब्लांकेट, म्याट्ेरसमा एस.एस.एफ र यायटप ब्राण्डका सामानहरु उपलब्ध रहेका छन् ।
युवा व्यवसायी अशोक जैन भन्नुहुन्छ, हाम्रो पहिलो टार्गेट धरानका ग्राहकहरु हुन् भने पूर्वी पहाडका ग्राहकहरुले समेत ब्राण्डेड सामानहरु सुपथ र उचित मूल्यमा पाउन् भन्ने हो । संचालनमा आएको छोटो अवधिमै स्लिपवेल डेकोरबाट पूर्वी पहाडी जिल्ला धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा आदि स्थानसम्मका ग्राहकहरुले सामान गरिद गरेर लगिसकेका छन् । स्लिपवेल डेकोर फर्निर्सिङ्गकी सञ्चालिका स्वेता जैन भन्नुहुन्छ, यहाा जति पनि ग्राहक आउनु भएको छ प्राय :सबैको एउटै मत छ अत्यन्तै राम्रो शोरुम खुल्यो ।
अभिभावक विजय डागाको कथन
स्लिपवेल डेकोर फर्निसिङ्ग शोरुम सञ्चालक, सञ्चालिका अशोक जैन र स्वेता जैन भएपनि उनीहरुका अभिभावक भनेको विजय डागा नै हुनुहुन्छ । उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहनु भएका डागा स्थानीय समाजसेवी तथा राजनैतिककर्मी समेत हुनुहुन्छ ।
फर्निसिङ्ग शोरुमका सम्बन्धमा डागा भन्नुहुन्छ, ठूलै लगानी गरेर शोरुम सञ्चालन गरिएको हो । म त केही होइन सबै गर्ने मेरा छोरा बुहारी नै हुन् । उहाा भन्नुहुन्छ आज हरेक व्यवसायमा प्रतिष्पर्धा छ एउटाले जे गर्यो अर्कोले त्यही गर्ने प्रवृत्ति छ । हामीले चाहिा अलि पृथक व्यवसाय सञ्चालन गर्न खोजेको मात्र हो । स्थानीय ग्राहकहरुको चाहना र मनोभावना बुझ्न नै झण्डै एक बर्ष लाग्यो । त्यसपछि धरानमा एउटा स्तरीय, स्वदेशी तथा विदेशी ब्राण्डका फर्निसिङ्ग सामानको शोरुम खोल्दा उपयुक्त हुने देखेपछि हाल शोरुम सञ्चालनमा ल्याएको डागाको कथन छ । हाल औसत विक्री कस्तो छ त भन्ने हाम्रो जिज्ञासामा डागाले भन्नुभयो भर्खरै सञ्चालनमा आएको छ । जे जस्तो विक्री छ सन्तोषजनकै छ ।
