धरान/लायन्स क्लब अफ दन्तकाली डिष्ट्रिक ब्ज्ञ धरानले आफ्नो बार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
सन १९१७ मा भएको प्रथम विश्वयुद्धका कारण समाजमा देखिएको
कुरिती, कुलत र जनताको नाजुक अवस्थालाई सुधार्न हामी सेवा गछौं भन्ने नारालाई आत्मसात गर्दै अन्तर्राष्ट्रिय लायन्स क्लबको स्थापना भएको हो । नेपालमा भने अन्तर्राष्ट्रिय क्षेत्रबाट प्रभावित भई ९ अगस्त सन् १९७१ मा लायन्स कबल अफ विराटनगरको पहिलो पटक स्थापना भएका हो ।
उक्त क्लबका संस्थापक अध्यक्ष नेपाली काागेसक प्रथम सभापति तथा पूर्व प्रधानमन्त्री मातृकाप्रसाद कोइराला हुनुहुन्थ्यो । हालसम्म नेपालमा लायन्स क्लबको संख्या ५ सय १२ वटा पुगेको छ भने करिब १४ हजार यसका सदस्य रहेका छन् । सन् १९८१/८२ मा नेपालले आफनो छुट्टै अस्तित्व कायम गरी डिष्ट्रिक ३२५ स्थापना गर्न सफल भयो भने सन् १९८७ मा डिष्ट्रिक ३२५ फुलफेज डिष्ट्रिकोरुपमा परिण्त भएाके थियो हाल नेपालमा चारवटा डिष्ट्रिक स्थापना भएका छन् । यहाा स्मरणीय कुरा के छ भने धरानमा वि.सं. १९७६ मा लायन्स क्लब अफ धरानको स्थापना भएपनि विविध कारणले दुई बर्षपछि अर्थात सन् १९७८मा बन्द भएको थियो । त्यसपश्चात धरानका समाजसवीहरुको पहलमा वि.सं. १९८४/८५ मा लायन्स क्लब अफ दन्तकाली गठन भई हालसम्म यो क्रियाशिल रहेको छ ।
अन्तर्राष्ट्रिय लायन्स क्लब स्थापनाको सतबार्षिकीको अवसरमा लायन्स क्लब अफ दन्तकाली धरानले गरेको रक्तदान कार्यक्रममा ५२ पिन्ट रगत संकलन भएको थियो । रक्तदान कार्यक्रमको प्रमुख आथित्यक रुपमा भाषाशास्त्री प्रा.डा. टंक न्यौपने रहनु भएको थियो भने अध्यक्षता क्लबकी अध्यक्ष विष्णुमाया राईले गर्नुभएको थियो ।
