बराह बचतको सातौ बार्षिक साधारण सभा सम्पन्न

धरान/पूर्वाञ्चलको सबैभन्दा ठूलो सहकारी संस्थाको रुपमा स्थापित बराह बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सातौ बार्षिक साधारणसभा सम्पन्न
गरेको छ ।
आज भन्दा ठीक सात बर्ष अगाडि अर्थात वि.सं. २०६६ सालमा स्थापना भएको बराह बचत तथा ऋण सहकारी संस्थाको हाल शेयर सदस्य संस्थामात्र १ हजार १ सय ४३ जना पुगेका छन् । जसमा पुरुषको तुलनामा महिलाको संख्या अधिक रहेको छ । महिला शेयर सदस्यको संख्या ६ सय ८० रहेका छन् भने पुरुष शेयर सदस्य सख्या ४ सय ३ जना रहेका छन् ।
आ.व. २०७२/०७३ सम्मको शयर रकम रु १ करोड ३७ लाख ३४ हजार ९ सय रहेको छ । यस अवधिमा निक्षेप संकलन ४२ करोड २७ लाख १ सय ७५ रहेको, निक्षेप फिर्ता ४० करोड १५ लाख ३४ हजार ९ सय ४९, ऋण लगनी १२ करोड ६ लाख २ हजार ५ सय खुद मुनाफा १४ लाख ३९ हजार ८ सय २९ तथा हालसम्मको संस्थाको मुनाफा ४४ लाख ४६ हजार १ सय ३ रुपैया रहेको संस्थाका अध्यक्ष मनबहादुर विकले जनाउनु भएको छ । अध्यक्ष विकका अनुसार २०७३ असार मसान्त सम्ममा संस्थाको विनियम बमोजिम शेयर लाभांस कोषमा २५ प्रतिशत, संरक्षित पूाजी कोषमा २५ प्रतिशत, कर्मचारी बोनस कोषमा १० प्रतिशत, सहकारी शिक्षा कोषमा १० प्रतिशत, सहकारी विकास कोषमा १० प्रतिशत, घाटा पूर्ति कोषमा १० प्रतिशत, डुबन्त ऋण कोषमा १० प्रतिशत बााडफााड गरिएको छ ।
हालसम्म संस्थाले राष्ट्रिय सहकारी बैंकका १००० दरका मूल्य बरारका १००५ शेयर १० लाख ५० हजारको शेयर सदस्य खरिद गरेर आफ्नो आवद्धता जनाएको
छ । यसैगरी जिल्ला सहकारी संघमा २६ हजार शेयर सदस्य, जिल्ला सहकारी संघ सुनसरीको शेयर सदस्य, क्षेत्रीय सहकारी समन्वय समिति, सुनसरीको सदस्य, उद्योग वाणिज्य सघको सदस्य, जिल्ला एम्बुलेन्स अनुगमन समितिको सदस्य, जिल्ला सहकारी संघ लि.को सल्लाहकारमा मनोनित, बचत तथा ऋण सहकारी संस्था लि. सुनसरीको शेयर सदस्य, राष्ट्रिय सहकारी बैं लि. धरान शाखा सञ्चालक सदस्यमा समेत आवद्धता जनाएको छ ।
बराह बचत तथा ऋण सहकारी संस्था लि.ले आय आर्जनसागै समाजसेवामा समेत उत्तिकै समर्पित रहदै अएको छ । एम्बुलेन्समार्फत आफन शेयर सदस्य धनीहरुलाई मात्र सेवा पुर्‍याएको छैन असहाय र गरिबहरुका लगि समेत नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउदै आएको छ । यसैगरी यहााका विद्यालयहरुलाई आर्थिक सहयोग, वेरोजगार युवा युवतीहरुलाई रोजगारमुलक कार्यक्रमको आयोजना, रक्तदान, मठ मन्दिर पुन निर्माण आदि दर्जनौ कार्यहरु समेत गर्दै आएको छ ।
संस्थाका अध्यक्ष मानबहादुर विकको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथिमा इलाका प्रशासन कार्यालय धरानकामा प्रशासकीय अधिकृत सिताराम कार्की रहनु भएको थियो भने आदिवासी जनजाति महासंघ सुनसरीका पूर्व अध्यक्ष ङावालप्टु सेर्पा, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र साह, खगेन्द्र नेपाली, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष केशव घिमिरे लगायतले बोल्नु भएको थियो । कार्यक्रमको सञ्चालन अइन्द्र निरौलाले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया