वी।पी। प्रतिष्ठानका डाक्टर नेपाल विद्याभूषण९क० पदकवाट सम्मानित

धरान/ धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरु नेपाल विद्याभूषण (क) पदकवाट सम्मानित भएका छन् ।
सम्मानित हुनेहरुमा मुटु रोग विशेषज्ञ डा. प्रशान्त शाह, मुटु शल्यक्रिय विशेषज्ञ डा. लोकेश जैशवाल र डा. शमशेर श्रेष्ठ रहेका छन् । उनीहरुलाई राष्टूपति विद्यादेवी भण्डारीले एक समारोहका वीच उक्त पदक तथा प्रमाण पत्रले सम्मान गरेको हो । डा. शाहले कार्डियोलोजी र डा. जैशवालले कार्डियोथोरासिक सर्जरीमा तथा डा. श्रेष्ठले ह्युमन एनाटोमी विषयमा विद्यावारिधी गरेकाले उनीहरुलाई राष्टूपतिद्धारा विशेष समारोहमा पदक तथा प्रमाणपत्रले सम्मान गरिएको प्रतिष्ठानका सुचना अधिकृत सुजेन्द्र तामाङले बताए । प्रतिष्ठानका निष्ठावान र सक्षम डाक्टरहरुले विशिष्ट अध्ययन पूरा गरी उच्च सम्मान पाएकोमा आफु र सिंगो प्रतिष्ठान परिवार गौरावान्वीत भएको प्रतिष्ठानका उपकुलपति प्रा.डा. बलभद्रप्रसाद दासले बताए ।
यस्तो विशेषज्ञ जनशक्तिको व्यापक आवश्यकता भएतापनि हाल नेपालमा कार्डियोलोजीमा बढीमा १० जना र कार्डियोथोरासिक सर्जरीमा बढीमा ५ जना ले मात्र विद्यावारीधी गरेको डा. शाह बताउंछन् । ह्युमन एनाटोमी विषयमा विद्यावारीधी गर्ने त नेपाल मै पहिलो भएको डा. श्रेष्ठले बताए । आफुलाई प्रतिष्ठानले नै भारतको बनारस हिन्दु विश्वविद्यालयमा स्पोन्सर्ड गरी
विद्यावारीधी सम्मको उच्च अध्ययन गराएको भन्दै प्रतिष्ठानको सेवामा निष्ठापूर्वक लाग्ने उनले बताए ।
डा. शाह र डा. जैशवाल दुवैले अखिल भारतीय आयुर्विज्ञान संस्थान, नयां दिल्लीवाट विद्यावारीधी गरेका हुन् । डा. शाहले एमविविएस भने प्रतिष्ठानवाटै गरेको हो ।

तपाईको प्रतिक्रिया