तेक्वान्दोमा सफलता चुम्दै एनआरएन खेलाडी कार्की

बार्सिलोना । अष्ट्रियामा बसेर तेक्वान्दोमा सफलता चुमीरहेका नेपाली मुलका खेलाडी बिनय कार्कीले सातौ युरोपियन तेक्वान्दो काडेट च्याम्पियनसीपमा नवौं स्थान हासिल गरेका छन् ।
युरोपभरका राष्ट्रिय खेलाडीहरुको प्रतिस्पर्धा रहेको उक्त प्रतियोगितामा कार्कीले अष्ट्रियाको राष्ट्रिय टिमबाट सहभागीता जनाएका हुन् । सेप्टेम्बर ८ देखी ११
तारिखसम्म रोमानियामा सम्पन्न प्रतिस्पर्धामा कार्कीले नवौ स्थान हासिल गरे ।
युरोपकै सबै भन्दा ठूलो मानिने प्रतियोगितामा उनले १२ देखि १५ बर्ष उमेरको ४१ केजी तौल समुहबाट प्रतिस्पर्धा गर्ने अबसर पाएका हुन् ।
अस्ट्रियाको तेक्बान्दो फेडेरेसनले पुरुष तर्फ एक जना मात्र खेलाडी छ्नोट गर्दा कार्की पर्न सफल भएका हुन् । महिला तर्फ भने अन्य तिन जना खेलाडीहरु छ्नोटमा पर्दै सहभागिता जनाए ।
युरोपकै ठुलो अन्तर्रा्ष्टि्रय प्रतियोगितामा छोराले सहभागीता जनाएकोमा पिता बिकास कार्कीले खुशी ब्यक्त गर्दै भने ‘आफ्नो देशको झन्डा बोक्न नपाए पनि, अभिभावक नेपालको भनेर यहााको समाचारहरुमा आउाछ यसैमा भए पनि खुशी हुनु पर्ने रहेछ । यसपटक ठुलो आशा राखेको थिए तर अन्तिम समयमा ध्यान केन्ऽित गर्न नसक्दा सानो कमजोरीले क्वाटरफाइनल प्रबेश पाएन ।’
२९ वटा युरोपका मुलुकहरुबीचमा नवौ स्थानमा आउानु पनि ठुलो गर्व रहेको कार्कीले बताए । उनका अनुसार गत बर्ष पनि बिनयले फ्रान्समा युरोपियन तेक्वान्दो काडेटमा नवौं स्थान नै प्राप्त गरेका थिए ।
बिनयले सन् २०१६ मा मात्र ११ पदक जितिसकेका छन् । अष्ट्रियाको चर्चित क्लब ओबर्न ड्रफ, साल्सब्रगबाट प्रतिस्पर्धा गरिरहेका उनले ८ बटा गोल्ड र ३ सिल्भर सहित ११ पदक जितेका हुन् । ६ बर्षको उमेरमा खेल्न सुरु गरेका बिनयले ,यो सागै हाल सम्म ७१ पदकहरु जितिसकेका छन् ।
सन् २०१६ मा उनले टर्की, बेल्जियम, होल्याण्ड, स्लोभेनिया, क्रोएसिया, स्लोभाकिया, जर्मनी, अष्ट्रिया जस्ता मुलुकहरु भएका बिभिन्न अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाए ।
अष्ट्रियाको साल्सब्रग स्टेट च्याम्पियन्समा उनले लगातार पााचौ पटक उपाधि चुम्न सफल बने । यस्तै
अन्तराष्ट्रिय काइसर विङ्कल प्रतियोगितामा गोल्ड, अन्तर्राष्ट्रिय ब्रातिसलाभा स्क्लोभाकीमा, सिल्भर मेडल प्राप्त गर्न सफल भएका छन् ।
उनले जी वन टुर्नामेन्ट अन्तर्गत भने, बेल्जियम लोमेलमा पााचौ, जी वन हामवर्ग ओपनमा पााचौ, अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसीप एण्डहोभेन होल्याण्डमा छैटौ स्थान प्राप्त गरेका छन् ।
सन् २०१३ मा जर्मनीमा सम्पन्न फस्ट वर्ल्ड चिल्ड्रेन तेक्वान्दो च्याम्पियनसीप जिते पछि उनको चर्चा चुलिएको थियो । उनले हंगेरीको बुढापेष्ट ओपन, स्लोभाकिया स्थित ब्रातिसलाभा ओपन, जर्मनीको बार्यन ओपन, बर्लीन ओपन, फ्रान्सको पेरिस ओपन, लण्डन ओपन लगायतका महत्वपूर्ण प्रतियोगिताहरु सहभागिता जनाउादै पदकहरु समेत जितिसकेका छन् ।
अष्ट्रियामा नै जन्मेर यतै खेल खेलिरहेका भए पनि बिनयलाई भित्रि मन देखि नै नेपालको राष्ट्रिय टिमबाट खेल्ने रहर छ । तर उनले अबसर भने पाएका छैनन् ।
उनका पिता बिकास कार्की सन् १९८८ अष्ट्रियामा होटल म्यानेजमेन्ट पढ्न आएका थिए । पछि उनि नर्बे्जियन क्रुजमा काम गर्दै गर्दा, अमेरिकाको मायामी स्थित होटलमा काम गरे। फेरि सन् १९९२ देखि पुन अष्ट्रियामा नै बस्दै आएका छन् । उनले छोरालाई नेपालबाट प्रतिनिधित््व गर्दै खेलाउन यस अघि नेपाल तेक्वान्दो संघको कार्यालयमा नै पुगेर कुरा गरेको भए पनि हाल सम्म खासै चासो नदेखाएको बताउाछन् ।
बिनयकी आमा निरु कार्कीले बिगतलाई सम्झदै भनिन्, ‘छोरा जन्मेपछि यसलाई फुटबल खेलाउाने सपना थियो, तर बाबुलाई तेक्वान्दोप्रति रूचि भएकोले फेरि सानै उमेरमा तेक्वान्दो एकेडेमीमा भर्ना गरिदियौ । अहिले यसमा नै धेरै राम्रो गरिसकेको छ । फुर्सदको समयमा फुटबल, स्केटिङ, स्कीइ, पौडीमा पनि चासो दिने गर्छ ।’

तपाईको प्रतिक्रिया