धरान/यहाास्थित रहेको
अन्तर्राष्ट्रिय स्तरको नन् प्राक्टिसिङ्ग मेडिकल कलेजको अनाधिकृत रुपमा आवास गृहका कोठाहरु कब्जा गरी बसेको केटिएम सेक्युरिटी सर्भिसलाई कोठाहरु खाली गर्न ४८ घण्टे अल्टिमेटम दिइएको छ ।
प्रतिष्ठानका डेपुटी रजिष्ट्रार अमितकुमार श्रीवास्तवले आइतबार एक विज्ञप्ती प्रकाशित गरी केटिएमका कारण प्रतिष्ठानको बद्नाम हुने अवस्था देखिएकोले ४८ घण्टाभित्र उसले प्रयोग गर्दै आएका कोाहरु खाली गर्न चेतावनी दिनुभएको हो ।
केही दिन अगाडि इलाका
प्रहरी कार्यालय धरानले प्रतिष्ठानमा कार्यरत केटिएमका सेक्युरिटी म्यानेजर धनबहादुर राई (पचासी) ले प्रयोग गर्दै आएको कोठाबाट लागू औषध बरामद गरेको थियो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत केही विद्यार्थीहरु लागू औषधको कुलतमा फस्ने गरेको विषयमा प्रहरी स्रोतको अनुसन्धान गर्न थालेको थियो । यसैक्रममा केटिएमका सेक्युरिटी म्यानेजर राईको कोठामा प्रहरीले छापा मार्दा लागू औषध बरामद गरेसागै राई भने फरार रहेका छन् । नियमानुसार प्रतिष्ठानले सेक्युरिटी गार्डका लागि कोठा उपलब्ध गराउने व्यवस्था भएपनि त्यो बाध्यकारी नभएको प्रतिष्ठानले जनाएको छ । डेपुटी रजिष्ट्रार श्रीवास्तवले जारी गरेको विज्ञप्तीमा भनिएको छ तोकिएको समय सीमाभित्र आवास खाली नगरे प्रतिष्ठान आफैले खाली गराउन बाध्य हुनेछ ।
