तरुण दलमा गुरुङ सर्वसम्मत

धरान/नेपाली कााग्रेसको युवा दस्ताको रुपमा मानिएको सशक्त भातृ संगठन नेपाल तरुण दल सुनसरीको सभापतिमा सिजन गुरुङ सर्वसम्मत चयन हुनुभएको छ ।
गत शुक्रबार भएका चौथो जिल्ला अधिवेशनले गुरुङलाई सर्वसम्मत चयन गरेको हो । यसैगरी दलको बरिष्ठ उपाध्यक्षमा सन्तोष विक चयन हुनुभएको छ । निर्वाचन भन्दा पनि सर्वसम्मत ढंगले कार्यसमिति चयनमा जोड दिदै आउनु भएका नव निर्वाचित अध्यक्ष गुरुङले समावेशी आधारमा सचिवमा रमेश कटुवाल, अम्बु श्रेष्ठ, कोषाध्यक्षमा अरविन्द मण्डल, निराजन खड्का लगायत हाल २१ सदस्यीय चुस्त कार्य समिति चयन गर्नुभएको छ ।
नव निर्वाचित अध्यक्ष गुरुङले भन्नुभयो चााडै नै सह–सचिव, उपाध्यक्ष थप्ने कुरामा साथीहरुसाग छलफल
गरिरहेको छु । उहााले भन्नुभयो मेरो उद्देश्य ५१ सदस्यीय कार्यसमिति बनाउने हो । सानो कार्यसमितिमा सबै साथीहरुलाई समेट्न गाह्रो भएकोले पनि कार्यसमिति विस्तार गर्न आवश्यक छ । नव निर्वाचित अध्यक्ष गुरुङ यसभन्दा अगाडि कार्यवाहक सभापति हुनुहुन्थ्यो भने बरिष्ठ उपाध्यक्षमा विक नै रहनु भएको थियो । नेपाल तरुण दलको केन्द्रीय अधिवेशन यही भाद्र २४, २५ र २६ गते हुने निश्चित भए पनि केही जिल्लाको अधिवेशन विविध कारणले हालसम्म हुन नसकेको भन्दै निर्वाचन निर्देशक समितिकी संयोजक सरिता प्रसाईले आगामी असोज ३, ४, र ५ गतेका लागि सारिएको बताउनु भएको छ । अधिवेशन स्थल काठमाण्डौ या पोखरा कुन ठाउा हुने भन्ने कुराको छनौट भइनसकेको पनि उहााले बताउनुभयो ।

तपाईको प्रतिक्रिया