छापामार शैलीमा शालिक हटाउनु उचित हो ?

नेपालगञ्चको धम्बोजी चौकमा स्थानीय जनताले स्वस्फूर्त रुपमा राखेको स्वर्गीय राजा वीरेन्द्रको शालिक प्रहरीले छापामार शैलीमा मध्यरात हाटाएपछि आम नेपालीमा धेरै प्रकारका जिज्ञासा उत्पन्न भएको छ ।
स्वर्गीय राजा वीरेन्द्रको शालिकप्रति राज्यको त्यति ठूलो आपत्ति किन ? धम्बोजी चौकमा राख्न लागिएको शालिक नयाा स्थापित गर्न खोजिएको पनि हैन । यहााका राजनैतिक दलहरुले अति क्रान्तिकारी चरित्र प्रदर्शन गर्दै २०६२/०६३ को आन्दोलनमा स्व. वीरेन्द्रको शालिक त्यस ठाउामा फुटाएका थिए ।
यो मुलुक जसले आर्जियो त्यसैका शालिक तोडफोड गर्ने, इतिहास बंग्याउने जुन काम हुादै आएको छ त्यसले विश्व जगतमा नोपलीको शीर निहुारिएको मात्र हैन विश्व नजरमा हामी महामूर्ख सावित भएका छौं । सोभियत संघमा पहिलो लेनिनका शालिकहरु फुटाइयो तर त्यसलाई पुन: निर्माण गरियो लेनिनका शालिकहरु सोभियत संघको इतिहास हो । इतिहास कुनैपनि देशको पहिचान हो । तर हामी इतिहास नै मेटाउने उग्रता प्रदर्शन गरिरहेका छौ त्यो विडम्बना र दुर्भाग्यपूर्ण हो ।
क्षणिक उग्रवादले हाम्रो पहिचानमाथि नै आाच पुर्‍याउाछ । तर यस कुरामा वर्तमान सत्ता सञ्चालक, तिनबाट आश्रित विवेकहीन जंगहरुले भोलिको परिस्थिति आंकलन गर्न सकेको छैन । जसरी भारतलाई सक्दो गाली गर्दा राष्ट्रवादी भइन्छ भन्ने अन्ध मान्यता यहााका कम्युनिष्टहरुमा छ त्यसैगरी हिजोका
राजालाई निषेध गर्दा, पृथ्वीनारायण शाह, महेन्द्र, वीरेन्द्रका शालिक फोड्दा उपल्लो दर्जाका गणतन्त्रवादी भइन्छ भन्ने मान्यता सतहीरुपमै गलत छ । निषेधको राजनीत दिगो हुादैन । नेपालगञ्जको धम्बोजी चौकमा एउटा शालिकप्रति सरकार, सरकारका बेकामे संयन्त्र र सत्ताको गन्ध सुाघेर लठ्ठिएर बसेका राजनैतिक दलका चमेराहरुले जुन रवैया देखायो त्यसबाट आम नेपालीहरु राजसंस्थाप्रतिको हिजो सम्मको धारणा परिवर्तन गर्ने अवस्थामा पुगेका छन् ।
जुन कुरालाई जति निषेध गर्न खोज्यो त्यसप्रतिको आकषर््ण त्यति नै बढेदै जान्छ । चोर र डाकाको शैलीमा जब सरकार काम गर्न थाल्छ त्यसपछि त्यस्तो सरकारको औचित्य रहादैन । एउटा निर्जिव शालिक राख्दैमा केही विग्रदैन । अब परिस्थिति विगार्ने काम स्वयम् सरकार र कथित गणतन्त्रवादी दलहरु गर्दैछन् । ६०१ बेकामे सांसदहरुलाई पाल्न विवश भएका नेपाली जनता बरु राजसंस्था नै ठीक भन्न थालेका छन् । यथार्थमा भन्ने हो भने उनीहरुको विश्लेषण अनुचित पनि छैन । ७/८ बर्षसम्म राज्यको ढुकुटीबाट दिने, पूर्व विशिष्टलाई राज्यले ढुकुटीबाटै आजीवन सेवा सुविधा दिने जुन कार्यको शुरुवात यहााका
राजनैतिक दलहरुले गरेका छन् त्यसलाई कुनैपनि नेपालीले पचाउन सकेका छैनन् । रामवरण यादव आफै एउटा सम्पन्न व्यक्ति हुन्, केपी शर्मा ओली र शेरबहादुर देउवा हरितन्दम होइनन् जसले आफ्नो उपचार गर्न नसकून । सत्तामा बस्नेहरुको विवेकहीनहरु भोलि यो मुलुक पुन: दुर्घटनामा पर्ने सम्भावना बढ्दै गएके छ । आज नेपालगञ्जमा शुरुवात भएको छ भोलि यो अभियान देशब्यापी रुपमा पनि हुन सक्छ । यतिबेला प्राय: सम्पूर्ण सामाजिक सञ्जालमा राजा वीरेन्द्रको शालिक हाटाइएकोप्रति आक्रोस पोखेको देखिन्छ । आखिरी यसको जड भनेकै वर्तमान सरकार र दलहरु हुन् ।

तपाईको प्रतिक्रिया