यी हुन् माउसुलीको सुप खाने मान्छे

विदेशी टेलिभिजनमा देखिने विभिन्न एडभेन्चर शोहरुमा मानिसहरुले सर्प,
किराफट्यांग्रा तथा छेपारो लगायतका जिवहरु खाएको देख्नुभएकै होला ।
यस्ता टेलिभिजन कार्यक्रममा देखाइएजस्तै सााच्चै उनीहरुले ती चिज खान्छन् की खान्नन् त्यो दर्शकलाई थाहा हुने कुरा भएन । तर भारतमा भने एकजना यस्ता व्यक्ति छन् जो माउसुलीको सुप नखाइकन बस्नै सक्दैनन् ।
भारतको मध्यप्रदेशस्थित मैना गाउामा बस्ने कैलाश नामका व्यक्ति माउसुली खाने कुराको शौखिन व्यक्ति हुन् । जसका कारण उनलाई मानिसहरुले विषपुरुषको नामले चिन्दछन् । पछिल्लो २० वर्षदेखि उनले माउसुली पकाएर सुप खाने गरेका छन् ।
यति मात्र कहाा हो र उनले माउसुली उमालेको पानी नै दिनहुा पिउाछन् । सुत्नुअघि यिनले तिनवटा माउसुलीको सुप पिउाछन् । माउसुलीको सुप नपिएसम्म आफुलाई निऽा नै नलाग्ने उनी बताउाछन् ।
अहिलेसम्म आफुले विभिन्न ६० प्रकारका जिवजन्तुको स्वाद चाखिसकेको उनको भनाई छ । अचम्मको कुरा उनलाई सर्पको विषले पनि असर
गर्दैन ।
गाउामा कसैलाई सर्पले टोक्यो भने उनले उक्त मानिसको सरीरबाट सर्पको विष चुसेर मानिसको ज्यान बचाइदिन्छन् ।

तपाईको प्रतिक्रिया