कांग्रेस माओवादीको पुच्छर भएर हिाड्दा दु:ख लाग्छ

बेलायतको लन्डन सहरका लर्ड मेयरले काठमाडौं महानगरपालिकाका तत्कालीन नगरपिता पिएल सिंहलाई ’लर्ड मेयर’ भनेर सम्बोधन गर्दा आफूलाई ’किङ अफ स्विपर’ अर्थात् ’कुचीकारका राजा’ भनी ब्यङ्ग्य गर्ने पिएल सिंहलाई अहिले चटारो छ। उनले त्यतिबेला भनेका थिए– आइ एम लोकल अथोरिटी विथआउट अथोरिटी (म स्थानीय सरकार विना अधिकारको सरकार)। अहिले यी ७८ वर्षीय पूर्व मन्त्री समेत पिएल कहिले कहाा पुग्छन् त कहिले कहाा? नेताहरूमा सेवाको वास्तविक भावना नरहेकोतर्फ उनको सधौ कटाक्ष हुन्छ। त्यसैले त आफ्नो वास्तविक नाम प्रेमलाल सिंह रहेका उनी आफूलाई पिएलएसलाई ’पिपुल लभ सर्भिस’ भनेर अर्थ्याउाछन्। नेपाली कांग्रेसको राजनीतिबाट अलग भए पनि आफूमात्र खााटी कांग्रेस भएको बताउन छाड्दैनन् उनी। जहाासुकै ’लौ न पिएल दाइ’ भन्दै मानिसले नेतृत्व लिन आग्रह गर्दै आएका छन्। तर, उनी भने युवाहरूलाई नेतृत्व आफौ लिन आह्वान गर्दै छन्।

त्रकुनै बेला तपाईं काठमाडौं महानगरपालिकाको पिता हुनुहुन्थ्यो। आजको अवस्थामा यो सहर कस्तो पाउनुभएको
छ ?
–म बच्चा हुादाखेरी बा विष्णुमतीमा स्नानमा गरेर आउनुहुन्थ्यो । भन्नुहुन्थ्यो– पानी बेच्नुहुादैन, पानी सिंत्तैमा दिनुपर्छ तर यहाा त्यो भइरहेको छैन । पानी भनेको जीवन हो, जीवनका लागि पानी चाहिन्छ । त्यसैले काठमाडौंलाई राम्रो बनाउन यहाा पानी चाहिन्छ । सबैभन्दा पहिला पानीमा जोड गर्नुपर्छ ।
त्रअहिले काठमाडौंको बाटाघाटा बिग्रेका छन, भत्केका छन, हिलाम्मे र धुलाम्मे छन, कसरी हेरिरहनुभएको छ ?
–पहिला मैले जुन भिजन दिएको थिएा, त्योअनुसार काम भएको छैन । अहिलेको २१ औं शताब्दी भनेको स्थानीय, राष्ट्रिय र अन्तर्रार्िष्ट्रय सम्बन्ध जोडिन आउाछ, एक्लैले केही गर्न सक्ने अवस्था छैन । यसलाई सुधार गर्न सकिएको छैन । सबै पक्षसाग सहकार्य र सहयोगमा यो काम सम्पन्न गर्नुपर्छ । १९९० को सोचले आजको विकास हुन सक्दैन, अब नयाा सोचका साथ विकासको एजेन्डामा आउनुपर्छ ।
त्रसन् १९९० र आजको समयबीच नेपाली जनताको सोचमा तपाईंले के
फरक पाउनुभयो ?
–नेपाली जनताको ठूलो आकांक्षा नै देखिादैन । पानी, ग्यास र बाटोघाटो नै
राम्रो होस् भनेर चाहिरहेको देखिन्छ, अरु केही चाहिएको छैन । यो पछिल्लो १० वर्षमा जो जो नेता बने, ती इमानदार देखिएनन्, उनीहरु कमाउनमा नै ब्यस्त रहे। उनीहरु अहिलेको स्थितिमा हेर्दा पनि ’लिडर’ (नेता) होइन, ’डिलर’ (एजेन्ट) जस्ता देखिएका छन् । नेता भए अडान लिन्छ, एजेन्टले त नाफा–घाटा हेर्छ । नेपाल अझै आत्मनिर्भर हुन नसक्दा ठूला आकांक्षा नै राख्न सकिरहेका छैनन्, त्यसका लागि नवीनतम् सोच लिने नेताहरुलाई प्राथमिकता दिनुपर्छ ।
त्रलोकतन्त्र लोकतन्त्र जस्तो नहुादा समस्या देखियो भन्न खोज्नुभएको हो ?
प्रजा परिषद्को गठन काठमाडौंमा भएको थियो, त्यो बेला नेपाल भनेकै काठमाडौंलाई मानिन्थ्यो। त्यसैको सिलसिलामा कांग्रेस गठन भयो, पुष्पलाल पनि कांग्रेस थिए, निर्मल लामा पनि कांग्रेस नै थिए। नेपाली जनताको तर्फबाट नेपाली राष्ट्रिय कांग्रेस गठन गरियो र सि क्लासको राणाको तर्फबाट सुवर्णशमशेर, महावीरशमशेर र महेन्ऽविक्रम शाहले नेपाल प्रजातान्त्रिक कांग्रेस गठन गरे। गणेशमानजीले पनि पहिला प्रजातन्त्रका लागि संघर्ष गरेको होइन, राणाहरुको विरोध गरेको हो । किनभने ‘यो गुन्डे त साइकल चढ्ने?’ भनेर हेपेपछि राणाको विरोधमा आएका हुन्, कोइरालाहरुको विरोध पनि यस्तै हो । उहााको बुबा (कृष्णप्रसाद कोइराला) ले बदमासी गरेर विराटनगरबाट फारबेसगन्ज जानुभयो, त्यो बेला उहााले ठेकदारीमा बेइमानी गर्नुभयो । राणाहरुले छाडेनन् अनि बदलाको भावनामा उहााहरु राणाको विरोधमा जानुभएको हो । जेठीपट्टिका मातृका बाबु र अर्को बिपी, तारणी र केशव
कोइरालाहरुलाई पढाउनका निम्ति उनीहरुलाई पटना पठाइयो । मातृका बाबुले भारतका पूर्व राष्ट्रपति राजेन्ऽप्रसादको घरमा क्लर्कको काम गर्नुभयो । बिपीचाहिा बिहारको राजनीतिमा रहनुभयो किनभने फारबेसगन्जमा एक जना गुप्ता र राममोहन लोहियासाग मिलेर काम गर्नुभयो। त्यहीा राजनीति सिक्नुभयो ।
गणेशमान पछि जेलबाट भाग्नुभयो । देवशंकर लालजी, नेपाली कांग्रेसको तत्कालीन महामन्त्री हुन्, उनैले गणेशमानलाई बिपीसाग बनारसमा भेटाइदिए । तर गणेशमानजीले पहिला भेट्न मान्नुभएन किनभने म त राणाको विरोध गरेर जेल परेको, त्यहााबाट भागेको मान्छे हुा, बिपी मकहाा आउनुपर्छ भनेर तर्क राखेछन् । तर देवशंकरजीले तपाईा पनि राणाको विरोधमा जाने, बिपी बाबु पनि राणाको विरोधमा जाने भएपछि उद्देश्य त एउटै छ, त्यसैले भेट्नुपर्छ भनेर भेटाइदिनुभयो ।
त्रगणेशमानजी कस्तो हुनुहुन्थ्यो त्यो बेला ?
–मंगला भाउजूचाहिा अलि सशक्त नै हुनुहुन्थ्यो, प्रतिबद्ध हुन र गराउन सिपालु तर गणेशमानजी बाह्रमासे, जाड्याहाा र हुल्लाहा टाइपको हुनुहुन्थ्यो । तर त्यो प्रवृत्ति पनि काम लाग्यो । र, प्रजातन्त्र आयो ।
त्र तर, पटकपटक आएको प्रजातन्त्र खोसिादै पनि गयो नि त ?
–अघि नै भनो नि यहाा ‘लिडर’ होइन, ‘डिलर’ बढी भए । ‘लिडर’ले अडान लिन्छ, जस्तो गणेशमान । अडान थिएन भने आज गणेशमान, गणेशमान हुनुहुन्थेन । अझ त्यसमा मंगला भाउजूको सहयोग नभएको भए, गणेशमानजी त बाह्रमासे भएर जानुहुन्थ्यो ।
त्रनेपाल अझै अर्धऔपनिवेसी नै हो ?
–त्यो त देखिन्छ नि । २००७ सालमा प्रजातन्त्र आउादा संविधान सभाको चुनावको कुरा आएको थियो, के त्यो नेपाली जनता, राजा र राणा विरोधीहरुको माग थियो र ? थिएन नि ! सन् १९५० अघिदेखि नै ब्रिटिस साम्राज्यले नेपालको नीतिनियम निर्माणमा प्रभाव पार्थे, आज ७५ वर्ष नाघ्न थाल्यो, अझै यहाा स्वत:स्फूर्त निर्णय गर्न पाइन्न । तर पनि एउटा ’रअ्’ प्रमुखले भनेका रहेछन्, भारतलाई सिक्किम लिएर घाटा भयो किनभने त्यहाा धेरै लगानी र पैसा खर्च गर्नुपर्‍यो । यो गल्ती महसुस त भएको छ नि उनीहरुलाई । तर, के गर्नु हाम्रै नेता दोषी छन् । प्रचण्ड र बाबुराम नोयडामा छलफल गर्छन्, मोहन वैद्य र सिपी गजुरेल भारतमा पक्राउ पर्छन, बिपी र गणेशमानको राणा विरोधी आन्दोलन कोलकत्ता र वनारसमा हुन्छ, अहिले
सरकार निमार्णको कुरामा म के बोल्नु, यो त घामजत्तिकै छर्लंग छ । नेताको बानी बेहोरा हेर्नुहोस्, सामन्तीजस्तो छ । जो पहिलादेखि नै हो ।
त्रभन्नाले ?
–बिपी कोइरालाको जीवनशैली हेर्नुहोस, हि इज अ अटोक्रयाट (उहाा तानाशाह हुनुहुन्थ्यो) । उहााले आफ्नो जीवनकालभर कााग्रेसमा अरु कसैलाई मौका दिनुभयो ? दिएनन् नि । भीमबहादुर तामाङलाई मैले दार्जिलिङमा सुरुमा भेटेको थिएा, निकै अध्ययनशील, निकै सामान्य जीवनशैली छ । त्यो बेला लागेको थियो, भीमबहादुर नेपालको प्रधान मन्त्री बन्छन्, त्यसका लागि लायक छन् तर बिडम्बना भीमबहादुर नेपाल आउादा कोइरालाको दास बने, बन्नुपर्‍यो । पछि उनलाई मैले भनो, तपाईं न भीम न बहादुर । तपाईं त तामाङको तामाङ नै । ब्याक टु मंगलमान । बिचरा उहाा त्यतिकै बितेर जानुभयो ।
पर्शुनारायण चौधरीलाई पनि भावी प्रधान मन्त्री भनेका थिए । तर उनले पाएनन् । राजाले उनलाई पनि देखाइदिए । त्यसैले कोइराला परिवारबाट सुरु भएको सामन्ती व्यवहार अहिले पनि नेताहरुमा देखिन्छ ।
त्रछिमेकीको अर्धउपनिवेसिक दबदबा र नेपाली नेताको सामान्ती व्यवहारवाट नेपाली जनता कहिले मुक्त होलान् त ?
–२०४६ सालमा नेपाली जनताले शान्तिपूर्ण आन्दोलन गरेर परिवर्तन ल्याए । सम्भवत: यस्तोखाले आन्दोलन इतिहासमा कहीा कतै भएको थिएन । त्यसले राजासाग मिलेर सर्वोत्कृष्ट संविधान दियो । यो किन भयो भने जनताको आकांक्षा सम्वोधन गरिएको थियो । भारतका नेताबाट हामीले नैतिक समर्थन पायौं तर सरकारबाट होइन । भारतीय नेता चाक्सीबारीमा नआएका भए त्यो परिवर्तन हुने थिएन ।
त्र२०४६ सालमा आएको त्यत्रो ठूलो परिवर्तन किन र कसरी सजिलै गयो त ?
–गणेशमानजीलाई बिपीले कहिल्यै पनि समर्थन गरेनन् । गणेशमानजीले अन्तिम समयसम्म पनि कोइरालाहरुको समर्थन पाउन सकेनन् तर चार तारा भनेको त बिपी, गणेशमान, सुवर्णशमशेर र सूर्यप्रसाद हुन् । सूर्यप्रसादलाई भारतको मान्छे भनेर आरोप लगाइयो तर कालान्तरमा भारतका मान्छे यिनीहरु रहेछन्, त्यो त पुष्टि भयो । त्यसले कतै काम गर्‍यो कि भन्ने लाग्छ ।
त्रसर्वोत्कृष्ट भनिएको २०४७ सालको संविधान किन टिकेन त ?
–गिरिजाबाबु २०४७ सालको परिवर्तन र संविधानको पूर्ण विरोधी मान्छे थिए र हुन् । त्यसैले काम गर्‍यो कि ?
त्रभनेपछि कोइराला परिवार गणेशमानको पक्षमा मात्रै होइन, गणेशमानको कुनै पनि काममा समर्थक भएर उभिएन ?
–मैले बिपीलाई खरायोचा बर्मु
(खरायो बाहुन भनेको अत्यन्तै चलाख) भन्ने गरेको थिएा । सबैलाई जिम्मेवारी दिादा पनि गणेशमानलाई दिन नचाहने, त्यतिमात्रै होइन, बिपीले हवल्दार भनेका जिपीले पनि गणेशमानलाई जिम्मेवारी दिन चाहेनन्, अनेक षड्यन्त्रमा लागे । बिपीले कसैलाई विश्वास गरेनन्, जिपी बाहेक । राजासाग कुरा गर्न पनि जिपी नै चाहिने, भारतसाग कुरा गर्न पनि उनै चाहिने । आफ्नो लिगेसी अरुलाई थाहा नहोस् भनेर हो । उनले आफूपछि कसैलाई नेतृत्व दिनुको सट्टा नेतात्रय भनेर गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद
कोइरालालाई दिए । प्रजातन्त्रमा त्यस्तो हुादैन । प्रजातन्त्रमा लिगेसी पनि हुादैन । त्यसैले मैले भन्दै आएको छु कि जिपी रोगले होइन, बरु नसोचेको घटना हुादा मरेका हुन् । उनले आफ्ना दाइ बिपीजस्तो गर्न सकेनन् वा
परिस्थितिले दिएन । जिपी आफू
राष्ट्रपति बन्ने र छोरीलाई प्रधान मन्त्री बनाउने धोको थियो, त्यो पूरा भएन अनि पीडामा परेर मरे । सुशील पनि त्यही हो, प्रधान मन्त्रीमा चुनाव हारे, कांग्रेसको फेरि पनि सभापति हुन सक्ने छााटकााट नआएको र देउवा बढ्दै गएपछि उनी पनि बिते । प्रजातन्त्रमा उत्तराधिकार होइन, निर्वाचनमात्र हुन्छ ।
त्रनेपालको भविष्य केमा निर्भर छ त ?
–नेपालीहरुलाई फेरि एकचोटि आफौले निर्णय गर्न सक्ने बनाउनुपर्छ, त्यो बनाउन सकिएन भने नेपालीको भविष्य अन्धकार नै छ । २०४६ सालमा जनआन्दोलन भएको हो, त्यस्तै खालको आन्दोलन नगरीकन नेपाली जनताले स्वतन्त्र, आत्मनिर्भर र स्वाभिमान भएर बााच्न सक्दैनन् ।
त्रफेरी पनि त्यस्तो जनआन्दोलन हुने सम्भावना देख्नुहुन्छ र ?
–जब राजाले ‘कु’ गरेका थिए, त्यतिबेला उनले नेतालाई अक्षम भनिदिए । तर त्यसबेला मैले प्रेस विज्ञप्ति नै निकालेर भनो, प्रजातन्त्रलाई राजा र तत्कालीन ५ दलले मिलेर खान पाउनुहुन्न, जनताको आन्दोलनको परिणामलाई के गर्ने भन्ने अधिकार जनतालाई नै हो । त्यसका लागि जनमत संग्रह गरौं भनेका हो । त्यसको जरुरी देखिरहेको छु ।
त्रदलहरुले गर्लान् त यो काम ?
–कांग्रेसका कुरा नै गर्नु न । अहिले देउवा कांग्रेस, रामचन्ऽ कांग्रेस, कोइराला कांग्रेस, सिटौला कांग्रेस, खुमबहादुर कांग्रेस हुादाहुादा अब त प्रकाशमान कांग्रेस पनि रे, सबका आ–आफ्नै नाङ्लो पसल छ । यसले के देखाउादैछ भने अस्थिरता कारक अब कांग्रेस हुादैछ । कांग्रेसको भविष्य नभएपछि देशको भविष्य हुन्न, सबैतिर अन्धकार नै देख्छु म । नेताले देश डुबाउादै लगे, अब वैकल्पिक शक्ति बनाउनुपर्‍यो भनेर देशभरबाट मलाई फोन आइरहेका छन् । खास मानिस यी दलबाट देशको भलो हुन सक्दैन भनेर लागिरहेका छन् ।
त्रभनेपछि तपाईं नेतृत्व गर्ने तयारी गर्दै हुनुहुन्छ?
–त्यस्तो त होइन । हुन त अहिले सबै नक्कलीको जमना छ, नक्कली डाक्टर, नक्कली उद्योगी, नक्कली पाइलट पनि फेला परेका छन् । वनस्पती घीउ खाने बानी परेकालाई सक्कली घीउ गनाउाछ, गाह्रै छ । तर भारतमा हेर्नु न मनमोहन सिंह लिडर होइन, सैद्धान्तिक मान्छे हुन, नरेन्ऽ मोदी चायवाले हुन् तर दुवै लोकप्रिय छन् किनभने तीनले जनताको भावना बुझेका छन्, बुझिदिए । आज नेपालमा जनताको भावना बुझिदिने को छ ? सबै लाद्नेमात्रै छन् । जसले जनताको भावना समात्छ, अबको उही हो नेता ।
त्रयो देशको विकासचाहिा किन नभएको होला ?
–काम राम्रो गर्‍यो भने त खानै पाइादैन न नि ? मलाई नै हेर्नुहोस् न, मैले चुनाव जित्छ र विकास गर्छ भनेर दिएका हुन र ? काठमाडौंको नेवार भएर दिएका हुन् । त्यस्तो थियो भने त पछि पनि दिनुपथ्र्याे, दिएनन् । त्यसैले यहाा काम गर्नेलाई प्रोत्साहन पनि गरिन्न । अहिलेका पार्टी मिलेर गाउागाउामा खाइरहेका छन, प्रतिपक्षको त सोच नै छैन । प्रतिपक्ष भए पो खबरदारी गर्छ, त्यस्तो छैन । खान पाएपछि स्थानीय निकायको चुनाव कसले गर्छ ? चुनाव गरे त खान पाइन्न । अनि खान नपाउने विकास कसले गर्छ त ?
त्रतपाईा फेरि कांग्रेसमा सक्रिय हुने विचारमा हुनुहुन्छ र ?
–म त नेपाली कांग्रेस नै हुा नि, नेपाली कांग्रेसले नै विधान नाघ्यो, विधिको शासनमा बसेन, अद्यावधिक चुनाव गराउन चाहेको देखिादैन, यो कसरी कांग्रेस भयो ? मेरा प्रश्न यहाानिर हो । अहिले त माओवादीको पुच्छर भएर कांग्रेस हिाडिरहेको छ । यो भनेको त कमजोर भएको हो नि ? यस्तो कमजोर कांग्रेस इतिहासमा कहीा कतै भएको थिएन । सबैभन्दा कमजोर पार्टीको पछि पछि लागेर कांग्रेसलाई हिाडाउनुपर्ने दिन आयो जबकि कांग्रेस त पार्टीहरुको पनि नेता पार्टी थियो । यस्तो अवस्था देख्दा कसरी मन बुझ्छ?
त्रराजतन्त्र फर्काउने कुरा पनि छन्, के यो सम्भव होला र अब ?
–राजतन्त्र फर्काउनुपर्छ भनेर धेरैतिर लागेको देखिन्छ । राजतन्त्रको पुनरागमन किन हुन सक्छ भने २०४७ सालको संविधान सात पार्टी र राजा मिलेर खाएका हुन् तर राजाले प्रजातन्त्र जोगाउन दललाई जिम्मेवारी दिनुपथ्र्याे, दिएनन् । परिणाम, राजा पनि गए, २०४७ सालको संविधान पनि गयो । अब बुद्धिको घैंटोमा घाम लाग्दैछ केहीको । यहाा त आफौलाई र आफ्नालाई सिध्याउने काम गर्छन् ।
त्रभन्नाले ?
–२००७ सालदेखि कसकसलाई कसले मार्‍यो भनेर हेर्दा पनि धेरै कुरा बुझिन्छ । तेजबहादुर आमात्यलाई किन मारियो ? सरोज कोइरालालाई किन मारियो ? माओले माओ मार्छ, कांग्रेसले कांग्रेस मार्छ । अहिलेको राष्ट्रपतिको श्रीमानलाई किन मारियो ? कसले मार्‍यो ? कसैले आवाज उठायो ? अहिले पनि किन छानबिन हुादैन ? अरे बाबा मारे पनि नमारे पनि अनुसन्धान त हुनुपर्छ नि ? हुादैन यहाा । देवानसिंह पनि त्यही हो । आफ्नै नेताको विरोधमा गयो भने कि मारिन्छन्, कि जेल हालिन्छन् । मोहन वैद्य र सिपी गजुरेल किन पक्राउ परे ? त्यो त खुलिसक्यो ।
त्रआफौले आफौलाई र आफ्नालाई सिध्याउने काम भइरहेको छ नेपालमा ?
–पुष्पलाल पनि नेपाली कांग्रेस, निर्मल लामा पनि नेपाली कांग्रेस थिए, पछि यिनीहरु कम्युनिस्ट भएर निस्के । यिनैले मुुलुकमा कम्युनिस्ट विचारधारा स्थापित गराए । त्योभन्दा अगाडि कहाा कम्युनिस्ट थिए त, थिएनन् नि । उनीहरु बनाएकै कांग्रेसले हो । त्यसैले कांग्रेसमा धेरैजसो नेता ‘मेड इन इन्डिया, फर इन्डिया, वर्किङ इन नेपाल फर इन्डिया’ हुन् । यो सबै कुरा इन्डियाले पहिल्यै एक्सपोज गरिसकेका छन् ।
त्रयसो भन्दा तपाईालाई डर लाग्दैन ?
–किन लाग्नु? मेरा साथीहरुलाई २००७ सालदेखि मार्दै ल्याएका छन् भने त्यसको पीडा मलाई छ नि ! यो सबै जनताको निम्ति हो । त्यसैले मेरो नाम पनि पिएलएस त्यसै भएको होइन, ‘पिपुल लभ सर्भिस’ हो । मैले जनताको काम गर्ने हो, जनतालाई सूचना दिने हो कि देशमा यसो भइरहेको है छ भनेर ।

तपाईको प्रतिक्रिया