सरकारको निर्णयविरुद्ध धनकुटे रोडबासी आन्दालित

बेलायतको लन्डन सहरका लर्ड मेयरले काठमाडौं महानगरपालिकाका तत्कालीन नगरपिता पिएल सिंहलाई ’लर्ड मेयर’ भनेर सम्बोधन गर्दा आफूलाई ’किङ अफ स्विपर’ अर्थात् ’कुचीकारका राजा’ भनी ब्यङ्ग्य गर्ने पिएल सिंहलाई अहिले चटारो छ। उनले त्यतिबेला भनेका थिए– आइ एम लोकल अथोरिटी विथआउट अथोरिटी (म स्थानीय सरकार विना अधिकारको सरकार)। अहिले यी ७८ वर्षीय पूर्व मन्त्री समेत पिएल कहिले कहाा पुग्छन् त कहिले कहाा? नेताहरूमा सेवाको वास्तविक भावना नरहेकोतर्फ उनको सधौ कटाक्ष हुन्छ। त्यसैले त आफ्नो वास्तविक नाम प्रेमलाल सिंह रहेका उनी आफूलाई पिएलएसलाई ’पिपुल लभ सर्भिस’ भनेर अर्थ्याउाछन्। नेपाली कांग्रेसको राजनीतिबाट अलग भए पनि आफूमात्र खााटी कांग्रेस भएको बताउन छाड्दैनन् उनी। जहाासुकै ’लौ न पिएल दाइ’ भन्दै मानिसले नेतृत्व लिन आग्रह गर्दै आएका छन्। तर, उनी भने युवाहरूलाई नेतृत्व आफौ लिन आह्वान गर्दै छन्।

तपाईको प्रतिक्रिया