विश्वेश्वरप्रसाद कोइराला र नेपाली काँग्रेस

विश्वराज शर्मा
“हामी जनता जनार्दनको बलमा नेपालमा कोही पनि भोका नाङ्गा वा अशिक्षित नरहुन, देशमा सडक, बाटो घाटो, अपताल लगायत नेपालका नेपालीहरुलाई सुन्दर सुखी बनाउने अन्य कुराको अभाव नरहोस् । त्यस्तो व्यवस्था ल्याउने प्रलयमा छौं भन्ने बीपीले २००५ सालमा लिएको अठोटलाई आदर्श मानेर होमिएको नेपाली कााग्रेसले’ २०४७ देखि ०७३ सम्म आउादा बीपीका आदर्श र सिद्धान्तलाई फलाउन र फुलाउन पूर्ण रुपले असमर्थन भए जस्तो भान नेपाली जनता र कार्यकर्ताद्वारा गरेको गुनासाहरु यत्रतत्र सुन्न पाइन्छ ।
माथि उल्लेख गरिएका शब्दहरु स्वयम् बीपीले ३००५ सालमा नेपाली जनतालाई सम्बोधन गर्दा, कुराकानी गर्दा वा नेपाली कााग्रेस गठन गर्दाताका लिएको अठोट हो । यस अठोटलाई २०४६/०४७ को आन्दोलनताका नेताहरुको मुखजवानी थियो । २०४८ को आम निर्वाचनमा प्रचार प्रसार गर्दा नेताहरुले जनता सामु माथिका हरफहरु कन्ठस्थ गरी ‘आम नेपाली मतदाताहरुमा’ सम्बोधन
गरिएको हामी सबैलाई थाहा छ । तर त्यतिखेर नेताहरुले नेपाली कााग्रेसको मुल मर्मलाई चटक्कै बिर्सिएको जस्तो लाग्दथ्यो । र बीपीले अवलम्बन गर्नुभएको विचार, सिद्धान्त र आदर्शको पाटोलाई आजसम्म पनि पछ्याइएन त्यसैले गर्दा आजका दिनसम्ममा पनि नेपाली कााग्रेसलाई नेताहरुले सही बाटोमा लान सकेनन् । यसतर्फ विचार विमर्श गर्न समेत ध्यान नदिनुले आज नेपाली कााग्रेस चौरास्तामा उभिएको पार्टी भएको छ ।
यही २०७३साल आउदो भदौ २४ गते बीपीको १०३ औं जन्मजयन्ति मनाइदैछ । तर बीपीको जयन्ति मनाउादा मनाउदै माथिका उद्धत हरफहरुसाग नेपाली कााग्रेसका नेताहरुको व्यवहार र आदर्शमा परिवर्तन आउाछ कि आउादैन ? कुनै पनि संघ, संगठन या पार्टी नै भनौं त्यसको लक्ष्य हासिल भएपछि राजनैतिक, आर्थिक, सामाजिक र साास्कृतिक भित्र, नवनता खोजिन्छ । तर नेपाली कााग्रेसले २०४६/०४७ को आन्दोलनले कायम गरेका मूल्य मान्यताको कदर र खोज नगर्नु नै नेताहरुको ठूलो भूल हो । त्यस मूल्यभित्र रहेका विषयहरुलाई नविनता दिन नसक्नु त्यसको सुक्ष्म अध्ययन
नगरी जनता जनार्दनलाई राजनैतिक
परिवर्तनको आभाष दिन नसक्नु । २०४८ देखि २०५१ सालसम्म तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको मन्त्री मण्डलले राम्रा र जनतालाई
राहत पुग्ने कामहरु नभएका होइनन ।
राम्रा, राम्रा विकासका काम पनि भएका छन् । तर २०५१ मा स्व. गिरिजाप्रसाद कोइरालाबाट मध्यावधि आम निर्वाचनको घोषणाले गर्दा नै नेपाली कााग्रेसको लागि एउटा दुर्भाग्यपूण विषयले नेपाली कााग्रेसभित्र प्रवेश गरिरहेको आम, कााग्रेसी कार्यकर्ताले महसुस गरिरहेका छन् । २०/३० बर्ष सम्म प्रजातान्त्रिक अभ्यास गरिराखेर प्रजातान्त्रिक पद्धतिलाई आत्मसाथ गरेको ठूलाठूला राष्ट्रका
राजनीतिक व्यक्तित्वहरु पनि हतपत मध्यावधि निर्वाचनमा जान डराउाछन् । त्यसमा पनि हाम्रो पुनस्र्थापित नेपाली कााग्रेसको सरकार तीन बर्षमात्र चलकै थियो । भनौ प्रजातान्त्रिकक अभ्यासको क्रममा बामे सर्दै थियो । त्यो नेपाली कााग्रेसको एकमना सरकारको नेतृत्व गिरिजा प्रसाद कोइरालाले गर्नु भएको थियो । त्यसलाई उहााले नै रोक्न सक्नु हुन्थ्यो । उहााका मन्त्रिमण्डलमा सबै उहााको कार्यकर्ता थिए । तत्कालै गणेशमानजी, किसुनजीसाग परामर्श गरी रोक्न सकिन्थ्यो । त्यलाई गिरिजाप्रसाद कोइरालाले आवश्यक ठान्नुभएन र आज नेपाली कााग्रेस पार्टीको दुरदशाको भुवरीभित्र मडारिन बाध्य भएको छ ।
त्यसै समय देखि नेपाली कााग्रेसमा विकृति, विसंगति र डनहरुले प्रवेश गर्ने मौका पाए । त्यसलाई खुलेर आमन्त्रण गर्ने गिरिजाबाबु र अन्य नेताहरु पनि अग्रसर भए । त्यसैको परिणाममा भवानीविक्रम नेम्वाङ्ग पनि पार्नुभयो । २०५० सालमा राष्ट्रिय सभामा एउटा सदस्यको पद खाली भयो । त्यस पदमा भवानी दाइको निश्चियतता थियो । तर गिरिजाबाबुको आसेपासे र षड्यन्त्रकारीहरुद्वारा तत्काल सो पदमा केशरबहादुर विष्टलाई ल्याएर भवानी दाइको त्याग तपस्यालाई लत्याइ गिरिजाबाबुले ठूलो युद्ध जितेझै गौरव गर्नभयो । हामीबीच अहिले भवानी दाई हुनुहुन्न उहााको मृत्यु भइसकेको पनि धेरै भएके छैन । एउटा प्रजातान्त्रिक योद्धा, २०१८ सालको क्रान्तिका नायक (च्याचङ थापु) कर्मठ र विवेकशील नायकको तेजोबध गरिएको हाम्रो सामु छर्लङ्ग छ । यस्ता गौरवशाली नायकहरुको सृंखलाबद्ध तरिकाले तेजोबद्ध भएकाहरुको गणना निकै ठूलो छ ।
अबत: नेपालमा छिनछिनमा
सरकार हेरफोर हुने लहरै चलेको छ । यस्तो तिब्रगतिमा फेरवदल भएका
सरकारले राष्ट्र र आम जनतामा के कस्तो छाप पर्ला जनाको आर्थिक सामाजिक , साास्कृतिक ढााचामा नविन पदचाप भर्न सक्छन् सक्दैनन यो आम बौद्धिक जनतले बुझ्ने कुरा हो । यस्ता सरकारको गमन र आगमनले
राष्ट्रलाई विकासिल बनाउने कुरामा विश्वास छैन । तर मन्त्रि मण्डलमा जाने व्यक्तिहरुको अर्थिक र सामाजिक रहनसहनमा चाहिा परिवर्तन ल्याउन मद्धत गर्ने छ । हालसालै गठित मन्त्रि मण्डलका नायक पुष्पकमल दाहाल हुनुहुन्छ । उहााकै नेतृत्वमा २०५२ सालदेखि कथित जनयुद्धताका
(०६२सम्म) नेपाली कााग्रेसका कार्यकर्ताहलाई खोजी खाजी मार्ने काम भएका थियो । नेपाली कााग्रेसका कार्यकर्ताहरुमात्र लगभग १० हजार मारिएछन् । ती सपुतहरुको रगत मथि मन्त्री भएर बस्ने नेताहरुलाई राम्ररी थाहा छ । ती सपुतहरुको रगतमाथि अवसर सम्भावना देख्ने हाम्रा नेताहरुबाट हामीले कस्तो प्रजातान्त्रिक व्यवस्थाको अभ्यास गरिरहेका छौं । हामी बीपी गणेमान, सुवर्ण शमशेर र कृष्णप्रसाद भट्टराई कााग्रेसका समपिर्ति त कार्यकर्ता कि देखासिकीका कााग्रेस कार्यकर्ता ? यस प्रश्नले सबैको मन अमिलिएको हुनुपर्छ ।
निश्चिय पनि बीपीले यस्तो किमिसमले चलिरहेको नेपाली कााग्रेस र सिद्धान्त विचार, व्यवहारबाट बाहिर
गइरहेको कााग्रेसको परिकल्पना नै गर्नु भएको थिएन । नेपालको सन्दर्भमा प्रजातान्त्रिक र समाजवादले सुसाज्जित र शालिन राजनीति माथि छलफल र अभ्यास गर्दै जनताको आधारभूत आवश्यकताको वितरण मुखी संसदीय व्यवस्थाको आवश्यक छ भनी बारबार लेखमार्फत र जनतालाई सम्बोधनलाई मर्यादित र सवल बनाउन प्रवल र प्रखर विरोधी दलको खााचो तर्फ अम्ल्याउनु भएको छ ।
अन्यमा, नेपाली काग्रेसका नेता तथा प्रखर वक्ता स्व. श्री भद्र खानल (श्री भद्र शर्मा) हुनुहुन्छ । बीपी के हो ? अथवा वीपी एउटा नाम मात्र हो ? कि यो एउटा विचार ? कि एउटा सिद्धान्त पो हो कि ? के हो बीपी ? बीपी भनेर हामीले के बुझ्ने ? उहाा अगाडि भन्नुहुन्छ । बीपी भन्नु विचार पनि हो । बीपी भन्नु सिद्धान्त पनि हो, बीपी आदर्श पनि हो । र व्यवहार पनि हो । वास्तवमा नै बीपी विचार सिद्धान्त, बीपी आदर्श र व्यवहार–यी चारै कुराको संगम हो, चतुर्वेदी । लोकपकारी र सर्व हितकारी पवित्र विचार, विचार अनुरुप सिद्धान्त, सिद्धान्त अनुरुप आदर्श र आदर्श अनुरुप व्यवहार वास्तवमा बीपी भन्नु नै यही हो । र बीपीको नेपाली काग्रेस पनि यही हो । यी माथिका आदर्श अनुरुप नेपाली कााग्रेसका आम कार्यकर्ताले अवलम्बन गरे बीपीमाथि सच्चा श्रद्धाञ्जली हुनेछ । बीपी कोइराला नेपाली राजनैतिक
प्राङ्गरणमा ठूलो मियोका रुपमा उहााका विचारले व्यवहारले, आदर्शले घनिभूत गरेको छ । मेरा आस्थाका प्रतिक महामानव विश्वेश्वरप्रसाद कोइरालाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

तपाईको प्रतिक्रिया