विश्वराज शर्मा
“हामी जनता जनार्दनको बलमा नेपालमा कोही पनि भोका नाङ्गा वा अशिक्षित नरहुन, देशमा सडक, बाटो घाटो, अपताल लगायत नेपालका नेपालीहरुलाई सुन्दर सुखी बनाउने अन्य कुराको अभाव नरहोस् । त्यस्तो व्यवस्था ल्याउने प्रलयमा छौं भन्ने बीपीले २००५ सालमा लिएको अठोटलाई आदर्श मानेर होमिएको नेपाली कााग्रेसले’ २०४७ देखि ०७३ सम्म आउादा बीपीका आदर्श र सिद्धान्तलाई फलाउन र फुलाउन पूर्ण रुपले असमर्थन भए जस्तो भान नेपाली जनता र कार्यकर्ताद्वारा गरेको गुनासाहरु यत्रतत्र सुन्न पाइन्छ ।
माथि उल्लेख गरिएका शब्दहरु स्वयम् बीपीले ३००५ सालमा नेपाली जनतालाई सम्बोधन गर्दा, कुराकानी गर्दा वा नेपाली कााग्रेस गठन गर्दाताका लिएको अठोट हो । यस अठोटलाई २०४६/०४७ को आन्दोलनताका नेताहरुको मुखजवानी थियो । २०४८ को आम निर्वाचनमा प्रचार प्रसार गर्दा नेताहरुले जनता सामु माथिका हरफहरु कन्ठस्थ गरी ‘आम नेपाली मतदाताहरुमा’ सम्बोधन
गरिएको हामी सबैलाई थाहा छ । तर त्यतिखेर नेताहरुले नेपाली कााग्रेसको मुल मर्मलाई चटक्कै बिर्सिएको जस्तो लाग्दथ्यो । र बीपीले अवलम्बन गर्नुभएको विचार, सिद्धान्त र आदर्शको पाटोलाई आजसम्म पनि पछ्याइएन त्यसैले गर्दा आजका दिनसम्ममा पनि नेपाली कााग्रेसलाई नेताहरुले सही बाटोमा लान सकेनन् । यसतर्फ विचार विमर्श गर्न समेत ध्यान नदिनुले आज नेपाली कााग्रेस चौरास्तामा उभिएको पार्टी भएको छ ।
यही २०७३साल आउदो भदौ २४ गते बीपीको १०३ औं जन्मजयन्ति मनाइदैछ । तर बीपीको जयन्ति मनाउादा मनाउदै माथिका उद्धत हरफहरुसाग नेपाली कााग्रेसका नेताहरुको व्यवहार र आदर्शमा परिवर्तन आउाछ कि आउादैन ? कुनै पनि संघ, संगठन या पार्टी नै भनौं त्यसको लक्ष्य हासिल भएपछि राजनैतिक, आर्थिक, सामाजिक र साास्कृतिक भित्र, नवनता खोजिन्छ । तर नेपाली कााग्रेसले २०४६/०४७ को आन्दोलनले कायम गरेका मूल्य मान्यताको कदर र खोज नगर्नु नै नेताहरुको ठूलो भूल हो । त्यस मूल्यभित्र रहेका विषयहरुलाई नविनता दिन नसक्नु त्यसको सुक्ष्म अध्ययन
नगरी जनता जनार्दनलाई राजनैतिक
परिवर्तनको आभाष दिन नसक्नु । २०४८ देखि २०५१ सालसम्म तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको मन्त्री मण्डलले राम्रा र जनतालाई
राहत पुग्ने कामहरु नभएका होइनन ।
राम्रा, राम्रा विकासका काम पनि भएका छन् । तर २०५१ मा स्व. गिरिजाप्रसाद कोइरालाबाट मध्यावधि आम निर्वाचनको घोषणाले गर्दा नै नेपाली कााग्रेसको लागि एउटा दुर्भाग्यपूण विषयले नेपाली कााग्रेसभित्र प्रवेश गरिरहेको आम, कााग्रेसी कार्यकर्ताले महसुस गरिरहेका छन् । २०/३० बर्ष सम्म प्रजातान्त्रिक अभ्यास गरिराखेर प्रजातान्त्रिक पद्धतिलाई आत्मसाथ गरेको ठूलाठूला राष्ट्रका
राजनीतिक व्यक्तित्वहरु पनि हतपत मध्यावधि निर्वाचनमा जान डराउाछन् । त्यसमा पनि हाम्रो पुनस्र्थापित नेपाली कााग्रेसको सरकार तीन बर्षमात्र चलकै थियो । भनौ प्रजातान्त्रिकक अभ्यासको क्रममा बामे सर्दै थियो । त्यो नेपाली कााग्रेसको एकमना सरकारको नेतृत्व गिरिजा प्रसाद कोइरालाले गर्नु भएको थियो । त्यसलाई उहााले नै रोक्न सक्नु हुन्थ्यो । उहााका मन्त्रिमण्डलमा सबै उहााको कार्यकर्ता थिए । तत्कालै गणेशमानजी, किसुनजीसाग परामर्श गरी रोक्न सकिन्थ्यो । त्यलाई गिरिजाप्रसाद कोइरालाले आवश्यक ठान्नुभएन र आज नेपाली कााग्रेस पार्टीको दुरदशाको भुवरीभित्र मडारिन बाध्य भएको छ ।
त्यसै समय देखि नेपाली कााग्रेसमा विकृति, विसंगति र डनहरुले प्रवेश गर्ने मौका पाए । त्यसलाई खुलेर आमन्त्रण गर्ने गिरिजाबाबु र अन्य नेताहरु पनि अग्रसर भए । त्यसैको परिणाममा भवानीविक्रम नेम्वाङ्ग पनि पार्नुभयो । २०५० सालमा राष्ट्रिय सभामा एउटा सदस्यको पद खाली भयो । त्यस पदमा भवानी दाइको निश्चियतता थियो । तर गिरिजाबाबुको आसेपासे र षड्यन्त्रकारीहरुद्वारा तत्काल सो पदमा केशरबहादुर विष्टलाई ल्याएर भवानी दाइको त्याग तपस्यालाई लत्याइ गिरिजाबाबुले ठूलो युद्ध जितेझै गौरव गर्नभयो । हामीबीच अहिले भवानी दाई हुनुहुन्न उहााको मृत्यु भइसकेको पनि धेरै भएके छैन । एउटा प्रजातान्त्रिक योद्धा, २०१८ सालको क्रान्तिका नायक (च्याचङ थापु) कर्मठ र विवेकशील नायकको तेजोबध गरिएको हाम्रो सामु छर्लङ्ग छ । यस्ता गौरवशाली नायकहरुको सृंखलाबद्ध तरिकाले तेजोबद्ध भएकाहरुको गणना निकै ठूलो छ ।
अबत: नेपालमा छिनछिनमा
सरकार हेरफोर हुने लहरै चलेको छ । यस्तो तिब्रगतिमा फेरवदल भएका
सरकारले राष्ट्र र आम जनतामा के कस्तो छाप पर्ला जनाको आर्थिक सामाजिक , साास्कृतिक ढााचामा नविन पदचाप भर्न सक्छन् सक्दैनन यो आम बौद्धिक जनतले बुझ्ने कुरा हो । यस्ता सरकारको गमन र आगमनले
राष्ट्रलाई विकासिल बनाउने कुरामा विश्वास छैन । तर मन्त्रि मण्डलमा जाने व्यक्तिहरुको अर्थिक र सामाजिक रहनसहनमा चाहिा परिवर्तन ल्याउन मद्धत गर्ने छ । हालसालै गठित मन्त्रि मण्डलका नायक पुष्पकमल दाहाल हुनुहुन्छ । उहााकै नेतृत्वमा २०५२ सालदेखि कथित जनयुद्धताका
(०६२सम्म) नेपाली कााग्रेसका कार्यकर्ताहलाई खोजी खाजी मार्ने काम भएका थियो । नेपाली कााग्रेसका कार्यकर्ताहरुमात्र लगभग १० हजार मारिएछन् । ती सपुतहरुको रगत मथि मन्त्री भएर बस्ने नेताहरुलाई राम्ररी थाहा छ । ती सपुतहरुको रगतमाथि अवसर सम्भावना देख्ने हाम्रा नेताहरुबाट हामीले कस्तो प्रजातान्त्रिक व्यवस्थाको अभ्यास गरिरहेका छौं । हामी बीपी गणेमान, सुवर्ण शमशेर र कृष्णप्रसाद भट्टराई कााग्रेसका समपिर्ति त कार्यकर्ता कि देखासिकीका कााग्रेस कार्यकर्ता ? यस प्रश्नले सबैको मन अमिलिएको हुनुपर्छ ।
निश्चिय पनि बीपीले यस्तो किमिसमले चलिरहेको नेपाली कााग्रेस र सिद्धान्त विचार, व्यवहारबाट बाहिर
गइरहेको कााग्रेसको परिकल्पना नै गर्नु भएको थिएन । नेपालको सन्दर्भमा प्रजातान्त्रिक र समाजवादले सुसाज्जित र शालिन राजनीति माथि छलफल र अभ्यास गर्दै जनताको आधारभूत आवश्यकताको वितरण मुखी संसदीय व्यवस्थाको आवश्यक छ भनी बारबार लेखमार्फत र जनतालाई सम्बोधनलाई मर्यादित र सवल बनाउन प्रवल र प्रखर विरोधी दलको खााचो तर्फ अम्ल्याउनु भएको छ ।
अन्यमा, नेपाली काग्रेसका नेता तथा प्रखर वक्ता स्व. श्री भद्र खानल (श्री भद्र शर्मा) हुनुहुन्छ । बीपी के हो ? अथवा वीपी एउटा नाम मात्र हो ? कि यो एउटा विचार ? कि एउटा सिद्धान्त पो हो कि ? के हो बीपी ? बीपी भनेर हामीले के बुझ्ने ? उहाा अगाडि भन्नुहुन्छ । बीपी भन्नु विचार पनि हो । बीपी भन्नु सिद्धान्त पनि हो, बीपी आदर्श पनि हो । र व्यवहार पनि हो । वास्तवमा नै बीपी विचार सिद्धान्त, बीपी आदर्श र व्यवहार–यी चारै कुराको संगम हो, चतुर्वेदी । लोकपकारी र सर्व हितकारी पवित्र विचार, विचार अनुरुप सिद्धान्त, सिद्धान्त अनुरुप आदर्श र आदर्श अनुरुप व्यवहार वास्तवमा बीपी भन्नु नै यही हो । र बीपीको नेपाली काग्रेस पनि यही हो । यी माथिका आदर्श अनुरुप नेपाली कााग्रेसका आम कार्यकर्ताले अवलम्बन गरे बीपीमाथि सच्चा श्रद्धाञ्जली हुनेछ । बीपी कोइराला नेपाली राजनैतिक
प्राङ्गरणमा ठूलो मियोका रुपमा उहााका विचारले व्यवहारले, आदर्शले घनिभूत गरेको छ । मेरा आस्थाका प्रतिक महामानव विश्वेश्वरप्रसाद कोइरालाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
