धरान/ जति जति चाडपर्व नजिकिदै जान्छ त्यति त्यति धरान लगायत आसपासका सर्वसाधारण महंगीको मारमा पर्ने गरेका छन् । दैनिक उपभोग्य वस्तुदेखि तरकारी, लत्ताकपडाको मूल्यवृद्धि भएपछि उपभोक्तहरु मारमा पर्ने गरेका हुन् ।
बजारमा कालो बजार र कृतिम अभाव भएको भन्ने समाचार सञ्चारमाध्यममा आएपछि भने बेला बेला सम्बन्धित निकायले अनुगमन गरी चासो देखाएको जस्तो गर्ने तर त्यस्ता व्यसायीलाई चेतावनी स्वरुप छाडिदिने गरेकाले पनि कालोबजारीले पश्रय पाएको उपभोक्ताहरुको बुझाई छ । यस्ता विषयमा सरकार गम्भीर हुनुपर्ने सचेत उपभोक्ताहरुले आवाज उठाउदै आएका छन् । दैनिक उपभोग्य बस्तु, तरकारी, फलफुल र निर्माण सामाग्रीको मुल्य बढेपछी अधिकांस उपभोक्तहरुले मुल्य बृद्धि नियन्त्रण गर्न माग गरेका छन् । चाडबाडको मौका छोपी व्यापारीले आफुखुशी मुल्य बढाउंदा समेत सरकारले नियन्त्रण गर्न नसकेको उपभोक्ताहरुको आरोप छ । राजनैतिक अस्थिरताका कारण बेला बेलामा हुने सरकार परिवर्तनकाकारण बजारमामुल्य बृद्धिले सिमा नाघेको उपभोक्ताको गुनासो छ ।
व्यापारीहरुले संचालन गरेका पसलहरुम ामुल्य सुचि नराखी उपभोग्य बस्तुको कृतिम अभाव सिर्जना गरी मुल्य बृद्धि गर्दा समेत सरकारले यसको नियन्त्रण गर्न नसकेको उपभोक्ता बताउाछन् ।
दशैं नजिकिंदै गरेको अबस्थामा व्यपारीहरुले बजारमा कृतिम अभाव सिर्जना गरी, दाल, चामल, तेल, चिनी, तरकारी, फलफुल, निर्माण समाग्रीहरुको मुल्य बृद्धि गरिएको छ । सरकारको निति स्पष्ट नभएका कारण चर्को मुल्य बृद्धि भएको राष्ट्रिय जनमुक्ति पार्टीका स्थानीय नेता विष्णु थाङदेन बताउनुहुन्छ । सरकारले समय समयमा बजार अनुगमन गर्ने र कालोबजारी गर्नेलाई कार्वाही गर्न सके मुल्य बृद्धि नियन्त्रणलाई सर्बसाधारणले समेत सहयोग गर्ने उहाको सुझाव छ ।
यता, व्यपारीहरुले भने विदेशी उत्पादनका सामाग्रीहरु खरिद गरी ल्याउनु परेकाले बजारमा महंगी बढेको दावी गरेका छन् । महंगी नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने जिम्मेवारी बोकेको सुनसरी उद्योग वाणिज्य संघका पदाधिकारीहरुले समेत वैदेशिक रोजगारमा नेपालीहरु जाने क्रम बढ्दो भएसंगै स्वदेशमा उत्पादन हुन छाडेपछी सरकारले भन्सार शुल्कमा गरेको मुल्य बृद्धिका कारण दैनिक उपभोग्य बस्तुदेखि लिएर सम्पुर्ण समाग्रीको मुल्य बढेको बताउदै आएको छ । उत्पादन कम हुनु र नेपाल भारत सीमामा भन्सार शुल्क बढी लिनु महंगीको मुख्य कारण भएको सुनसरी वाणिज्य संघका सदस्य किरण कुमार अग्रवाल बताउनुहुन्छ ।
चाडबाडका बेला बजारमा अप्रत्यासित रुपमा हुने मुल्य बृद्धिका कारण निम्न आयआर्जन भएका सर्बसाधारणलाई भने चाडबाड मनाउन समेत समस्या भएको भन्दै उनीहरुले चर्को मुल्यबृद्धि नियन्त्रण गरी सहजबनाउन सरकारसाग माग गरेका छन् ।
