धरान/झट्ट हेर्दा उहाालाई नेपालको मुर्धन्य भषाशास्त्री हुन भनेर कसैले पत्याउनै सक्दैन । होचो कद भएका, सामान्य लवाइ, झुस्स दाह्री पाल्नुभएका त्यसमाथि निस्तम्भसम्म पुगेको फित्तावाल झोला भिरेर हिड्ने र आफूलाई अभिवादन गर्नेलाई राम्रो भनेर प्रत्युक्तर दिने तिनै प्रा.डा. टंकप्रसाद न्यौपानेको गत विहीबार इटहरी र धरानमा भव्य नागरिक अभिनन्दन भएको छ ।
झण्डै साढे ६ दशक अगाडि नेपाल खाल्डो काठमण्डौमा कवि
शिरोमणि लेखनाथ पौड्यालको नागरिक स्तरबाट रथारोहण सहित अभिनन्दन गरिएको थियो भने नागरिक स्तरबाटै अभिनन्दित हुने दोस्रो व्यक्ति मुर्धन्य भाषाशास्त्री प्रा.डा. टंकप्रसाद न्यौपाने नै हुनुहन्छ ।
जीवनमा निरन्तर संघर्ष गरेकै कारण आफ्नो होचो कदलाई प्रा.डा. न्यौपानेले माथि उठाउनु भएको हो । भदौ १६ गते धरान र इटहरी पूरे मुर्धन्य भाषाशस्त्री टंकप्रसाद न्यौपानेमय भएको थियो । दुवै स्थानका अभिनन्दन समरोहमा ७३ साहित्यिक संस्था र एकसय भन्दा बढी सामाजिक, जातीय, धार्मिक संघ संस्थाको सहभागिता रहेको थियो । नेपाली पञ्चे बाजासागै दौरा शुरुवाल, भादगाउाले टोपी र कम्मरमा वीर गोर्खालीको चिन्ह खुकुरी भिरेर उहालाई रथम राखिएको थियो । अति सामान्य धरातलबाट माथि उठेको भन्दै उहालाई उहाकै कद बराबरको ताम्रपत्र समेतले अभिन्दन गरिएको अभिनन्दन मुल आयोजक समिति धरानका संयोजक गोपीकृष्ण खतिवडाले बताउनुभयो ।
मुर्धन्य भाषाशास्त्री प्रा.डा. न्यौपानेलाई नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेतिले अभिनन्दनपत्र अर्पण गर्दा एक छिन उहाा भावुक बन्नुभएको थियो । ताम्रपत्र उहााकै कद बराबरको थियो भने त्यसमा अंकित अक्षरहरु उहाका जीवन र गरेका योगदानका बारेमा कुादिएका थिए । सो अवसरमा ५५० पृष्ठको र ५० जना भन्दा बढी विद्वानहरुले कलम चलाएको अभिनन्दन ग्रन्थ ‘सडकदेखि शिखरतिरको’ लोकार्पण उपकुलपति उप्रेतिले गर्नुभएको थियो । भाषाशास्त्री न्यौपाने आफ्नो जीवनको पूर्वार्धमा केही रोमान्टिक स्वभावका हुनुहुन्थ्यो । हुन त अहिलेपनि उहााको त्यो स्वभावमा केही अंशमात्र परिवर्तन भएको उहााका निकटस्थहरु बताउाछन् । उहाालाई कवि तथा गीतकार हरिभक्त कटुवालसाग पनि दााज्ने गर्छन् । रोमान्टिक कविता उहााका पूर्वार्धका रचना भएकोले पनि उहाालाई त्यसो भनेको हुन सक्छ । तर पछि उहाा विस्तारै भाषा, साहित्य, व्याकरण, समालोचनातर्फ आकर्षित भएको देखिन्छ । जसले आज उहााको होचो कदलाई वास्तवमै शिखरमा पुर्याएको छ । यसै पेरिफेरिमा आज उहााका दजनौ पुस्तकहरु प्रकाशित भएको छ ।
जसमा नेपाली ध्वनी शास्त्र, साहित्यको रुपरेखा, भाषा विज्ञानका प्रमुख सिद्धान्त, व्यवहारिक नेपाली व्याकरण, मानक नेपाली व्याकरण लगायत रहेका छन् । उमेरले ६ दशक पार गरिसक्दा पनि उही स्फूर्ति उही जोश उस्तै सक्रियताकै कारण उहाले आफ्नो अध्यापन कर्मबाट विश्राम लिनुभएको छैन । प्रजातन्त्रको पुन : स्थापना पश्चात महेन्द्र वहुमुखी क्याम्पसको क्याम्पसप्रमुख समेत बन्नु भएका न्यौपानेले तेह्रथुम, गोरखा, धनकुटा लगायतका क्याम्पसमा अध्यापन गर्नुभएको थियो । उहााको खरो बोली, स्वाभिमानी चरित्रले तत्कालीन अवस्थामा उहााका विरुद्धमा अनेकौ प्रपञ्च गरिए पनि उहा कहिल्यै झुक्नु भएन । यसैले होला दु:खले उहााको साथ छोडेन । अहिले पनि उहा
धरानका केही कलेज, इटहरी जनता वहुमुखी क्याम्पसमा अध्यापन गराउदै आउनु भएको छ ।
अभिनन्दन समारोहमा मुर्धन्य भषाशास्त्री प्रा.डा.न्यौपानेले ‘अब मलाई केहीको मोह छैन’ भनेर बोल्नासाथ उपस्थितहरु समेत एकक्षण स्तब्ध भएका थिए । स्वयम् प्रा.डा. न्यौपाने समेत भावुक बन्नुभएको थियो । आÏनो संक्षिप्त मन्तव्यका क्रममा उहााले भन्नुभयो, आज म सेवा निवृत्त भएर पनि धरान–इटहरी लगायतका स्थानमा अध्यापन गराइरहेको छु । मलाई खान नपुगेर यो दु:ख गरेको होइन । मलाई मेरो सेवानिवृत्त भरणबाट खान लाउन पुग्छ ।
