घण्टाघरबाट हेर्दा

निधि रावल दोहोरी
यतिबेला मुलुकमा निधि रावल दोहोरी हिट भएको छ । माने गृहमन्त्री विमलेन्द्र निधि प्रचण्डाउको दूत बनेर भारत घुमेर के आए उग्र राष्ट्रवादी मोचाका भीम रावलको प्रेसर बढ्या बढ्यै छ । भारतलाई प्रचण्डाउले लेखेको पत्र सार्वजनिक गर भनेर रावल उफ्रिएका उफ्रियै छन् । रावलले भन्दैमा पत्र सार्वजनिक किन गर्थे निधि ? गर्न मिल्दैन । हिजो राप्रपा नेपालका अध्येक्षे कमल थापालाई पनि पर्धानमन्तरी खप्रओले त्यसैगरी पत्र दिएर भारत पठाएका थिए । त्यसबेला निधिले सार्वजनिक गर भनेर भनेनन् । सत्ताबाट खुस्किएर सडक छाप भएका रावल त्यसैपनि पीडित भए छन् । अब प्रचण्डाउले पठाएको पत्र रावललाई किन देखाउन्े ? पत्रकै निहुामा यतिबेला दुवै बीचमा गजबको दोहोरी चल्दा अरु सांसद र मन्त्रीहरु थप्पडी बजाएर फिलिलि नाच्न थाल्या छन् रे । क्या गजब †
मुत्रनली सफामा ६० लाख
रामवरन जादवलाई मुत्रनली सफा गर्न राज्येले ६० लाख रुपैये दे’छ । एउटा छोरा डाक्टर अर्को छोरा इन्जिनियर अकुत सम्पत्ति भएका जादवलाई अमेरिकामा मुत्र नली सफा गर्न ६० लाख दे’को रे । रामवरणलाई मात्र हैन खप्रओ र शेरबहादुरलाई पनि राज्येको ढुकुटीबाट खनखनी गनेर दुई/ती करोड दे’छ एक जना थाइल्याण्डतिर मस्ती मारिरहेका छन् भनको अर्काे सिंगापुरमा अण्डकोष देखाएर फर्के क्यारे । यतिमात्र कहाा हो र ? जादवसाग गएका उन्का छोरा र छोरीलाई दैनिक १५/१५ हजार भत्ताको जोहो पनि सरकारले गर्दैछ । उल्फाको धन फुपूको श्राद्ध भन्या यही हो । देशाा त्यत्रा त्यत्रा डाक्टर छन्, त्यत्रा त्यत्रा हस्पिटल छन् तर यिन्का मुत्रनली सफा गर्दिन सक्ने र अण्डकोष मालिस गर्दिने ेसम्म केही रहेनछन् । यहााका सबै
डाक्टरलाई यिन्ले नक्कली देखेछन् कि क्या हो ? धन्य होस् प्रभु एउटा सिटामोल खान नपाएर मर्ने पनि यही छन् अनि विदेशाा गएर महागो उपचार गराउनेहरु पनि यही छन् ।
सरकारको परिपत्र
प्रचण्डाउको गफाडी सरकारले अस्तिका दिन दुईवटा निर्नय साह्रै गजबको गरेछ । निर्नयचाहिा अब सिडियो कुनैपनि सामाजिक संघ संस्थाको कार्जेक्रममा नजाने र कसैलाई सम्मान गर्दा खादा ओढाउन नपाइने रे । वाह क्या गजबको निर्नय ? घण्टाघरलाई त सरकारले गरेको निर्नय लागू होला भन्ने कुरामा फिटिक्कै विश्वास छैन । सरकारले उही भत्तो पचाउन निर्नय गरेर परिपत्र गर्ने त हो नि । खादामाचाहिा किन प्रतिबन्ध लगाएको होला भनेर यसो वाल्वाटारतिर वाइनाकुलर सोझ्याएर हेर्‍या त खादा विदेशी उत्पादन भएकोले प्रतिबन्ध लगाएको रे । बााची बाची रहे यी टोड्काले र कानले के के देख्नु र सुन्नुपर्छ भन्थे हो रै’छ । अब सरकराले मन्त्रीबाटै स्वदेशी उत्पादनलाई अनिार्य गर्ने प्रावधान ल्याउनुपथ्र्यो । मन्त्रीले विदेशका महागा कोट पाइन्ट, गन्जी, अण्डवेयर लगाउनु हुने अनि कसैलाई सम्मान गर्न जाबो खाादाचाहिा ओढाउन नहुने ? आफ्नो आङको भैसी नदेख्ने अनि अरुका आङकाचाहिा जुम्रा पनि देख्ने ?
गुण्डा र पैसा
नेप्लिज कााग्रेसको् राजनीतिबाट विस्तारै छेउ किनारा लादै गएका तनहुाका तनहुाले बाजे रामचन्द्र बाजेले अस्तिका दिन साह्रै ठीक कुरा गरे । बाजेले राजनीतिबाट हरेश खाएछन् कि क्या हो ? नत्र त्यसरी त बोल्नु पर्ने हो । उन्ले भने यतिबेला पार्टीमा गुण्डा र पैसाको चलखेल बढ्दै गएको छ । त्यत्रो राजनीति गर्ने बाजेले गुह्य कुरा त भर्खर पो बुझेछन् । जसिका भैस उसका लाठी । जो संग गुण्डा छन् त्यसको राजनति सफल । अनि गुण्डा नचाउन पैसो त खर्च गर्नुपर्‍यो । बाजे फिटिक्कै खर्च गर्ने होइनन् । त्यसैले त पार्टी सभापति, संसदीयबाट आफै चिप्लिए भने विद्यार्थी संगठनको पकडबाट पनि चिप्लिनु पर्‍यो । खर्चको मामलामा
यसैगरी कैटे हुादै गएका भेलि वल्लो घाट र पल्लो तिरको होइएला है बाजे । समयमै खर्च गर्ने कुरामा बुद्धि फिरोस् ।
उपिन्दरको रोदन
एक मधेश दुई प्रदेश दिम्ला, संविधान संसोधन गर्दिम्ला भनेर भैसीलाई घाास देखाएर डोहोर्‍याएर संसदमा ल्याएर समर्थन लिएर दोस्रो पटक पर्धानमन्तरीको जुनी फेरेका प्रचण्डाउले अन्तेमा म धेशवादी दललाई गुएालाको फूल देखाउलान् जस्तो छ । प्रचण्डाउले आफूहरुलाई गुएालाको फूल देखाइदिने भएपछि हिजोआज संघीय समाजवादी फोरमका नेता उपिन्द्र जादव वर्वराउन थाल्या छन् । ताइन तुइले उनी खप्रओलाई घुाडा टेकाएझै प्रचण्डाउलाई घुाडा टेकाइदिने भाषणा गर्दै हिडेका छन् । उहिताको हरेउ जस्तो अनुकार भएका जाद रिसाउादा त मेरीबास्स्सै दिउासै बत्ती बाल्ने जस्ता पो देखिदा रै’छन् । अब बााकी रहयो घुाडा खपओले टेकाएका हुन कि मधेशवादी दलले टेकाएका हुन ? एक बर्ष सम्म आन्दोलन गर्दा जिलीगाठी केही हात नलागेपछि मधेशवादी दल थच्चिएको सबैलाई थाहै छ ।
गफै त हो नि
तत्कालीन माउवादीबाट ठूलो भाग खान निस्केका मुरख विद्वान बाउराम हिजोआज आफूलाई कम गर्न दिएमा ५/७ बर्षमै देशको मुहार फेरि दिने भाषन गर्दै हिड्या छन् । घण्टाघरलाई अचम्म लाग्न थाल्या छ यहाा कस्ले कस्लाई काम गर्न द्या छ ? हिजो देउवा पर्धानमन्तरी हुादा ४२ बुादे माग तेस्र्याएर काम गर्न दिएनन् बाउरामले । त्यसपछि १० बर्ष जनयुद्ध गरे देशको मुहार फेर्न सकेनन् । फेरि सिंहदरबार छिरे, पर्धानमन्तरी भए देशको मुहार फेरेनन् । यहाा कस्ले कस्लाई कम गर्न द्या छ र ? सबै उही गफै जोत्ने त हुन नि † गफैमात्र भए नि खपं्रओले ९ महिनामा धेरै काम गरे । कमसेकम घरघरमा ग्याासको पाइप, काठमाण्डौमा मेट्रो, समुन्द्रमा हवाइजहाज, पूर्व पश्चिम राजमर्गमा रेल त कुदाइदिए । कि कसो हौ बाउराम बाजे ?
दुई खुट्टा मात्र….
प्रचण्डाउको मन्त्री मण्डलमा माउवादीबाट महिलालाई मन्त्री बनाइएन भनेर कोकोहोलो मच्चिएको छ । मन्त्रि बनाउने भनेर ठिक्क
पारिएकी अनिता परियार अन्तेमा चैत भएकी रै’छिन् । तर मन्त्री बन्न खप्पराा लेखिएको हुनुपर्ने रै’छ । नयाा मन्त्री बन्नेहरुलाई व्रिफिङ गर्न प्रचण्डाउले बोलाउदा आफू प्रिग्नेन्सी भएको र डाक्टरले समय देको प्रचण्डाउलाई सुनाएपछि त्यहीबाट कुरा विग्र्रिको थियो । दुई वटा पुत्री जन्माइसकेकी परियारको पेटमा छोरो रहेको डक्टरले बताएपनि उनी मन्त्री हुन तयार थिइन् । प्रिग्नेन्सीको कुरा सुन्ने वित्तिकै मुख खुम्च्याएका प्रचण्डाउले उनको नाम हाटाइदिए । त्यसपछि अनिताले भनिन् पुरुषचाहिा दुई खुट्टा उभिएको भएमात्र भएपनि मन्त्रि हुने महिलाले पेट बोक्दाचाहिा किन नहने ? खै कुरो के हो प्रचण्डाउ र अनिता नै जानुन ।
अन्तेमा
सत्तामा बस्ने एउटा त्यसैको आडमा मोज गर्नेहरुको यहाा कर्मी छैन । अब हेरौ न श्रीकृष्ण अस्टमीका दिन विराटनगमा निस्केको रथ यात्रामा सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टी भयो । यसको चााजोपााजो मिलाउने प्रचण्डाउका ज्वाई जीवन आचार्य रहेछन् । दुई लाख ८० हजारमा भााडामा लिएको हेलिकोप्टरबाट ५० हजारको फूल राज्यकै ढुकुटीबाट
छरियो । ज्वाइाले यहाासम्म गर्छन् भने अरुले के सम्म गर्‍या होलान् ?

तपाईको प्रतिक्रिया