ताप्लेजुङका पहिरो पिडितलाई सरकारद्धारा राहत वितरण

ताप्लेजुङ/ताप्लेजुङ नगरपालिका भित्रका छुट्टाछुट्टै ठााउमा शुक्रबार राती गएको पहिरोका कारण ज्यान गुमाएका मृतकका आफन्त र विस्थापित गरि ४० परिवारलाई सरकारले आईतबार राहत वितरण गरेको छ । पहिरोले घर भत्किएर एकै ठााउमा पुरिएर ज्यान गुमाएका एकै परिवारका तिन जना मृतकको परिवारलाई तिन लाख र नगरपालिका आठकी मृतक दिलकुमारी पालुङ्वा लिम्बुको परिवारलाई एक लाख रुपौया प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जानकारी दिनुभयो ।
यस्तै पहिरोका कारण पुर्ण रुपमा क्षति भएका १२ घर परिवारलाई प्रति परिवार दश हजार रुपौया नगद, आंसिक क्षति भएका २८ परिवारलाई प्रति
परिवार पााच हजारका दरले राहत
रकम वितरण गरिएको बताईएको छ । राहत रकम संघिय मामिला तथा स्थानिय विकास राज्य मन्त्रि श्रीप्रसाद जवेगुले पिडितहरुलाई वितरण गर्नु भएको थियो ।
यसैविच नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङ शाखाले प्रति परिवारलाई १/१ बोरा चामल, विरेन्ऽ चोक महिला समुहले पुर्ण क्षति भएका परिवारलाई प्रति परिवार एक हजार रुपौया र आंसिक क्षति भएका परिवारलाई पााच सयका दरले राहत वितरण गरेका छन् । यस्तै संघिय लिम्बुवान पाटी नेपाल ताप्लेजुङले समेत खाद्यान्न सामाग्री प्रदान गरेको छ । सो पाटीले सवै प्रभावित परिवारका लागि जुनेली चामल ५ बोरा, ३ कार्टुन तेल, नुन ५ पोका, ४ काटुन चाउचाउ, १ बोरा मस्यौरा र २ कार्टुन विस्कुट वितरण गरेको हो ।
शुक्रबार राती भिषण वर्षासंगै नगरपालिका दुई र आठका विभिन्न स्थानमा झरेको पहिरोले दर्जनौ परिवार विस्थापित भएका छन् भने पहिरोले घर भत्किएर पुरिदा नगरपालिका दुईका एकै परिवारका विमला मगर उनका दुई छोराहरु मनोज र ललितको ज्यान गएको थियो । यस्तै पहिरोमा परि नगरपालिका ८ की दिलकुमारी पालुङ्वाको समेत मृत्यु भएको थियो । पहिरोका कारण विस्थापित भएका घर परिवारलाई नगरपालिकाकै हिटी भन्ने ठााउमा राखिएको छ । पहिरोबाट भएको सम्पुर्ण क्षतिको पुर्ण विवरण तयार गर्न सात सदस्यीय समिति बनाईएको छ भने हाल क्षतिको विवरण संकलन भईरहेको छ ।

तपाईको प्रतिक्रिया