खोटाङमा गाडी दुर्घटना हुँदा चार घाइते

खोटाङ र शेर्पा कन्स्ट्रक्सन प्रालिको गाडी सोमबार बेलुका दुर्घटना हुादा चारजना घाइते भएका छन् । दिक्तेलबाट सामान लिएर नेर्पातर्फ जाादै गरेको बा ९ च ७७१८ नंको गाडी दिक्तेलमा दुर्घटना हुादा चारजना घाइते भएका हुन् । दिक्तेल नगरपालिका–१ स्थित
रत्नपार्कको उकालोमा ब्रेकफेल भएर दुर्घटना हुादा चालक सूर्य तामाङ, कम्पनीका लेखापाल प्रदीप खड्का, भान्से भीमबहादुर भुजेल र क्रसर अपरेटर खड्गबहादुर आले घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिनुभयो ।
घाइते सबैको जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको छ । उनीहरुको टाउको, हातखुट्टा तथा शरीरको विभिन्न भागमा चोट लागेको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ । रत्नपार्कमा यसअघि पनि पटकपटक दुर्घटना हुने
गरेको छ । सडकमा हिाडिरहेको कुकुरलाई छलेर गाडी अगाडि बढाउन खोज्दा ब्रेकफेल भएर दुर्घटना भएको चालक तामाङको भनाइ छ ।
पााचजना यात्रु र कम्पनीको सामान लिएर हिाडेको गाडी सडकबाट करिब २० फिट तल खसेको छ । घाइते सबैको गाडी भित्रैबाट उद्धार गरिएको प्रहरीले जनाएको छ । गाडीमा सवार एकजना भने सकुशल भेटिएका छन् । उनी गाडी पल्टिादा उछिट्टिएर तल झरेको प्रत्यक्षदर्शीले बताएका छन् । रासस

तपाईको प्रतिक्रिया