विराटनगर/नेपाल मानव अधिकार सठनको आयोजनामा मानव अधिकार हनन सम्बन्धी विराटनगरमा एकदिने प्रशिक्षण सम्पन्न भएको छ ।
स्थानीय इष्टर्न स्टार होटलमा भएको प्रशिक्षण कार्यक्रममा मोरङ्ग, सुनसरी र धनकुटाका गरी ५५ जना मानव अधिकारवादीहरुको सहभागिता
रहेको थियो । सो अवसरमा नेपाल भारत मानव अधिकर संगठन पूर्वाञ्चल क्षेत्रीय संयोजक डा. केपी सुवेदी र केन्द्रीय सदस्य चिरन्जीवि ढकलले सहभागीहरुलाई मानव अधिकारको विश्वव्यापी मन्यता, मानव अधिकार उल्लघनको विविध वस्तुस्थितिका सम्बन्धमा प्रशिक्षण दिनुभएको थियो ।
नेपाल मानव अधिकार संगठनका केन्द्रीय अध्यक्ष इन्द्रप्रसाद अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा केन्द्रीय सदस्य गोविन्द ढकाल, केन्द्रीय सदस्य मिना पुलामी, मोरङ्गका ट्राफिक प्रहरी निरीक्षक धनप्रसाद शिवाकोटी, नेपाली कााग्रेस मोरङ्गका सचिव नगेश कोइराला, नेकपा माओवादी केन्द्रका कुशल लिम्बु, पत्रकार महासंघ मोरङ्गका सभापति महेन्द्र विष्ट, अधिवक्ता रिता पाठक, नवराज सापकोटा, इन्द्र न्यौपाने, लक्ष्मी शर्मा, महामुनिश्वर आचार्य लगायतले पनि बोल्नुभएको थियो ।
