धरान प्रधानमन्त्री पुष्पकमल दाहालले कर्मचारीहरुलाई सर्वसाधरणलाई सहज र सरल रुपमा सेवा प्रदान गर्न निर्दशन दिएको १५ दिन वितेको छैन तर ग्रामिण भेगका जनताले भने
सरकारी कर्मचारीको कारण सास्ती वेहोर्न बाध्य छन् । गाउमै हुने सामान्य कामको लागी समेत हप्तौ कुर्न बाध्य छन् धनकुटाको मुर्तिढूङ्गावासी । गाविस सचिव हप्तौ सम्म कार्यलय आउदैनन् जसका कारण सामान्य सिफारिस लिन समेत हप्तौ कुर्ने पर्ने बाध्यता छ उनिहरुलाई ।
गाविस सचिव कार्यालयमा नबस्दा धनकुटाको मुर्तिढुंगा गाविसका सर्वसाधारणले हैरानी व्यहार्नु परेको छ । स्थानीय स्वायत्त ऐन अन्तर्गत गाविसले गर्ने विवाह दर्ता, नागरिकको लागि सिफारिस, जग्गा सम्बन्धी सिफारिस लगायत विकास निर्माणका अन्य कामका लागि जाने गरेका सेवाग्राही गाविस सचिव कार्यालयमै नबस्ने गरेका कारण यस्तो हैरानी व्यहोर्नु परेको हो । गविसका सचिव भुपाल श्रेष्ठ धनकुटा सदरमुकाममा बढी बस्ने र कार्यालय सहायक विदुर कार्की समेत कार्यालय समयमा कहिल्यै नभेटिने गरेका कारण सेवाग्राहीले हैरानी व्यहोर्नु परेको हो । गविस सचिव गाविसमा नबसी सदरमुकाम केन्द्रित हुन थालेपनि सरकारले कार्यालय समयअवधि सचिवहरुलाई कार्यालयमा रही काम गर्न निर्देशन दिएको भए पनि सरकारको निर्देशन समेत नमानी गाविस सचिवहरु सदरमुकाम केन्द्रित भएपछि समयमा काम नहुदा सेवाग्राही आक्रोसित समेत बन्ने गरेका छन् । गविसबाट गर्ने कुनै पनि काम गर्नुपर्दा गाविस सचिवलाई फोन गरेर डेरामै
जानुपर्ने बाध्यता भएको स्थानीयहरुले बताएका छन् । फोन गर्दा कहिल्यै फोन नलाग्ने र फोन समपर्क गरेर डेरामै जादा समेत नभटिने गरेको स्थानीयहरुको आरोप छ । सचिव श्रेष्ठ प्राय कसैलाई थाहा नदिइ हप्तौ सम्म वाहिर जाने गरेको र महिनामा एक दुइ पटक कार्यलय पुगेर हाजिर गर्ने गरेका छन् । जसका कारण सामान्य सिफारिका लागी समेत हप्तौ कुर्नु पर्ने बाध्यतामा छन् स्थानियहरु । मुर्तिढुङ्गा ४ घर भई हाल सुनसरीको चतरा वस्दै आउनु भएका कमल बहादुर मादेनले भाइको
नागरिकताको सिफारिस तथा आफ्नो बच्चाको जन्म दर्ता गर्न ३ दिन पर्खनु
पर्यो । सुनसरीको चतरावाट नागरिकताको सिफारिस र बच्चाको जन्मदर्ताको लागी मुर्तिढुङ्गा पुगेका उनले गाविस सचिव भुपाल श्रेष्ठ नहुदा तिन दिन पर्खन बाध्य हुनुभयो ।
सचिव श्रेष्ठ गाविसमै भएको अवस्थामा समेत कार्यलयमा नआई आफ्नै सेवा ग्राहीलाई आफ्नै कोठामा वोलाउने गरेका छन् । कार्यालय आउदा समेत कहिलै समयमा नआउने सचिवकै कारण गाविसका हरेक काम कारबाही प्रभावित हुदै आएका छन् । जग्गा सम्बन्धि कामको लागी १० बजे गाविस कार्यालय पुगेका
राष्ट्रिय उपभोक्ता मञ्च धनकुटाका अध्यक्ष विपिन कुमार श्रेष्ठले समयमा कार्यालय नआउने कार्यलय प्रमुखलाई कारबाहीको दायरामा ल्याउनु पर्ने वताउनुभयो । उहाले गाविस सचिव मात्र नभई कार्यालय सहायक समेत कार्यलय नआउदा
सेवा ग्राहीहरुले सास्ती भोगिरहेको वताउनुभयो ।
महिनामा आकल झुकल मात्र कार्यालय आउने मात्र नभई कार्यलय समयमा मुर्तिढुङ्गा ९ मा रहेको नेता चौकमा मादक पदार्थ सेवन गरी वस्ने गरेको स्थानीयहरुको आरोप छ । उनले गुनासो लिएर आएको सेवाग्राहीलाई धम्क्याउदै पठाउने गरेकोसमेत आरोप सर्वसाधारणको छ । कार्यलयमै सभाहल भए पनि छलफ तथा वैठक समेत आफ्नो डेरा मुर्तिढुङ्गा ९ नेता चौकमै गर्ने गरेका उनलाई एक सेवा ग्राहीले सबै काम गाविसमै गर्न आग्रह गर्दा उनले आफुलाई प्रधानमन्त्रीको हैसियतमा
राख्दै यस्तो जवाफ फर्काएका थिए ।
मुर्तिढुङ्गा गाविस अहिले पियनका भरमा मात्र चलेको छ । कार्यलय खुल्छ तर कार्यलय सहायक विदुर कार्की
र कार्यालय प्रमुख श्रेष्ठ आउदैनन् । कार्यलयत आउदैनननै उनिहरु तर दुवै जनाको मिलि भगतमा सामाजिक सुरक्षा भक्तामा समेत अनियमितता गर्ने गरेको पिडितहरुको भनाई छ । मुर्तिढुङ्गा ५का रत्नवहादुर विकले गत बर्षको बैसाकको सामाजिक सुरक्षा भत्ता अहिले सम्म पाउन सकेका छैनन् । कार्यालय सहायक कार्कीले उनी विक जस्ता दुइदर्जन वढीको पुरा सामाजिक सुरक्षा भक्ता नदिएको स्थानियको आरोप छ ।
गाविस सचिव श्रेष्ठले सर्वसाधरणको सेवाका लागी कोठावाटै काम गरेको दावी गरे । कार्यलयमा समयमै उपस्थित हुने गरेको र सामाजिक सुरक्षा भत्तामा समेत अनियमितता नभएको भन्दै आफ्नो वचाउ गर्न उनी पछि
परेनन् । उनले कार्यलय सहायक कार्की विदामा वसेको आफुलाई जानकारी नभएको वताए पनि उनलाई आफुले कारबाही गर्न नसक्ने वताए । उनले यस्तो दाबी गरिरहदा विहिबार सोही कार्यालयमा कार्यालय समयमा पुग्दा उनी कार्यलयमा भेटिएनन् । उनले गत साउन २९ देखी हाजिरी नै नगरी बाहिर बाहिर बस्नेगरेको पाइएको छ । यता कार्यालय सहायक विदुर कार्की भाद्र २ गते देखी कार्यलय नआएको उनकै
हाजिरीवाट पुष्टि हुन्छ । कार्यलयमा काम पनि नगर्ने अनि कामको लागि आएको सेवाग्राहीलाई समेत धम्क्याउने यस्ता कर्मचारीहरुलाई कस्ले कारबाही गर्ने ? किन मौन छ सम्बन्धित निकाय ?
त्र
