विराटनगर/देशकै चर्चित र औद्योगिक घराना शारढा ग्रुपले स्थापना दिवस भव्यताकासाथ यसपटक मनाएको छ । पहिलो पटक स्थापना दिवस मनाएको ग्रुपले विराटनगर र काठमाण्डौमा समेत विविध कार्यक्रमको आयोजना गरेको थियो ।
आफ्नो स्थापना दिवसका अवसरमा शारढा गुपले रक्तदान जीवनदान भन्ने उद्देश्यका साथ रक्तदान, पुराना र इमान्दार कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत समेत गरेको थियो । विराटनगरमा भएको आइतबारको कार्यक्रममा ग्रुपका उपाध्यक्ष श्रीनिवास शारढाको सभापतित्वमा भएको कार्यक्रममा कर्मचारीहरु पुरस्कृत भएका थिए । विराटनगर र काठमाण्डौमा गरी ५० जना कर्मचारीहरु पुरस्कृत भएका थिए ।
शारढा ग्रुपका अध्यक्ष एवम् सांसद पवनकुमार शारढाले गु्रपको विगतदेखि वर्तमान सम्मको गतिविधिबारेमा सहभागीहरु वीचमा जानकारी गराउनु भएको थियो । सो अवसरमा बोल्दै उहााले भन्नुभयो सारढा गुपले स्थापना कालदेखि व्यवसायमा मात्र केन्द्रित नभएर समाजसेवामा समेत महत्वपूर्ण योगदान दिादै आएको छ । उहााले भन्नुभयो, आÏनो व्यापार व्यवसायसागै सामाजिक क्षेत्रमा पनि शारढा ग्रुपले योगदान दिादै आएको छ । उहााले अगाडि भन्नुभयो, आगामी दिनमा पनि हामी सामाजिक क्षेत्रका गतिविधि निरन्तर अगाडि बढाउाछौं ।
यहाा स्मरणीय कुरा के छ भने आजभन्दा झण्डै १ सय ५० बर्ष अगाडि सिरहा जिल्लाको लहानलाई केन्द्रविन्दु बनाएर शारढा परिवारले किराना पसल, खाद्यान्न तथा सुनचाादी व्यवसाय शुरु गरेको थियो । वि.सं. २०१५ सालमा लहानमै पहिलो पशुपति राइस मिल स्थापना गरी उद्योगतर्फ अग्रसर भएको शारढा परिवार विस्तारै शारढा ग्रुपमा परिणत भएको थियो । पहिलो उद्योग स्थापना पश्चात ग्रुपले चिनी उद्योग, जुट उद्योग, खाद्यान्न उद्योग, गरी सप्तरी र जनकपुर क्षेत्रमा मात्र १५ वटा उद्योग स्थापना गरेको थियो । पछि विस्तारै
विराटनगरलाई समेत कर्मक्षेत्र बनाउदै आएको शारढा ग्रुपले आज आइरन, विस्कुट, चाउचाउ, चिनी, हाइड्रापावर लगायतका दर्जनौ उद्योग तथा क्षेत्रमा लगानी गरेको अध्यक्ष पवनकुमार शारढाले प्रष्ट्याउनुभयो ।
