लायन विष्णुमाया राईद्वारा दर्जनौ कार्य

धरान/झण्डै २० बर्ष पश्चात पुन: अध्यक्षको जिम्मेवारी सम्हाल्न पुग्नु भएकी लायन्स क्लब अफ दन्तकाली इन्टर नेशनल डिष्ट्रिक्ट ३२५–ब्ज्ञ धरान सुनसरीकी अध्यक्ष विष्णुमाया राईले आफ्नो कार्यकालको छोटो समयमा दर्जनौ कार्यहरु सम्पन्न गर्नुभएको छ ।
लायन्स क्लब अफ दन्तकाली
धरानको लायनेष्टिक बर्ष २०१६–१७ का लागि निर्वाचित राईले श्रावण १ गतेदेखि कामलाई तिब्रता दिनुभएको
छ । उहााकै नेतृत्वमा श्रावण १ गते पिण्डेश्वर मन्दिर सरसफाई, श्रावण ३ गते दर्शनार्थीहरुका लागि स्क्वाइस पानी वितरण, श्रावण ४ गते बुढासुब्बा
मन्दिरलाई ५० वटा विरुवा हस्तान्तरण, श्रावण ५ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ सय विरुवा
वृक्षारोपण, साउन ७ गते धरान १४ विजयपुरस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार परिषरमा वृक्षारोपण गरिएको थियो । जसको प्रमुख अतिथिमा दिलकुमार लिम्बु, विशेष अतिथि गैह आवासीय एसिया प्यासिकफिक सह–संयोजक गंगाराज राई रहनु भएको
थियो ।
यसैगरी श्रावण १० गते पिण्डेश्वर मन्दिर परिषरमा स्क्वाइस पानी
वितरण र नि:शुल्क एम्बुलेन्स सेवा, लायन्स क्लब अफ शुभमले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा सक्रिय सहभागिता, विराटनगरको होटल
रेडिसनमा आयोजित स्कुलिङ्ग कार्यक्रममा आफूसहित फेस्टीबलका चेयरपर्सन चित्रकुमारी राई, भाइस प्रेसिडेन्ट जीतबहादुर गुरुङ्ग, कोषाध्यक्ष विजय चौधरी र सदस्य गंगामाया
राईको सहभागिता, श्रावण २५ गते नेपाल लायन्सको ४५ औं स्थापना दिवसको अवसरमा सामुहिक रुपमा बृहत कार्यक्रमको आयोजना गर्नुभएको थियो । आगामी के के कार्यक्रमहरु छन् त भन्ने जिज्ञासामा अध्यक्ष श्रीमति राईले भन्नुभयो, मेरो कार्यकालमा लायन्स क्लब अफ दन्तकाली धरानको आफ्नै एउटा भवन बनाउने उद्देश्य छ । उहााले भन्नुभयो यसका लागि मैले अध्यक्ष भएदेखि नै पहल
गरिसकेको छु । मलाई विश्वास छ म लायन्स क्लब अफ दन्तकालीको आफ्नै भवन बनाउन सफल हुन्छु ।

तपाईको प्रतिक्रिया