एएफसीद्वारा नेपाली खेलाडीको आजीवन प्रतिबन्धविरुद्धको अपील

काठमाडौं/ एएफसीले नेपाली खेलाडीले गरेको आजीवन प्रतिबन्धविरुद्धको अपीललाई खारेज
गरिदिएको छ ।
एएफसीको अपील कमिटीले म्याच फिक्सिङको आरोपपछि मुद्धा खेपिरहेका चार खेलाडी र एक प्रशिक्षकको अपील बिहीबार खारेज गरेको हो ।
गत डिसेम्बर ५ तारिखमा एएफसीले म्याच फिक्सिङमा संलग्न रहेको आरोपमा तत्कालीन नेपाली
राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापा, विकाश सिंह क्षेत्री, सन्दिप राई, रितेश थापा र प्रशिक्षक अन्जन केसीमाथि आजीवन खेल प्रतिबन्ध लगाएको थियो ।
नेपाली खेलाडीहरुले सन् २००८ देखि २०१२ मा भएका अन्तर्रार्िष्ट्रय मैत्रीपूर्ण खेलमा म्याच फिक्सिङको
गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया