गीत गाउादै खेमराजको बिदाइ

वारि जमुना पारि जमुना
जमुनाको फेदमा मनकामना
कस्को छोरा कस्को छोरी
पर्‍यो माया जालमा
मरेपछि गंगाजीलाई
बााचे हजुरी हजुरलाई
संखुवासभाजस्तो पहाडमा जन्मे पनि उनीसाग गिटार कहिल्यै टुटेन। घरको पिाढी होस् वा गाउाको चौतारो। वरिपरि गाउाले जम्मा गरेर गित सुनाउन बसुन्जेल कहिले छाडेनन्। मनकामना मन्दिरमा मेला लाग्दा गाउालेसागै उनी गाउाथे ’वारि जमुना पारि जमुना ।’ गाउालेमाझ मात्र चर्चित यो गीत जब स्टुडियोमा रेकर्ड भयो तब बालबालिका होस् वा बुढापाका सबैको नााच्ने रमाउने गीत बन्यो ।
उनै गायक खेमराज गुरुङ भने आफ्नै गीतमा व्यक्त गरिएका शब्दझैं आइतबार गंगाजीमा बिलिन भए । ‘यस्तो रमाइला कि गाउाघरका सबै बालबालिका उनको गीत सुन्न उनकै अघिपछि झुम्मेर हैरानै गर्थे,’ गायिका तथा गाउाले सखा पुस्तका खड्काले भनिन्, ‘चाडबाड आएपछि त खेमदाइ नभई रौनकै छाउाथेन ।’
हरेक वर्षको एकादशीमा लाग्ने मेलामा मात्र होइन तिहारमा देउसी खेल्दा पनि उनको गीत घन्किन्थ्यो । गाउामा गाएको गीतको लोकभाका टपक्क टिपेर
रेकर्ड गरेपछि सबै नेपालीको मनमै बस्यो ।
गाउामा गीत गाउने, सचेतना भर्ने नाटकहरु गर्ने अनि गाउालेलाई सधैं हासाउने खेमराज कहिल्यै कसैको अप्रिय भएनन् । आफूमात्र अघि बढ्ने स्वार्थी स्वभाव उनमा कहिल्यै पलाएन। ‘हामीलाई यसो गरी गाउा उसो गरी स्वर मिलाउन भनेर निकै सहयोग गर्नुहुन्थ्यो,’ गायिका पुस्तका थप्छिन्, ‘नयाालाई सिकाउन सधैं अगाडि आउनुहुन्थ्यो ।’ केही दिनअघि बाटोमा भेट हुादा अब फेरि संगीतमा केही गर्नुपर्छ है भनेको झल्झली सम्झन्छिन् ।
संखुवासभा कस्को भन्दा खेमराज गुरुङको भन्ने अवस्था उनले नै बनाए । उनको निधन भएपछि सिंगो संखुवासभा शोकमग्न छ। शवमात्र हेर्न पनि आइतबार बिहान हजारौंको भीड उनको जिल्लामा लागेको थियो। पछिल्लो समय उनी विकाससागै संगीतलाई जोड्ने बाटोमा थिए । ’पर्यटन सम्बन्धी गीतिएल्बम निकाल्दै थियौं,’ उनका निजी सचिव धु्रव दिवानले भने, ’संखुवासभामा सिक्किम स्टेटको अवधारणामा विकास निर्माणको काम पनि गर्दै्थियौं ।’
अघिल्लो महिना मध्यतिर उनी अमेरिका जाने तय भएको थियो । तर गाउाठाउाको काम र संगीतको कामले रोकिए । जुन दिन उनी पुनस्र्थापना केन्ऽ लगिएका थिए, त्यस दिन इटहरी जान लागेका थिए । मदिरा छुटाउन उनको परिवारका सदस्यले पुर्नस्थापना केन्ऽ जान भने पनि उनी काममै जुटिरहेका थिए । मदिराको लत पूरै छुटाएर स्वच्छ बन्ने चाहना खेमराजमा पनि तिब्र थियो । तर समय मिलिरहेको थिएन । एक्कासि नार्कोनन पुगेका उनी बिरामी भए । अस्पताल भर्ना भए । उपचारकै क्रममा उनको निधन भयो ।
संखुवासभास्थित नदीकिनारलाई पर्यटकीय क्षेत्रका रुपमा बिस्तार गर्ने कार्य चलिरहेको छ। जसका लागि तीन महिना अघिमात्रै एउटा गुम्बाको निर्माण खेमराजले सकेका थिए। उनले राजधानीको चमकधमकमा संगीतको संगत गरे पनि आफ्नो पुर्ख्यौली थलो कहिले बिर्सेनन् । आफ्नो ठाउा, आफ्नो गाउा र आफ्ना गाउालेमाझ सधंै अपनत्व दर्शाइरहे । ’एकदमै मृदुभाषी रमाइलो गर्नुपर्ने मान्छे हो,’ उनका सबैभन्दा नजिकका साथी राजेशपायल राईले सुनाए, ’अरुलाई दु:ख पर्दा आफूसाग केही नराखी पनि दिने गर्थे। ।’
उनले खेमराजसाग नयाा एल्बममा काम गर्ने तयारी अधुरै रहेको सुनाए ।
राईले ’शिरैफूल शिरबन्दी’, ’मन पर्‍यो’ र ‘जूनघाम’ बोलका गीतमा खेमराजसाग सहकार्य गरेका थिए । ’दर्शन नमस्ते ३’मा कुन गीत समावेश गर्ने भन्ने छलफल चलिरहेकै बेला खेमराजको निधन भयो । परिवारको एकमात्र छोरा गुमाएपछि उनकी आमा सबैभन्दा बढी दु:खी देखिन्थिन् । ’तेरो छोरा यति दिनमा मर्छ भनिदिएको भए त्यति दिनमा आफ्नो सबै इच्छा पूरा गर्थें तर कसैले भनिदिएनन्,’ आमा तुल्सीमाया एकमात्र छोरा गुमाउनुपर्दाको पिडा अरुसााग पोख्दै थिइन् । आइतबार राजधानीस्थित प्रज्ञा प्रतिष्ठानमा आफन्त, कलाकार रशुभचिन्तकहरुले उनलाई अन्तिम श्रद्धाञ्जली दिादै थिए ।
कलाकारका लागि पनि केही गर्नुपर्छ भन्ने सोच राख्ने गुरुङ सक्रिय रहेर काम गर्ने कलाकार भएको जनसांस्कृतिक महासंघ नेपालका अध्यक्ष खगेन्ऽ राईले बताए। श्रद्धाञ्जली कार्यक्रममा सरकारका तर्फबाट सूचना तथा सञ्चारमन्त्री राम कार्कीले राष्ट्रिय झण्डा ओढाई सम्मान गरे । श्रद्धाञ्जली सभामा कलाकारहरुले उनको लोकप्रिय गीत ’वारि जमुना पारि जमुना’ गाएर सम्मान व्यक्त गरे । संगीत संघले कलाकारका तर्फबाट सम्मान दियो । त्यस्तै जनसांस्कृतिक संघका तर्फबाट अध्यक्ष खगेन्ऽ राईले सम्मान चढाए ।

तपाईको प्रतिक्रिया