पुरानै चाहियो रे
संसारको आठौ आश्चर्य भएको मलुक हो नेपाल । पहिले पुरानो फालेर नयाा ल्याउाछन । अनि फेरि नयाा फालेर पुरानै ल्याउनुपर्छ भन्छन् । यो नयाा र पुरानाको Ïयुजन कहिल्यै नहाट्ने भयो । अब हेरौ न अस्तिका दिन राजधनीमा एउटाविशाल जुलुस निस्केछ । जुलुसमा प्रजातन्त्रका लागि लडेका घग्रान मानिसहरु थे’रैछन् । जहाा पिएल सिंह, बालकृष्ण न्यौपाने जस्ता घग्रान भएसी’ वातै खलास । उनेरले भन्देछन् आज सुमार्गी मार्फत ११ खरब रुपैया नेताहरुलाई पठाएर धर्म निरपेक्षता, गणतन्त्र, संघीयता लादेको रे । होला पनि आफै मैमत्त उन्मत्त भैरव भएका नेताहरुले धर्म, गणतन्त्र, संघीयताका बारेमा चाइाचुाइा सोधेनन् । ११ खरब भागबण्डमा गरेर कोठामा बसेर ती तीनै कुरा संविधानमा हालिदिए । अब अहिले त्यही तीनवटा कुरा नेताहरुलाई भालुको कन्पट भ’छ । अगाडि बढौ जन्ताले हातखुट्टा दोब्व्र्यउलान् भन्ने डर पछाडी फर्को त इज्जतै धरापमा पर्ने डर । आखिरी ओल्ड इज गोल्ड भन्छन् ।
खप्रओ र देउवा
छिसिक्क अण्डकोष र डाडेल्नु चिलाउादा नेप्लीज काग्रेसका बूढानिलकण्ठे मुखिया र डल्लुतिरका खप्रओ दुवै विदेश हान्निएका छन् । यहााका स्वास्थ्य संस्थाका चिकित्सकले राम्रो उपचार गर्न सक्दैनन् भनेर दुवै विदेशतिर हान्निएका रे । गोविन्द केसीले राम्रा चिकित्सक उत्पादन गरौ, स्वास्थ्यमा व्यापार नगरौं भनेर अन्नपानी नै छाडेर आठपटकसम्म लम्पासार पर्दापनि न खप्रओले सुने न देउवाले काजीले सुने । अब अहिले छिसिक्क हुादा ग्वारग्वार्ती पैसाको सुटकेश बोकेर बहिर दैडिएका छन् । हुन त यिन्लाई के को चिन्ता ? राज्यको ढुकुटीबाट अर्थमन्त्रालयले खुई खुइ चेक काट्दिहाल्छ । आखिरी देशका सााढ न परे । हाच्चिउ आउादा पनि बाहिर , कन्पारो रन्किएपनि बाहिर, गिलो आाची आउादा पनि बाहिर, बड्कउला आउदा पनि बाहिर राज्यको कोष जिन्दावाद, जे होस् खप्पराा त लिएर आएकै रहेछन् ।
अशन्ति भो रे ?
यतिबेला नेपालका दक्षिणी सीमा नाकाहरुमा रक्सीका दुकान दिन दुगुना रात चौगुना खुल्न थाल्या छन् । नितिषकुमारले सीमापारि रक्सीका दुकान ठ्याप्प्पै बन्द गर्दिएसी छिमेकीको नाताले पनि त्यतिातिरका रक्सी पारखीहरुको मर्म बुझ्नु पर्यो । त्यै भएर सिमाना क्षेत्रमा नेपालीहरुले रक्सी भट्टी खोलिदिए । त्यसैपनि नेपालीहरु अतिथि देवो भव: भन्न जान्दैनन् । फेरि जानेको पनि त्यही भट्टी खोल्नै त हो । भट्टी खोलेर भारतीय रक्सीका पारखीहरुलाई सहयोग पुर्याइरा’बेला रक्सीले सीमा क्षेत्रमा अशान्ति भयो भनेर केही असतिहरु खोक्न थालेछन् । अब रक्सी खाएपछि अलि ठूलो स्वरले बोल्नैपर्छ, खुट्टा लर्याङ्ग बर्याङ्ग भैनै हाल्छ । त्यसलाई अशान्ति त भन्न भएन नि । बल्ल बल्ल
रक्सीको व्यापार फस्टाउन लाग्याथ्यो त्यो पनि बन्द हुने भयो ।
मन्त्री चाहियो रे
नेपाली कााग्रेसक एकजना दलित कोटाबाट केन्द्रीय सदस्य बनेकालालाई मन्त्री चािहयो रे । क्या गजबको कुरा । मन्त्री पाए कस्लाई खान मन लाग्दैन । पार्टीमा कुनै लगानी नभएका, जनआन्दोलनपछि पार्टी प्रवेश गरेका कहिले वल्लो क्याम्प छिर्ने, कहिले पल्लो क्याम्प धाउने
अवसरको मात्र ताक हेर्नेैहरुले अरु मन्त्री हैन फूल मन्त्री नै खोज्या रै’छन् । गाई विहाएपछि दूध खान मात्र आएका ती चैतेले न घाास काटेका थिए न गाइएको स्याहार सुसार गर्या थे, न कुाडे पकाएका थिए । तर उन्लाई मन्त्री चाहियो रे, हिजो काग्रेसकै लागि घरबार विगारेका, प्रवासमा बसेका, संगठनमा दौडिएकहरुले त अहिलेसम्म मन्त्री दे भन्या छैन । तिन्लाईचाहिा मन्त्री चहियो ? मन्त्री नपाएका तिन्नले अब चाहिा क्याम्प परिवर्तन गर्न बेर छैन । आखिरी नेप्लीज काग्रेसक तीन फ्याक छादैछ । जता छिरेपनि भैगे । कि कसो हौ ?
संविधान संसोधन
मधेशी दलहरुले फेरि पनि उत्तानोचित्त होलान जस्तो छ । सविधान संसोधन गरेर आफ्ना मागहरु पूरा गर्नुपर्छ भनेर आवाज उराल्दै आएकाहरुलाई कााग्रेस सभापति देउवा काजीले सिंगापुरबाट फर्कैर आएसी’ संसोधन गर्ने औषधि सुघाइद्या छन् रे । लागू नै नभएको संविधान संसोधन संसोधन गरेर फुइय्याा हुन्छ ? लागू भएको सविधान संसोधन गरेपो केही झर्छ त । कस्तो हरिलठ्ठक रहेछन् मधेशवादी दलहरु । देउवाले भन्दैमा संसोधन हुने भए त अस्ति नै भैसक्ने थियो । कुनैपनि हालतमा सविधान संसाधन हुादैन भेनर खप्रैअेले भट्याएको मधेशवादी दललाई थाहा भएन कि क्या हो ?
कस्ले मान्ने ?
आफै धामी आफै झाक्री भएपछि वातै खलास । अब हरौ न उत्तरदक्षिण फर्किएक दुई दल मिलेर यतिबेला
सरकार बनाएका रैछन् । अहिल्यै मन्त्रीको संख्या ३१ सदस्य पुग्ने भएसी सविधानलाई सिधै धोति लगाएको भएन ? नयाा सविधानमा २५जना भन्दा बढी मन्त्री बनाउन नपाइने भन्या छ । तर प्रचण्डाउले ३१ पुर्याएका छन् । पुरानौ माने २०४७ सालकै सविधान अनुसार काम गर्ने भए त्यत्रो खरबौ रुपैये खर्च
गरेर ६०१ जना हरिलठ्ठकहरुलाई राज्येको ढुकुटीबाट पालेर नयाा सविधान किन बनाउनु पर्या थियो । सरकारले त नयाा संविधान मान्दैन भने अरुले किन मान्ने ? हुन त कान्छी केही दिनकी प्यारी हुन्छे । मायाा मोह त जेठीप्रति नै हुन्छ भन्थे हो रै’छ ।
आगो बाल्ने रे
हाम्रो देशमा सबैले आगै बाल्न जान्या छन् । पानी हाल्ने कोही माइकालाल छैनन् । अब हेरौ न झालेमालेका नेता झल्लाझलुले भन्या सरकारले गल्ति गरे आगो बाल्छौं । झलु र माकुन्याउको कामै के छ र ? उही आगो बाल्ने त हो नि । ९ महिनामा प्रचण्डाउलाई जन्माउन खप्रओलाई बाध्य बनाउने झलु र माकुन्यउा त हुन नि । गतिलो ढंगले खप्रओलाई साथ दिएको भए विचरा खप्रओले सिंीहदरबार छाड्नुपर्ने नै थिएन । भित्र भित्र प्रचण्डाउलाई चोडी लगाउने अनि बाहिर बाहिर चाहिा झालेमालेका सरकार टिक्नुपर्छ भनेर लेग्रो तान्ने। झालेमालेभित्रको राजनीति पनि बुझि नसक्नुको छ वा † अब आगो बाल्छौं भनेर झलुले के भन्न खोज्या होलान् ? फेरि आगो कहा ाबाल्छन् होला ? पार्टीभित्रै बाल्छन् कि सडकतिर बाल्छन् त्यो चाहिा हेर्नुपर्ने भा’छ ।
अन्तेमा
हिजो आज प्रचण्डाउ आश्वासन बााडेर सिंहदरबारको कुर्सीमा बरिरहन्छन् । आश्वासन बााड्न उनी यतिबेला खप्रओ भन्दा दुई कदम अगाडि देखिएका छन् । खप्रओले घरघरमा ग्याास पाइप, पूर्वपश्चिम रेलमार्ग काठमाण्डौमा मेट्रो ट्रेन, झोलुंगे पुल हटाउने, पेट्रोलको खानी खन्ने, समुन्द्रमा पानी जहाज चलाउने हावा ठोक्दा ठोक्दै नौ महिनामा चिप्लिए । अब प्रचण्डाउ यतिबेला खप्रओ भन्दा कडा कडा आश्वासन बाड्न थाल्या छन् । कहिले सचिवलाई तीन दिनभित्र परिणाममुखी काम गरेर देखाउन निेर्देशन दिन्छन्, कहिले म
रिविन काटेर उद्घाटन गर्ने कम गर्दिना भन्छन्, कहिले भावुक भएर बोल्छन् त कहिले जंगिन्छन् । पक्कै पनि खप्रओको रोग प्रचण्डाउमा सर्लक्कै सर्या
हुनुपर्छ । हिजो आज सरुवा रोगको महामारी छ ।
