धरान/बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. बलभद्रप्रसाद दाशको पााचबर्षे कार्यकाल पूरा हुन अब धेरै समय बााकी छैन । अब मुस्किलले पााच महिना अर्थात आगामी पौष १७ गते उहााको पााचबर्षे कार्यकाल पूरा हुादैछ । आफ्नो कार्यकालमा उहााले प्रतिष्ठानको भौतिक संरचना निर्माण, सेवा विस्तार र शैक्षिक क्षेत्रमा जुन योगदान दिनुभयो त्यसलाई कसैले कम आाक्न मिल्दैन ।
उहााले आफ्नो कार्यकालमा कार्डियोलोजी, कार्डियो थेरसिक, न्युरो सर्जरी, ओपन हार्ट सर्जरी, जिआइ सर्जरीको सेवा विस्तारमात्र गर्नु भएन यसका लागि चाहिने आवश्यक जनशक्ति, प्रतिष्ठानको आयमा गुणात्मक वृद्धि, मुलुकमै पहिलो ४ सय ५० शैय्याको मातृ तथा बाल स्वास्थ्य केन्द्र भवनको निर्माण शुरुवात, दुई सय शैय्याको क्यान्सर अस्पताल र दुई सय बेडकै कार्डियोलोजी भवन निर्माणका लागि सैद्धान्तिक सहमति लिएर प्रक्रिया समेत अगाडि बढाइसक्नु भएको छ ।
प्रतिष्ठानको स्थापनाकालदेखि नै कार्यरत प्रा.डा. दाशले विगतमा सह–अस्पताल निर्देशक, अस्पताल निर्देशकको जिम्मेवारी समेत सम्हाल्नु भएको थियो । २०६२/०६३ को आन्दोलनताका उहाा अस्पताल निर्देशककै भूमिकामा हुनुहुन्थ्यो । आन्दोलन सफल भएपछि प्रतिष्ठान झण्डै १ बर्ष नेतृतव विहीन बन्न पुग्यो । त्यसबेला न सिनेट थियो न कास । सस्था नै लथालिंैग अवस्थामा थियो । पछि सरकारले प्रो. पूर्णचन्द्र कर्माचार्यलाई भिसी बनाएर पठाए पनि उहाालाई आफ्नो टिमलाई पूर्णता दिन नै ९ महिना लाग्यो भने कर्माचार्यको कार्यकालमा प्रतिष्ठानमा कुनै सुधार हुन सकेन , आन्दोलन पश्चात प्रतिष्ठनमा कार्यरत कर्मचारीहरुको, जनताको अपेक्षा धेरै थियो । जसले केही समय अनुशासन हीनतालाई बढावा दिएको थियो । यस्तो अवस्थामा सरकारले प्रतिष्ठानलाई उपलब्ध गराउादै आएको बजेटमा समेत कटौती गर्दा प्रतिष्ठन ४० करोड आर्थिक भारमा पर्यो । त्यसबेला ट्याक्सको
रकम बााकी, सञ्चय कोष, नागरिक कोष लगानीको पैसा दिन नसक्ने, बैंकबाट लन लिएर तलब खुवाउनु पर्ने अवस्था थियो । उहाा उपकुलपछि भएर आउादा ४२ करोड हिसाब नेगेटिव थियो । आज प्रतिष्ठानले ४२ करोड ऋण चुक्ता गरिसकेको छ, कुनै प्रकारको लन छैन न कसैलाई भुक्तानी दिनुपर्ने अवस्था छ, उपकुलपति प्रा.डा. दाश भन्नुहुन्छ ।
कुनै पनि संस्था, इष्टिच्युट यदि आर्थिक रुपले नेगेटिव साइडमा गयो भने त्यो डुब्न थाल्यो भनेर बुझ्नुपर्ने हुन्छ । जसको ज्वलन्त उदाहरण जनकपुर चुरोट कारखाना, उदयपुर सिमेन्ट उद्योग, आरएनएसी सबै धरासायी भएर गएको छ । तर प्रतिष्ठानले ऋणात्मक आर्थिक अवस्था हुादा पनि त्यो हविगत व्योहोर्नु परेन । एकातिर सरकार प्रतिष्ठानलाई अटोनोमस भन्छ तर नीतिचाहिा लाद्छ अनि पैसाचाहिा दिादैन । वास्तवमा संस्था अलिकति अन्यौलमा पर्न गयो । प्रतिष्ठानको वास्तविकता र यथार्थता बुझाउन उपकुलपति दाशले धेरै महेनत गर्नुपर्यो । उहाा कहिले अर्थमन्त्रालय पुग्नुभयो, कहिले स्वास्थ्य मन्त्रालय पुग्नुभयो, कहिले प्रधानमन्त्रीको कार्यालय पुगेर अटोनोमस हो तर प्राइभेट होइन भनेर कन्भिन्स गर्नुभयो । अहिले पनि सरकार पूर्ण रुपले कन्भिन्स छैन उपकुलपति दाश भन्नुहुन्छ । तर मैले धेरै हदसम्म कन्भिन्स गर्न सफल भएकैले सरकारले पनि ल त्यसो भए पूर्वाधार विकास गर्नुस् भन्यो, पूर्वाधार विकास गरेर त्यसैबाट खर्च गर्नुस् भन्यो ।
सरकारको आश्वासनपछि उपकुलपति प्रा.डा दाश प्रतिष्ठानको पूर्वधार विकासमै तल्लिन हुनुभयो । तपाईले पूर्वाधार विकास कसरी गर्नु भयो त भन्ने सवालमा उहााले भन्नुभयो, भारतले प्रतिष्ठान बनाइदिादा ५० जना विद्यार्थी अध्ययन गर्थे । अहिले बढाएर १ सय ५० पुर्याएको छ । मैले पुन: भारत सरकारलाई कन्भिन्स गरेर एउटा एकाडेमिक बिल्डिङ्ग निर्माण गर्यौं । जसको उद्घाटन भारतीय राजदुत रन्जित
रायले नै गर्नुभएको थियो । यो नितान्त विद्यार्थीहरुका लागि, एकाडेमीकका लागि हो । उहाा भन्नुहुन्छ, आज प्रतिष्ठानमा कक्षा, ल्यावको विद्यार्थीलाई समस्या
छैन । अर्को समस्या थियो फ्याकल्टी रिटेशनको । यसका लागि दाशले अनेकौ समस्यालाई चिर्दै म्::ऋज् कार्यक्रम सञ्चालन गर्नुभयो । म्: र :ऋज् कार्यक्रम सञ्चालन भएपछि अहिले सेवामा समेत विस्तार भएको छ । म्: पढ्ने विद्यार्थी म्: पढाउने शिक्षकले सेवा दिन थालेका छन् । सुपर स्पेशियालिटी सेवा अहिले विरामीहरुले पाउदै आएका छन् । उपकुलपति प्रा.डा. दाशले कार्यभार सम्हाल्दा १ सय १० जना शिक्षक थिए भने हाल २ सय जना पुगेका छन् । अहिले प्रतिष्ठानमा जनशक्ति रिनेशन भएको छ । अन्य मेडिकल कलेजले जनशक्ति अवस्थामा समस्या झेल्दै आएको अवस्थामा प्रतिष्ठानले आफनो लागि आफै जनशक्ति उत्पादन गर्नु महत्पूर्ण पक्ष हो । हाल प्रतिष्ठानमा जनशक्ति राख्ने ठाउा नै छैन । पहिला जनशक्ति रिटेशन गर्न चुनौति थियो । अब अहिले त्यो पूरा भएको छ । अहिले क्वार्टर उपलब्ध
गराउन चुनौति देखिन थालेको छ ।
क्वार्टरको समस्या समाधानका लागि उपकुलपति दाशले निक्कै मेहनत गरेको देखिन्छ । सरकार र आफनै स्रोत साधन परिचालन गरेर उहााले ब् टाइपका ५ वटा क्वाटर, ३ युनिट, पिजिएका विद्यार्थीका लागि २ वटा होस्टल बनाउनु भएको छ । अहिले क्वार्टरको समस्या समेत समाधान भएको छ । पााचबर्ष अगाडि हस्पिटलबाट दैनिक १२ लाख आम्दानी हुन्थ्यो भने हाल २४ लाख पुगेको छ । अर्थात हस्पिटलको आम्दनी दोब्बर भएको छ । एकाडेमीतिर पनि गत बर्षदेखि विद्यार्थी संख्या बढेपछि आम्दानी बढेको छ । यति हुादाहुादै पनि अहिले फेरि प्रतिष्ठान पछाडि फर्कने अवस्थामा देखिएको छ । यसको प्रमुख कारणमा प्रा.डा. गोविन्द केसीसाग
सरकारले गरेको फ्रि पिजी सम्झौता हो । उपकुलपति दाश भन्नुहुन्छ हामीले फ्रि पिजी बढाउन थाल्यौं । सरकारले पिजीवापत दिने पैसा प्रतिष्ठानका लागि अपुग छ । उहाा भन्नुहुन्छ टिचिङ्ग बीरलाई पनि त्यही पैसा दिएको छ अनि हामीलाई पनि । प्रतिष्ठान नन प्राक्टिसिङ्ग इस्टिच्युट हो । यहााका शिक्षकको तलब बढी हुन्छ । प्रतिष्ठनलाई टिचिङ्ग र वीरसाग तौलन मिल्दैन । बीर र टिचिङ्ग प्राक्टिसिङ्ग इस्टिच्युट हो । यहाा शिक्षक चौविसै घण्टा उपलब्ध हुन्छन् । उहााले भन्नुभयो हाम्रो उद्देश्य एम्स हो । आज एम्स किन त्यस्तो छ भने त्यसमा लाग्ने सम्पूर्ण खर्च भारत सरकारले व्यहोर्छ । विरामी भर्ति भइसकेपछि औषधि समेत सरकारले उपलब्ध गराउाछ । यहाा त के छ भने विरामी भर्ति भएपछि उनीहरुले क्वालिटी सर्भिस पाउनु भन्दा पनि औषधि नै किन्न सक्दैनन् । औषधि नै किन्न नसकेपछि डाक्टरहरुले के इलाज गर्ने, दाशको कथन छ ।
हाल प्रतिष्ठानमा निर्माण
भइरहेको चार सय ५० शैय्याको मुलुककै पहिलो मातृ तथा बाल स्वस्थ्य केन्द्रको भवन अब २ सय करोडको लगानीमा आगामी तीन बर्ष भित्रमा पूरा हुादैछ । यसका लागि स्रोत जुटाउन उपकुलपति दाशले धेरै नै मेहनत गरेको देखिन्छ । यस प्रकारको अस्पताल भारतमा समेत हाल सम्म छैन । यसको अलावा दुईसय वेडको अंकुलोजी (क्यान्सर सेन्टर) र दुई सय वेडको कार्डियोलोजी सेन्टरको काम समेत चााडै नै शुरु हुादैछ । आफ्नो कार्यकाल समाप्त हुनु भन्दा अगाडि प्रतिष्ठनलाई पूर्ण आत्मनिर्भर बनाउने तर्फ प्रा.डा. दाश लाग्नुभएको देखिन्छ । आफ्ना कार्यकालमा पूरा नभएपनि भोलि आउनेहरुलाई सहज अवस्य हुने छ, मैले त शुरुवात
गरिदिएको छु, उहााले भन्नुभयो । यो संस्थालाई चाहिने अर्को कुरा ट्रमा सेन्टर पनि हो । सबै भौतिक संरचना बनेपछि त्यसमा जनशक्ति पनि बढ्छ । बढ्दो जनशक्तिलाई आवश्यक पर्ने खर्च, क्वाटर, इक्युपमेन्टहरु कहााबाट उपलब्ध गराउने भन्ने जिज्ञासामा उपकुलपति दाश भन्नुहुन्छ, त्यो समस्यालाई कसरी व्यवस्थापन गर्ने त्यो एउटा चुनौति हुन सक्छ । भोलि आउने नेतृत्वले यस सम्बन्धमा गहन रुपमा सोच्नुपर्छ । अहिले हस्पिटलमा पर्याप्त इक्युपमेन्ट नभएको ले विरामीले बाहिर जानुपर्ने अवस्था छ भन्ने गुनासो बढी रहेको भन्ने हाम्रो अर्को जिज्ञासामा उहााले भन्नुभयो, पहिला
सरकारबाटै केही इक्युपमेन्ट आएको थियो तर त्यो अब अपुग भएको छ । एमआरआई, सिटिस्क्यान सरकारले दिन्छु भनेको छ । तर यसमा हाम्रो केही कमजोरी अवस्यै रहयो। यसमा विभागको पनि कमजोरी
छ । यसमा एउटा योजना हुन्छ । योजना तथा प्लान गर्ने काम विभागको हो ।
यसरी जाउा, यो गरौा भन्नुुपर्यो । हामीले चाहना गर्यौ भने स्रोत साधनको कमी हुादैन । अहिलेको सबैभन्दा ठूलो समस्या अनुशासनको हो । आगामी उपकुलपतिको लागि दौडधूप शुरु भएको भन्ने फरक प्रसंगामा उहााले भन्नुभयो, खै मलाई थाहा छैन । आफू दौडधूप गर्ने पक्षमा नरहेको समेत उहााले प्रष्ट्याउनु भयो । आफूले प्रतिष्ठानका लागि गरेको योगदानको मुल्यांकन गरेर फेरि जिम्मेवारी दिएमा आफ्नो एउटै शर्त हुन्छ टिम आफू अनुकूल बनाएर काम गर्न पाउनुपर्छ ।
