माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त भएपछि उत्तर र दक्षिणतर्फका छिमेकीसागको सम्बनधलाई थप प्रगाढ बन्ने देखिएको छ ।
उत्तरी छिमेकको दूतका रुपमा प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधान तथा अर्थ मन्त्री कृष्णबहादुर मोहरालाई पठाउनु भएको थियो भने दक्षिण तर्फ उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई पठाउनु भएको थियो ।
पूर्व प्रधानमन्त्री केपी ओलीको छुद्र वाणीका कारण नेपालको भारतसागको सम्बन्धमा केही खटपट्टि देखिएको थियो । तर उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिको गत शुक्रबारबाट भएको भारत भ्रमणले दुइ देशबीचको सम्बन्धमा प्रगााढता थपेको छ । नीधिले भारतीय विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजानाथ सिंह, राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदीसाग उच्चस्तरीय भेटघाट गर्नुभएको थियो ।
उपप्रधान तथा गृहमन्त्री निधिको भ्रमणलाई भरतले उच्च महत्व समेत दिएको छ । केपी ओलीको पालामा नेपालका
राष्ट्रपति विद्यादेी भण्डारीको भारत भमणको निधो भइसकेको अवस्थामा भारतलाई कुनै जनकारी नै नदिई एकतर्फी रुपमा भ्रमण रद्ध गरेपछि भारतले केही असहजता महसुस गरेको थियो । आफूबाट भएका गल्ति र कमजोी ढाकछोप गर्न ओलीले बारम्बार परराष्ट्रमन्त्री कमल थापालाई भरत भ्रमणमा पठाए तापनि त्यसबाट कुनै उपलब्ी हाासिल हुन सकेको थिएन । हाल नीधिको भ्रमणले दुईदेशबीचको सम्बन्धलाई पूर्ववत अवस्थामा फर्काउने देखिएको छ ।
यद्यपि, नेपाल र भारतबीचको सम्बन्ध दुई सरकारबीचमा मात्र कधेही असमजस्यता देखिएको हो । दुई देशका सहिष्णुता, आपसी सद्भाव, ऐतिहासिकता, सास्कृति, रहनसहन, जीवनशैली आदि समानतलोजनस्तरका सम्बन्धमा कहिल्यै खलल पुगेन । तर केपी ओलीजस्ता प्रधानमन्त्रीको संकीणता, राजनैतिक सोच, क्षणिकवाहवहीले यदाकदा नेपालक नेताहरुको कुटनीति अत्यन्तै कमजेर भएकोले पनि यस्तो अवस्था आएको हो । शनिवार उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसाग भेटघाट गर्नुहुादा मोदीले नेपालमा विकासका परियोजनाहरुलाई अगाडि बढाउन सक्दो सहयोग गर्ने, अवरुद्ध भएका राजनैतिक प्रक्रियालाई संधिन संसोधनमार्फत समाधान गर्नुपनेै, हाल गठन भएको सरकारले जस्तोसुकै सहयोग गर्न आफू तयार भएको बताउनुभएको थियो ।
भारत नेपालके सबैभन्दा निकट भएर मात्र होइन भूगोल, धर्म, सास्कृति, आदिक कारण पनि अत्यन्तै निकट रहेको छ । भारतको नेपालमा संसारका अन्य देशहरुको भन्दा ज्यादा लगानी रहेको छ । सन् १९५१ यता भारतले नेपालमा खरबौ सहयोग गरिसकेको छ । ५ सय ८८ वटासाना ठूला परियोजनाहरु भारतको लगानीमा सम्पन्न भइसकेका छन् भने ५ सय ७० वटा परियोजनाहरु सम्पन्न हुने क्रममा रहेका छन् । जलस्रोत अर्थात हाइड्रोपावर, खानेपानी, सडक, विद्यालय, स्वास्थ्य, पुलपुलेसा, साास्कृतिक भवन निर्माण लगायतमा भारतको लगानी रहादै आएको छ । विशेष दूतका रुपमा रहनु भएका निधिले प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा भरतको उच्च पदस्थ राष्ट्रपति, प्रधानमन्त्रीलाई नेपाल भ्रमणका लागि दिनुभएको निम्ता समेत हस्तान्तरण गर्नुभएको थियो ।
