नानीभन्दा आाची ठूलो

धरान/नेपालीमा एउटा उखान छ नानीभनदा आाची ठूलो । यो उखान यतिबेला नेपालका सांसदहरुमा ठ्याक्कै मेल खाएको
छ । झण्डै तीन करोड जनसंख्या भएको नेपालमा ५० लाख रोजगार, स्थायी बसोबासका लागि बाहिरी देश पलायन भइसकेका छन् । बााकी रहेको दुई करोड ५० लाख जनसंख्यामा पनि ६ सय १ सांसद छन् ।
देशको आकार र जनसंख्याको हिसाबले ६ सय १ सांसद संसारका विकसित मुलुकको दाजोमा सबैभन्दा बढी हो । नेपाली जनताले गाास काटेर तिरेको राज्यको ढुकुटीबाट बेकामे ६ सय १ सासदलाई पाल्नु परेको तीतो यथार्थ कमैलाइ थाहा होला । भारतमा १ अर्ब २५ करोड जनसंख्या र क्षेत्रफल नेपाल भन्दा २२ गुणा ठूलो हुादा समेत ५ सय ४५ जना मात्र सांसद छन् । अमेरिकामा ३२ करोड जनसंख्या छ तर ४ सय ३५ जना मात्र छन् ।
यसैगरी इन्डोनेसियामा २५
करोड जनसंख्यामा ५५० जना सांसद छन्, ब्राजिलमा २० करोड जनसंख्यामा सांसदको संख्या ५१३, पाकिस्तानमा १९ करोड जनसंख्यामा सांसदको संख्या २ सय ७२, नाइजेरियामा १७ करोड जनसंख्यामा ३ सय ६०, बंगलादेशमा १६ करोड जनसंीख्यामा ३ सय ३०, जापानमा १४ करोड जनसंख्यामा ४ सय ८०, रुसमा १३ करोड जनसंख्यामा ४ सय ५० सांसद र मेक्सिकोमा ११ करोड जनसंख्यामा ५ सय सांसद छन् ।

तपाईको प्रतिक्रिया