एक मिनेटको ढिलाइले गुम्यो डेढ करोडको चिठ्ठा

भनिन्छ समय भन्दा पहिले र भाग्य भन्दा धेरै कसैलाई केहीपनि प्राप्त हुन सक्दैन । तर समय भन्दा पछि परियो भने पनि खाली हात भइने रहेछ भन्ने ठूलै सबूत प्राप्त भएको छ ।
भारतको कर्नाटकमा हालै भएको एउटा घटनाले एक मिनेट समय घर्किदा समेत कसरी हातमा आइसकेको ठूलो
रकम फुस्किने रहेछ भन्ने देखाउादछ ।
ती मानिसलाई मात्र एक मिनेटको ढिलाइले हातमा आइसकेको एक करोड भारु गुमेको छ ।
ज्योति चन्ऽन नामका ती व्यक्तिले अनलाइन चिट्ठा टिकट खरीद गर्नमा केवल एक मिनेट ढिलाई गर्दा ठूलो मूल्य चुकाउनुपर्‍यो ।
भारतको राष्ट्रिय उपभोक्ता विवाद निवारण आयोगले अन्तत: जी टेलिफिल्म्सको महा लोट्टो शो २००३ अन्तरगत एक करोड भारुको चिट्ठाका विजेता दाबी गर्ने चन्ऽनको मागदाबीलाई खारेज गरिदिएको छ । आफुले चिट्ठामा जितेको रकम आफुलाई टेलिफिल्म कम्पनीले नदिएको भन्दै उनले मुद्धा हालेका थिए ।
आयोगका अध्यक्ष अजित भरिहोकको अध्यक्षताको इजलासले फैसला गरेको छ की चन्ऽनले लाइभ शो सकिएको एक मिनेटपछि मात्र टिकट खरीद गरेका थिए ।
उनले राति ९ बजेर १७ मिनेटमा टिकट खरीद गरेको देखिन्छ । जबकी लोटरी ड्र को परिणाम जी टिभीमा ६ जनवरी २००३ को राति ९ बजेर १२ देखि ९ बजेर १६ मिनेटको बीचमा लाइभ घोषणा गरिएको थियो ।
गलत फाइदा उठाउन र मोटो रकम हात पार्नका लागि लाइभ शो मा विजेता घोषणा गरिएको नम्बर नै शो सकिएको १ मिनेटपछि चन्ऽनले खरीद गरेको ठहर आयोगको छ ।

तपाईको प्रतिक्रिया