मौसम परिवर्तनसागै भाइरल ज्वरोको विरामी बढे

धरान/केहीदिनयता धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भाइरल ज्वरोका विरामी ह्वात्तै बढेको छ ।
मौसम परिवर्तनसंगै बर्षादको समयमा बढी देखिने यो भाइरलको समस्याबाट आउने विरामीहरुको चाप ह्वात्तै बढेको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ ।
अहिले उपचारमा आउने विरामीमध्ये ५० प्रतिशत भाइरलको ज्वरो भएर उपचारका लागि आउने गरेको विल काउन्टरका कर्मचारी धर्मेन्द्र राजवंशीले जानकारी
दिनुभयो ।
उहााले विरामी भएर बिल काट्ने मध्ये ५० प्रतिशत भाइरल ज्वरोकै लागि आउने गरेको बताउनुभयो ।
खासगरी बर्षादको समयमा बर्षाद्संगै आएको बाढी पहिरोको कारण दुषित पानी पिउनुपर्ने वाध्यताका कारण यस्ता विरामीहरु बढेको चिकित्सरुले बताएका छन । अहिले भाइरल ज्वरोकै कारण प्रतिष्ठानको आकष्मिक कक्ष, मेडिसिन विभाग गरी दैनिक ४० जना भाइरल ज्वरोको विरामी आउने गरेको प्रतिष्ठानको रेकर्डमा उल्लेख छ । प्रतिष्ठानको आकषिक कक्षलाई मात्र हेर्ने हो भने सरदर दैनिक १८ जनाको दरले यस्ता विरामी आउने गरेको प्रतिष्ठानको आकष्मिक कक्षमा भएको रेकर्डले देखाएको छ । तीनदिनको रेकर्ड हेर्दा प्रतिष्ठानको आकष्मिक कक्षमा साउन २४ गते १८ जना, साउन २५गते ११ जना र साउन २६गते १३ जना भाइरलकै कारण सिकिस्त भएर उपचारका लागि ल्याइएको पाइएको छ । यस्तै प्रतिष्ठानको जिओपिडी र मेडिसिन विभागमा दैनिक २३ जना भाइरलको प्रकोपका कारण उपचारमा आउने गरेको
रेकर्डमा उल्लेख छ ।
बर्षादको समयमा सबैभन्दा बढी
भाइरलको प्रकोप देखिने गरेको चिकित्सकहरुले बताएका छन् । प्रतिष्ठानको मेडिसिन विभागका चिकित्सक डा. पर्मेन्द्र प्रसाद गुप्ताले अहिले प्रतिष्ठानमा आउने विरामीमध्ये ६०देखि ७० प्रतिशतसम्म भाइरल प्रकोपबाटै ग्रस्त भएका विरामीहरु आउने गरेको बताउनुभयो , बर्षादको समयमा पानीको सुद्धिकरण नगरी दुषित पानी नपिएकै कारण यो रोगको संक्रमण हुने गरेको बताउनुभयो ।
ज्वरो अत्याधिक आउने, टाउको दुख्ने, शरीरका आाख्ला दुख्ने, कमजोरी हुने, रिंंगटा लाग्ने र कसैकैलाई वान्ता हुने, घाटी खस खस गर्ने, खोकी लाग्ने समस्या भाइरल प्रकोपका विरामीको लक्ष्मण भएको डा. गुप्ताको भनाई छ । उहाले यो रोग्नबाट बच्नका लागि उमालेको पानी खानु उत्तम भएको बताउदै लागिसकेका विरामीहरुले झोल पदार्थ प्रशस्त खानुका साथै घाम, पानीबाट बच्नुपर्ने उहाले सुझाव दिनुभयो ।
विरामीहरुले समेत घरमै बसेर अनेक औषधि गर्दा समेत निको नभएपछि बाध्य भएर प्रतिष्ठानमा उपचारका लागि आएको बताएका छन् । उनीहरुले समेत यो रोग लागेपछि ज्वरो आउने, वान्ता हुने, टाउको दुख्ने, घाटी दुख्ने खोकी लाग्ने लगायतका समस्या देखिएको बताएका छन् ।
उनीहरुले भाइरल ज्वरोलाई सामान्य रोगको रुपमा नलिएर समयमै नजिकको स्वास्थ्य चौकी अथवा अस्पतालहरुमा चेक गरी औषधी खान सुझाएका छन् । धेरैजसो भाइरल ज्वरोका विरामीहरु सामान्य रोग भन्दै घरमै जथाभावि औषधि किनेर
खानेगरेकाले स्वास्थ्यमा सुधारको साटो अझै स्वास्थ्य विग्रिएर गएको पाइएकोले
सर्वसाधारणको भाइरल ज्वरोको बारेमा सचेतना कार्यक्रम गर्न आवश्यक भएको उपचारमा आएका विरामीहरुको सुझाव
छ ।
त्र

तपाईको प्रतिक्रिया