भारतको ७० औं स्वतन्त्रता दिवस

विश्व शक्ति सम्पन्न राष्ट्रको रुपमा अगाडि बढिरहेको नेपालको निकट छिमेकी मुलुक भारत आज आफ्नो स्वतन्त्रताको ७० औं बर्षगााठ भव्यताका रुपमा मनाउदै छ ।
विकासको चरमोत्कषको यात्रा गरिरहेको भारतले आÏना नजिकका छिमेकी मुलुकहरुसमेत शान्त, समृद्ध र वैभवशाली बन्नुपर्छ भन्ने मान्यता राख्दै आएको छ । उसले आÏना छिमेकीहरुप्रति यस्तो सदसयता राखे तापनि नेपालको पछिल्लो राजनैतिक नेतृत्वले दुईदेशबीचको सम्बन्धमा कटुता सिर्जना गर्ने कामले केन्दीय तहमा केही असजता र दिग्भ्रम पैदा गरेको छ ।
खासगरी सत्ता परिवर्तनको खेलसागै हरेक पटक भारतको नाम उच्चारण गर्ने नेपालको राजनैतिक तहबाट भ्रमको खेति मौलाउादै आएको छ । नेपाली काग्रेसका केन्द्रीय सदस्य एवम
राजनीतिक विश्लेषक प्रदीप गिरीको शब्द सापटी लिनुपर्दा वर्तमान सन्दर्भमा उचित हुन्छ । गिरी भन्नुहुन्छ–नेपालका राजनैतिक दलहरु सरकार बनाउादा दलहरुबीचकै सहमति र सहकार्यमा बनाएका भन्छन् तर हट्नुपर्दा दक्षिण अर्थात भारतले चलखेल गर्‍यो भन्छन्, यो नेपाली राजनीतिको दुर्भाग्यपूर्ण अवस्था हो ।
एमाले अध्यक्ष खड्गप्रसाद ओलीले आफू सत्ताबाट हाट्नुमा भारतको हात रहेको, वर्तमान सरकार रिमोट कन्ट्रोलबाट सञ्चालन भएको आरोप लगाए । उनी जति दिन सत्तामा बसे नेपाल र
भारतबीचको सम्बन्ध कटुतामात्र पैदा गरे । हुन त एमाले मात्र हैन नेपालका हरेक बामपन्थी नेताहरुले एउटा कुराचाहिा के बुझेका छन् भने भारतलाई विस्तारवादी भनेर सक्दो गाली गर्दा ऊ
राष्ट्रवादी हुन्छ । वामपन्थीहरुको यही विडम्बनापूर्ण सोचका कारण यदाकदा नेपालको सम्बन्ध भारतसाग चिसिन पुग्छ । यतिमात्र हैन केन्द्रीय स्तरमा बामपन्थी नेताहरुले जे कुरा भन्छन् त्यसलाई तल्लो स्तरका वामपन्थी नेता कार्यकर्ताहरु हुबहु शिरोधार्य गर्छन् । यो गलत सोच र परम्परा हो । आज समृद्धिको उत्कर्षतिर लम्किरहेको भारतबाट नेपालले धेरै कुराबाट फाइदा लिन सक्छ । जल विधुतमा लगानी, सडक सञ्जाल, रेलमार्ग, औद्योगिकरण, शिक्षा, स्वस्थ्य हरेक क्षेत्रमा सघाउन र हरेक क्षेत्रमा लगानी गर्न भारत इच्छुक
छ । आज नेपालमा सञ्चालित अधिकांश आयोजनाहरु भारतीय लगानीकै हुन् । तर त्यही भारतलाई चिढ्याउने काम नेपाली वामपन्थीहरुले गरिरहेका छन ।
नेपाल जस्तो अल्प विकसित मुलुकले शक्ति सम्पन्न छिमेकी मुलुकसाग कटुतापूर्ण सम्बन्ध राखेर हैन उनीहरुलाई विश्वासमा लिएर मुलुक समृद्ध बनाउनेतर्फ अगाडि बढ्नुपर्छ । चाइनाको कार्ड खेलेर भारतलाई चिढ्याउने, भारतको कार्ड खेलेर चाइनालाइ चिढ्याउने काम बन्द गर्नुपर्छ । देशमा भएको चरम अराजक गतिविधिलाई समाधान गर्न नसक्ने, युवाहरुको पलायनलाई रोक्न रोजगारको अवसर सिर्जना गर्न नसक्ने, भएका स्रोत साधनको समुचित व्यवस्थापन गर्न नसक्ने अनि खोक्रो राष्ट्रवादको खोल ओढेर छिमेकीलाई गाली गर्ने, मानमर्दन गर्ने कामले मुलकुलाई समृद्धितर्फ लैजान सक्दैन । कमसेकम यति कुराको चेतना नेपालका नेतृत्व वर्गमा भएमा देशले छोटो समयमा ठूलो फड्को मार्ने थियो । जे होस् भारतले आज ७० औं स्वतन्त्रता दिवस भारतमात्र हैन
संसारभरि छरिएर रहेका आफ्ना कुटनीतिक नियोगहरुमा समेत भव्यताकासाथ मनाउदै छ ।

तपाईको प्रतिक्रिया