राजधानी/नेपाल भारत बीचको सम्बन्धलाई थप प्रगाढ र मजबुत बनाउने उद्देश्यले सन् १९९१ डिसेम्बरमा स्थापित वीपी कोइराला भारत नेपाल फाउन्डेशनले आफ्नो सूचना जर्नल सार्वजनिक गरेको छ ।
दुई देशबीचको संस्कृति,
परम्परा, साहित्य लगायतका कुराहरुलाई साटासाट तथा आदान प्रदान गर्ने उद्देश्यले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद
कोइरालाको भारत भ्रमणताका भारतीय राजदुतावास मातहत रहने गरी प्रतिष्ठानको गठन भएको थियो ।
भारतीय राजदुत रन्जित रेले फाउन्डेशनको वेभसाइड अर्थात सूचना जर्नल एक औपचारिक कार्यक्रमको बीचमा गत शुक्रबार शुभारम्भ गर्नुभएको हो । अब बीपी कोइराला भारत नेपाल फाउन्डेशनले आयोजना गरेका हरेक कार्यक्रम, फाउन्डेशनको उद्देश्य धधध।दउपा।यचन।लउ मा हेर्न सकिने भएको छ । सो अवसरमा भारतीय
राजदुत रन्जित रेले दुतावासद्वारा हरेक दुई महिनामा प्रकाशित हुने इन्फर्मेशन जर्नलको समेत विमोचन गर्नुभएको थियो । हरेक दुई महिनामा प्रकाशित हुने जर्नलमा भारतीय दुतावासले सञ्चालन गर्ने र गरेका विकास निर्माण लगायतका हरेक गतिविधिहरु समावेश गरिने भएको छ । कार्यक्रममा राजुत रायले फाउन्डेशनले नेपाल भारतको सम्बन्धमा विद्यमान अधिकांश भ्रमहरु चिर्ने बताउनुभएको थियो । फाउन्डेशनले द्विपक्षीय सम्बन्ध प्रवद्र्धनको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने मत विश्वास व्यक्त गर्नुभएको थियो ।
