रहनु भएन भू–विक्रम नेम्बाङ्ग

धुलाबारी/नेपालको प्रजातान्त्रिक आन्दोलनका पूर्वी नायक भु–किम नेम्बाङ्गको ८० बर्षको उमेरमा आइतबार झापाको धुलाबारीस्थित निवासमा निधन भएको छ ।
फोक्सो, मृगौला र मुटुका विरामी स्वर्गीय नेम्बाङ्गको सोमबार स्थानीय निन्दा नदीमा अन्त्येष्टी गरिएको छ । नेम्बाङ्गको निधनको खबरसागै उहाालाई अन्तिम श्रद्धाञ्जलीका लागि पूर्वाञ्चलका विभिन्न जिल्लाहरुबाट नेपाली कााग्रेसका पुराना इमान्दार कार्यकर्ताहरु उहााको निवासमा पुगेका थिए ।
आजीवन पार्टीप्रति वफादार भएका नेम्बाङ्गले २०१७ सालमा वीपी कोइरालाको निर्वाचित सरकार अपदस्थ भएपछि तत्कालीन शासकका विरुद्धमा हतियार उठाउनु भएको थियो । पााचथरको पौवासारतापमा जन्मनु भएका नेम्बाङ्ग बाल्यकालदेखि नै विदोही स्वभावको हुनुहुन्थ्यो । वि.सं. २०१२ सालमा इलाम आदर्श हाइस्कुलमा पढ्दा व्यवस्थापनसाग असमझदारी भएर आन्दोलन गर्दा उहाालाई पक्राउ गरी तत्कालीन क्षेत्रीय कारागार धनकुटा चलान गरिएको थियो । यसपछि उहाामा विद्रोहको भावना अझ झाागियो । बीपी कोइरालालाई आदर्श नेता मान्नुहुने नेम्बाङ्गले आजीवन पार्टीकै लागि काम गर्नुभयो । उहााले घर
परिवारप्रति कहिल्यै वास्ता गर्नुभएन । उहाा सदैव स्वतन्त्र भएरै हिड्नुभयो ।
वि.सं. २०४६ सालको जन आन्दोलन पश्चात नेपालको राजनीतिमा गिरिजाप्रसाद कोइराला शक्तिमा उदाएपछि उहाामा नैराश्यता छाउन थालेको थियो । पारिवारिक, चाकडी, नातावादको घेराबाट माथि उठ्न नसकेका गिरिजप्रसाद कोइरालाप्रति उहाामा मोह नभएकै कारण विस्तारै नेपाली कााग्रेसको सक्रिय राजनीतिबाट उहाा अलग हुनुभयो । आÏनो दैनिकी उहााले खेतिपातिमै व्यथित गर्न थाल्नुभयो । बीपी पश्चात उहााको सबैभन्दा बढी उठबस कृष्णप्रसाद भट्टराई, गणेशमानसिंह सागै रहयो । नेपाली काागेसको केन्द्रीय सदस्य र सह महामन्त्री समेत बन्नु भएका नेम्बाङ्गले कहिल्यै सत्तामा पुग्ने चाहना प्रकट गर्नुभएन । धुलाबारीका नेपाली कााग्रेसका पुराना कार्यकर्ता याम भण्डारी भन्नुहुन्छ, भुविक्रम नेम्बाङ्ग सबैका आदरणीय हुनुहुन्थ्यो । वि.सं. २०१८साल पश्चात सुवर्ण शमशेरको आवहानमा भएको प्रजातन्त्र पुन स्थापनाको सशस्त्र क्रान्तिमा नेम्बाङ्गको महत्वपूर्ण योगदान थियो । खासगरी हातहतियारको जोहो गर्ने, त्यसलाई गोप्य रुपमा रातारात कसरी पूर्वी नेपालका विभिन्न स्थानमा सुरक्षित ढंगले पुर्‍याउने काममा उहाा सक्रिय
रहनु भएको थियो । यस कार्यका लागि उहाालाई हालको ताप्लेजुङ्गका सांसद सूर्यमान गुरुङ्ग, इलामका केवी भट्टराई, झापाका सिके प्रसाई, पााचथरका मच्छेन्द्र केरुङ्ग, दिवान दोर्जे थिंकले सघाउनु भएको थियो ।

तपाईको प्रतिक्रिया