इटहरी/संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिकालाई कमजोर बनाउन केही सीमित व्यक्तिहरुले नानाथरिका अवफाव फैलाए तापनि अख्तियारप्रतिको विश्वासमा कुनै कमी नआएको पूर्वाञ्चलका १२ वटा जिल्ला हेर्ने जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा परेका उजुरीले प्रमाणित गरेको छ ।
आयोगको इटहरीस्थित कार्यालयमा असार मसान्त सम्ममा १ हजार ८ सय २५ उजुरी परेका छन । आयोग प्रमुख रविन्द्र शर्माका अनुसार १ हजार ८ सय २५ उजुरीमध्ये ८ सय ५१ उजुरी अघिल्लो बर्षबाट जिम्मेवारी
सरेको हो भने ९ सय ७४ असार मसान्तसम्मका उजुरी हुन् । परेका
उजुरीमध्ये अधिकांश प्रमाण अभावमा तामेलीमा राख्ने, अनुसन्धान गर्ने र
किनारा लगाउने काम भएको शर्माको कथन छ ।
ेकेही बर्ष यता भ्रष्टाचार जन्य गतिविधि अचाक्ली बढेको, राज्यले
नागरिकलाई दिएका सुविधामा समेत रकम नदिई कामै नहुने गरेको, भ्रष्टाचारीलाई कारबाही भन्दा पनि उन्मुक्ति दिने गरेको भन्ने जिज्ञासामा आयोग प्रमुख शर्मा भन्नुहुन्छ दुईजनाको विचको इन्ट्ेरष्ट मिल्दा सम्म त्यो कुरा बाहिर आउादैन । जब मिल्दैन रिसिइवी सााध्ने ढंगले एकथरिले आयोगमा उजुरी गर्छन् । अख्तियारले पूर्वका विभिन्न ठाउामा कर्मचारी र सेवाग्राहीहरुलाई राखेर भ्रष्टाचार सम्बन्धी अन्तरक्रिया, गोष्ठीहरुको आयोजना गर्दै आएको प्रमुख शर्माले बताउनुभयो । कसैबाट उजुरी परेपछि मात्र अख्तियारले छानबिन गर्छ ? भन्ने अर्को जिज्ञासामा प्रमुख शर्मा भन्नुहुन्छ त्यो सत्य होइन । भ्रष्टाचार हुने सरकारी कार्यालयमा अख्तियारको टोलीले गोप्य निगरानी गरिरहेको हुन्छ । लिखित उजुरीमात्र नभएर कसैले मौखिक सूचना दिादा पनि अख्तियार टोली पुगेर कारबाही गरेको दृष्ष्टान्त उहाले दिनुभयो ।
घुस लिादै गरेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला शिक्षा कार्यालय सप्तरीका सुब्बा जगदिश कुस्यौतलाई अख्तियारको टोलीले केही समय अगाडि पक्राउ गर्यो । उनले सेवाग्राहीबाट रु १ लाख घुस लिदै गर्दा रकम सहित प्रक्राउ गरिएको प्रमुख शर्माले बताउनु भयो। मोरङ्गका एक उच्च माविका प्राद्यानाध्यापकलाई ६५ हजार सहित, भुटानी शरणार्थी तथ्यांक अधिकृतलाई १ लाख, विराटनगर उपमहानरपालिका सहरी विकासका इन्जिनियरलाई पनि घुस लिादालिादै प्रक्राउ गरिएको थियो । उहााले भन्नुभयो भर्खरैमात्र पनि एक जना ठेकेदार आएर फलानो कार्यालयले रकम भुक्तानी दिादैन, यति रकम चाहिन्छ भनेर सुनाए । विल ल्याउनुस् भन्दा ती ठेकेदारले दिन चाहेनन् । तिनले भने अहिले तपाईहरु असुली गरिदिनुहुन्छ भोलि मैले त्यही काम गर्नुपर्छ भन्दै विल लिएर गए ।
पछिल्ला केही दिन यता अख्तियारप्रति असन्तुष्टि पोख्दै सञ्चारमाध्यममा नानाथरि लेखिएकोप्रति जिज्ञासा राख्दा उहााले भन्नुभयो । राज्यको सम्पत्ति दोहन गरेर नव धनाढय बनेका, वैदेशिक सहायता दुरुपयोग गरेर बसेका, एनजिओ आइएनजिओ सञ्चालकहरु, मेडिकल तथा अन्य क्षेत्रका माफियाहरुले अख्तियारका काम कारबाहीप्रति विरोध गरेका हुन् । गलत ढंगले खाने हेतुले मात्र विदेशीले दिने त्यस्ता रकम अख्तियारकै कारण
रोकिन अवस्था उत्पन्न भएपछि उनीहरुले अख्तियारको विरोध गरेका हुन् । अख्तियार दुरुपयोग अनुन्धान आयोगले यहााबाट हालसम्म कतिजनालाई कारबाही, विगो बराबरको असुल उपर गर्यो त भन्ने हाम्रो जिज्ञासामा उहााले भन्नुभयो हामीले प्रमाणसहित अनुसन्धान गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा पठाउाछौं । केन्द्रले विशेष अदालतमा मुद्दा दायर गर्छ, त्यसमा अभियोजन पक्षलाई जानकारी हुादैन । त्यसको जानकारी सरकारी वकिललाई मात्र हुन्छ । कतिपयले सजाय पाउाछन् कतिपय प्रमाण अपुग भएका भन्दै छुट्छन् । फेरि सफाई पाउने र दोषी दुवैले पुनरावेदन समेत गर्न पाउाछन् ।
