डा. केसीबाट अब शासकहरुले सिक्नुपर्‍यो

आम सर्वसाधारण नेपालीले स्वास्थ्यमा सहज पहुाच पाउनुपर्छ, मेडिकल शिक्षामा विकृति फैल्याउनेहरुलाई कारबाही गर्नुपर्छ लगायतका माग राखी आठौ पटकसम्म अनसन बसेका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पालका बरिष्ठ चकित्सक तथा हाडजोर्नी विशेषज्ञ प्रा.डा. गाविन्द केसीबाट यहााका शासकहरुले अब सिक्नुपर्ने भएको छ ।
राज्यको समेत उपस्थिति नभएको स्थानमा पुगेर गोविन्द कसेीले जसरी सर्वसाधारणको उपचार गरिरहेका छन् त्यले यहााका शासकहरुलाई लज्जाबोध हुनुपर्ने हो । सत्तारोहणमा मात्र केन्द्रित यहााका शासक, राजनीतिक दल, तिनका विभिन्न नामका भातृ सगठनका कार्यकर्ताहरुकै कारण मुलुकमा विकृतिको चाङ लागेको
छ ।
यतिबेला डा. गोविन्द केसी सप्तरी जिल्लाको तिलाठी गाविसका बाढीपीडितहरुको उपचारमा अहोरात्र खटिएका छन् कााग्रेस, माओवादी लगायतका साना दलहरु आफना मान्छेलाई कसरी मन्त्री बनाउने भनेर लड्डी गरिरहेका छन् । माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएका यतिका दिन वितिसक्दा पनि जाबो मन्त्री मण्डललाई पूर्णता दिन सकिरहेको छैन । सत्ता साझेदार अन्य दलहरु राम्रा, योग्यता भएका, इमान्दारलाई भन्दा पनि हाम्रा र आÏना मान्छेलाई मन्त्री बनाउन दौडधूप गरिरहेका छन । तर प्रा.डा. गोविन्द केसी एउटा नेपालीलाई दु:ख पर्दा अर्को नेपालीले सहयोग गनुपर्छ भनेर तिलाठीका बाढीपीडितका माझ पुगेका छन् ।
डा. गोविन्द केसीलाई राजनैतिक दलका भ्रष्ट, गतिछाडा, नैतिकहीन, चरित्रपतन भएका नेताहरुलाई झै सत्ता चाहिएको छैन । तर राजनैतिक आडमा आफ्नो क्षेत्रमा अर्थात मेडिकल क्षेत्रमा भएका विकृतिका विरुद्धमा उनले नैतिक आन्दोलन गर्दै आएका छन् । हिजो उनले राज्यलाई दबाब दिन नैतिक आन्दोलन गर्दा उनका विरुद्धमा सडकमा उत्रिएका मेडिकल माफियाहरु वास्तवमा सही जिए भने किन सप्तरीको तिलाठी पुगेनन् ? किन स्वास्थ्य मन्त्रालयमा सचिव, आफूलाई जिम्मेवार राजनैतिक दल बताउन समेत किन तिलाठी गएनन् । बाढीपीडित बस्तीमा झाडा पखाला, हैजा तथा अन्य संक्रमण देखिन सक्छ । समयमै यसको नियन्त्रण गर्नुपर्छ भन्ने चिन्ता किन गोविन्द केसीमा मात्र देखियो ? आफूले काम गरेवापत पाएको
पारिश्रमिकबाट औषधि खरिद गरेर, केही स्थानीय सहयोगीहरुको सहयोगबाट उनले यतिबेला तिलाठीका बाढीपीडित विरामीहरुको उपचार गरिरहेका छन् ।
डा. केसी विरामीको उपचारमा जुटेपछि तिलाठीका मात्र नभएर नजिकका अन्य गाविसका स्थानीयहरु समेत यतिबेला उत्साहित भएका छन् । राज्यको स्रोत साधन दोहन गर्नेहरु राजधानीमै मस्ती गरिरहेका छन् भन्दै एक प्रकारले उनीहरुले आक्रोस समेत पोखिरहेका छन् ।
राजनीतिक दलहरु आÏनो ठाउामा इमान्दार भइदिएको भए आज मुलुकको कायापलट भइसक्ने थियो । हरेक क्षेत्रमा राज्यका संयन्त्र यतिबेला बेकामे, नालयक भएका छन् । डा.गोविन्द केसी १४/१५ दिन लामो आसनबाट राम्ररी तंग्रिन नपाई ग्रामीण क्षेत्रमा उपचारार्थ पुग्नु चानचुने कुरा होइन । उनलाई अझ केही दिनको आरामको आवश्यकता थियो । तर उनले आफ्नो स्वास्थ्यको समेत प्रवाह नगरी बाढीग्रस्त क्षेत्रका बासिन्दाहरुको स्वास्थ्यका लागि आफूलाई परिचालित गरे । उनको सेवाभावबाट प्रभावित भएर सप्तरी उद्योग वाणिज्य संघ, चौधरी आाखा अस्पताल लहान लगायत दर्जनभन्दा बढी स्वास्थ्य संस्था र सामाजिक संघ संस्थाले सहयोग पुर्‍याइरहेका छन् ।

तपाईको प्रतिक्रिया