यी सोह्र वर्षे किशोरलाई देख्ने जो कोहीले जिब्रो टोक्छ

प्रकृतिले पनि केही मानिसहरुमाथि यस्तो खेलवाड गरिदिन्छ की उनीहरुको हालत नै देखि नसक्नुको हुन्छ ।
त्यस्ता असामान्य मानिसहरुलाई देख्दा तमाम दुखपीडाले घेरिएपनि जिउ सद्दे भएकोमा आफूलाई दुनियाकै सुखी मानिस ठान्न बाध्य होइन्छ कहिलेकाहीा । भारतका एक १६ वर्षीय किशोर भुपिन्दर सिंहको अवस्था यति भयावह छ की उनलाई देख्ने जो कोही जिब्रो टोक्न बाध्य हुन्छ ।
भुपिन्दर जन्मिादै उनको दाहिने आाखाको छेउामा एउटा ट्युमर थियो । समयसागै त्यो ट्युमर डरलाग्दो गरी बढ्दै गयो र विस्तारै अनुहारलाई नै ढाक्यो । ट्युमरकै कारण उनको दाहिने आाखाको ज्योति पनि गुम्यो ।
चिकित्सा भाषामा यो रोगलाई न्युरोफिब्रोम्याटोसिस भनिन्छ । यो समस्याका कारण भुपिन्दरलाई अहिले खानपिन गर्न तथा आाखाले हेर्न समेत मुस्किल भएको छ । उनलाई घरबाहिर निस्कन पनि गाह्रो भएको छ । उनी स्कुल जानपनि पाउने कुरै
भएन ।
नचिनेका मानिसहरु उनलाई देख्दा डराउाछन् । उनको मुख नै हात्तीको सुाडजस्तै बन्दै गएकाले होला मानिसहरुले उनलाई हात्ती मान्छे पनि भन्छन् ।

तपाईको प्रतिक्रिया