मुलुकले नयाँ प्रधानमन्त्री पाउने

व्यवस्थापिका संसदमा सोमबारबाट बहुमतीय सरकार गठनको प्रक्रिया सुरु भएको छ । नयाा प्रधानमन्त्रीका लागि बुधबार व्यवस्थापिका संसदमा मतदान हुनेछ ।
सहमतीय सरकार गठनको प्रयास असफल भएपछि सोमबार
राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतका आधारमा प्रधानमन्त्री चयन गर्न संसदलाई आहृवान
गरेकी छन् । र, सभामुख ओनसरी घर्तीले बुधबार विहान ११ बजेका लागि चुनावको मिति तोकेकी छन् । र, कुनै उथलपुथल नभए १९ गते प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुने लगभग निश्चित छ ।
यस्तो छ संसदको अंकगणित
व्यवस्थापिका संसदमा हाल ५सय ९५ सांसद छन् । प्रधानमन्त्रीमा निर्वाचित हुन प्रचण्डलाई २ सय ९८ मत आवश्यक पर्छ । र, यो मत सहजै पुग्ने देखिएको छ । प्रचण्डको आफ्नो दल माओवादी संसदको तेस्रो ठूलो दल हो । माओवादीसाग ८१ मत छ । उससाग ८४ सांसद रहेकोमा डा. बाबुराम भट्टराईले संसद सदस्य परित्याग गरिसकेका छन् भने ल्हारक्याल लामा निलम्बनमा छन् ।
माओवादीबाट निर्वाचित सांसद ओनसरी घर्ती हाल सभामुख भएकाले उनले पनि मत दिने छैनन् ।

तपाईको प्रतिक्रिया