धरान/हावादारी राष्ट्रवादीको बिल्ला भिरेका एमाले अध्यक्ष तथा कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यको ढुकुटी दोहोन गरेको अर्थात जाादाजाादै अर्को बद्मासी गरेको रहस्योद्घाटन भएको छ ।
झापाका बालक आदित्य दाहालको नाममा उनका परिवारले खोलेको प्रतिष्ठानलाई एक करोड दिएको कुरा बाहिर आएपछि त्यसको सर्वत्र विरोध भएको थियो । तर अहिलेसम्म गुपचुप नै राखिएको एक करोडको अर्को काण्ड बाहिर आएको छ ।
एमालेका निर्वतमान अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालको नाममा सर्लाहीमा खोलिएको झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रष्ठिानलाई यही असारमा ओलीको ठाडो निर्देशनमा स्वास्थ्य मन्त्रालयबाट १ करोड उपलब्ध
गराइएको छ । प्रतिष्ठानले सर्लाहीमा स्नेक एन्टी भेनस उत्पादन गर्ने भन्दै सोही प्रयोजनका लागि एक करोड उपलब्ध गराइएको हो । सरकारी अस्पताल, स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकीमा समान्य सिटामोल समेत उपलब्ध गराउन नसक्ने ओलीले ज्यूदा एमाले नेताको नाममा एक करोड उपलब्ध गराएर बहादुरी देखाएका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठ प्रतिष्ठानलाई एक करोड दिएको स्वीकार्दै भन्छन्र पतिष्ठानले अध्ययन प्रतिवेदनचाहिा बुझाउन बााकी छ । स्वास्थ्य क्षेत्रका विज्ञहरु भन्छन् भेनस उत्पादन सम्बन्धी नीतिगत व्यवस्था नै नभएको अवस्थामा औषधिको कुनै ज्ञानसम्म नभएको प्रतिष्ठानलाई एक करोड रकम दिनु सरासर गलत हो । यसैगरी दलका मृत्यु भएका र ज्युादाका नाममा धमाधम प्रतिष्ठान खोली रकम वितरण गर्दै जाने हो भने भोलिका दिनमा यसले कस्तो रुप लेला स्वास्थ्य क्षेत्रका एक विज्ञको प्रश्न छ ।
त्र
