इनरुवा/पछिल्लो समय
अन्तर्राष्ट्रिय आतंककारीहरुले संगठन विस्तारका लागि सुनसरीका सीमावर्ती गाउाहरुमा समेत पैसा छरेको आशंका बढेको छ ।
खासगरी सीमावर्ती गाविसहरु रामनगर, भुटाहा, पश्चिम कुसाहा, भोक्राहा, लौकही, हरिनगरा लगायत आधा दर्जन गाविसका स्थानीयमार्फत आतंककारी संगठनहरुले पैसा छरेको सुत्रहरुले जानकारी दिएको हो । केही चल्तापुर्जा स्थानीयहरुको केही अगाडि देखिएको आर्थिक हैसियतमा रातारात आएको परिवर्तन, उनीहरुको हाइफाइ बढेको स्थानीयहरु नै बताउाछन् ।
यसै सम्बन्धमा धरान साप्ताहिकले राष्ट्रिय अनुसन्धान कार्यालय सुनसरीका उप अनुसन्धान अधिकृत नगेन्द्र दाहालसाग सम्पर्क
राख्दा उहााले भन्नुभयो केही व्यक्तिहरुको लिभिङ्ग अफ स्टेन्डर्ड बढेको सत्य हो । यस्तै देखिएको पनि छ । तर त्यसको स्रोत आतंककारी समूहको पैसाबाटै हो भन्ने अवस्था पनि छैन । उप–अनुसन्धान अधिकृत दाहाल भन्नुहुन्छ, उनीहरुको लिभिङ्ग अफ स्टेन्डर्ड बढ्नु, हाइफाइ बढ्नुमा वैदेशिक रोजगारी पनि हुनसक्छ । आजकल एउटै घरमा तीन चार जना वैदेशिक रोजगारीमा जानेहरु समेत छन् । उनीहरुले पठाएको रेमिट्यान्सले पनि लिभिङ्ग स्ट्यान्डर्ड बढेको हुनसक्छ ।
सुनसरीका आधा दर्जन सीमावर्ती गाविसहरुमा नेपाली मुसलमानहरुको बाक्लो उपस्थिति तथा बसोबास रहादै आएको छ । कतिपय टाठाबाठा नेपाली मुसलमानहरुले आÏना नानीहरुलाई उच्च शिक्षाका लागि पाकिस्तान समेत पठाएका छन् । यसैको आधारमा उनीहरुको सम्बन्ध आतंकवादी संगठनसाग हुन्छ भन्ने पनि हैन तर आशंकाचाहिा गर्न सकिन्छ उप–अनुसन्धान अधिकृत दाहाल
भन्नुहुन्छ । उहााका अनुसार केही त्यस्ता आशंकित व्यक्तिहरुमाथि
निगरानीचाहिा बढाइएको छ, उहाा भन्नुहुन्छ हामीसाग भएका स्रोत साधनको समुचित परिचालन गरेर हामीले निगरानी बढाएका छौं । यसै सम्बन्धमा राष्ट्रिय अनुसन्धान क्षेत्रीय कार्यालय धरानका नि.अ.नि. महेन्द्र भट्टराईसाग सम्पर्क राख्दा उहााले टेलिफोनमा यस प्रकारको कुरामा गफै नगर्ने बताउनुभयो । उता जिल्ला
प्रहरी कार्यालय सुनसरीका एसपी
पोषराज पोख्रेलसाग यस सम्बन्धमा जिज्ञासा राख्दा उहााले भन्नुभयो सीमावर्ती गाविसका मानिसहरुको लिभिङ्ग स्टेन्डर्ड बढेको छ । यस
कुरामा दुई मत छैन । तर यसको पछाडि आतंककारीहरुको पैसा नै हो भन्न किटानीका साथ सकिदैन । यस सम्बन्धमा हामीले ठोस सूचना पनि आएको छैन । आजकल सीमवर्ती क्षेत्रमा पनि जग्गाको प्लटिङ्ग गर्ने क्रम बढेको छ त्यसबाट पनि उनीहरुले आर्जन गरेको हुनसक्छ । वैदेशिक रोजगारबाट समेत आर्जन गरेको हुनसक्छ । यसभन्दा महत्वपूर्ण कुराचाहिा के छ भने हिजोका दिनमा जिरो आर्थिक अवस्था भएकाहरुले पनि मधेश आन्दोलनका क्रममा पेट्रोलियम पदार्थको कारोबारबाट ५/१० लाख रुपयाा कमाएका थिए । यद्यपि, हामीले हाम्रो लोकल युनिटदेखि जिल्लाका सबै युनिटहरुलाई परिचालन भने गरेका छौं । सचेत राष्ट्रवादी व्यक्तिहरुले पनि यस विषयमा जानकारी गराउनुहुन्छ भन्ने अपेक्षा राखेका छौं ।
उहाले भन्नुभयो चााडै नै
मदरसाहरुको अनुगमन गर्दै छौं ।
राष्ट्रको लागि संवेदनशील हरेक
नागरिकले यस्ता सवेदनशील कुराको जानकारी प्रहरीलाई दिन पनि उहााले आग्रह गर्नुभयो ।
त्र
