झापा/अन्तर्राष्ट्रिय गुणस्तरमा उत्कृष्ट छवि बनाएको नेपाली अलौचीले अन्तर्राष्ट्रिय ट्रेडमार्क प्राप्त गर्ने प्रक्रियामा रहेका बेला चिनियाा व्यवसायीहरुको गिद्धे दृष्टिका कारण नेपाली अलौचीको अन्तर्राष्ट्रिय बजार नै डाावाडोल हुने अवस्थामा पुगेको छ ।
गुणस्तरीय अलौचीका लागि नेपालको अलौची अन्तर्राष्ट्रिय बजारमा प्रख्यात मानिन्छ तर केही समय यता नेपालको अलौचीमा गुणस्तरहीन चिनियाा अलौची मिसावट गरी भारतीय बजारमा निर्यात हुन थालेपछि इलाम, पााचथर, ताप्लेजुङ्ग, तेह्रथुम, संखुवासभा लगायत जिल्लाका किसान मात्र हैन व्यापारीहरु समेत चिन्तित भएका छन् ।
यतिबेला उत्तरी सीमा नाकाहरुबाट गुणस्तरहीन चिनियाा अलौची आयात गरी नेपाली अलौचीमा मिसाई निर्यात गर्ने गिरोह नै सक्रिय भएका छन् । यस कार्यमा चिनियाा व्यापारीहरुको प्रत्यक्ष संलग्नता भएको स्रोतले जानकारी दिएको छ । नेपाली अलौची व्यवसायी संघका महासचिव निर्मल भट्टराईले भने नेपाली अलौचीलाई बद्नाम गराउन यहाा ठूलो षड्यन्त्र भएको छ । उच्च गुणस्तरको भएकै कारण अन्तर्राष्ट्रिय बजारमा नेपाली अलौचीको उच्च माग समेत रहेको छ ।
गुणस्तरीय भएकै कारण नेपाली अलौचीको मूल्य समेत अन्तर्राष्ट्रिय बजारमा उच्च रहेको छ । तर केही समय यता गुणस्तरहीन चिनियाा अलौची मिसावट गरी नेपाली अलौचीको नाममा निर्यात भएपछि यहााको अलौची माथि नै प्रश्नचिन्ह खडा
गरिदिएको छ, भट्टराईले भने ।
आइतबार झापाको विर्तामोडमा नेपालका अलौची व्यवसायी, किसान र भारतका अलौची खरिदकर्ताहरुको बैठकमा यसै सम्बन्धमा गम्भीर छलफल भएको थियो । छलफलमा अलौची व्यवसायी अनिल ढुंगानाले भने यस्तो घिनलाग्दो कार्यमा कोही संलग्न भएको भेटिएमा त्यस्तालाई कडा कारबाही
गछौं । केही समय अगाडि भारतको दिल्ली पठाइएको नेपाली अलौचीको
बोरामा चिनियाा अलौची फेला परेपछि त्यसलाई भारतीय सञ्चारमाध्यमहरुले प्रमुखताका साथ प्रकाशनमा समेत ल्याएका थिए । महासचिव भट्टराईका अनुसार गुणस्तरहीन चिनियाा अलौची उत्तरी चिनको सीमावर्ती नाकाबाट भित्रिएको पुष्टि समेत भइसकेको छ । चिनियाा अलौची व्यससायीहरुको क्षणिक प्रलोभनमा परी नेपालकै केही व्यवसायी समेत यसमा संलग्न भएका हुन सक्छन् । उनले भने–वैध नाकाहरुबाट चिनियाा अलौची नेपाल भित्रिएको देखिदैन ।
भट्टराईको कथन छ, नेपाली अलौची व्यवसायलाई नामेट गर्ने गम्भीर षड्यन्त्र भइरहेको छ । यस समबन्धमा इलामको पशुपतिनगर भन्सार कार्यालयका प्रमुख प्रकाश पोख्रेलसाग चिनियाा अलैची
भारतको बाटो भएर भित्रिएको छ कि छैन भन्ने सवालमा उनले भने अहिलेसम्म भारतको बाटो भएर अलौची शीर्षकमा यस भन्सारबाट सामान भित्रिएको छैन । उता मेची भन्सार कार्यालय कााकडभिट्टाबाट समेत अलौची शीर्षकमा सामान नेपाल नभित्रिएको कााकडभिट्टा भन्सार प्रमुख भीम अधिकारीले बताउनुभयो ।
