एमालेको नेतृत्वको केपी ओली सरकारले लथालिंग र भताभुंग पारेको नेपालको राजनैतिक अवस्थालाई सही दिशामा ल्याई संविधान कार्यान्वयन गर्नुपर्ने अहिलेको टड्कारो आवश्यकता भएपनि कााग्रेस माअोवादी केन्द्र लगनगााठोमा प्रचण्ड प्रधानमन्त्री नबन्दै कुन देशको भ्रमण पहिला गर्ने भन्ने कुरामा बहस हुनु दुर्भाग्यपूर्ण हो ।
कुनै तिलस्सी नभएमा प्रचण्ड प्रधानमन्त्री हुने निश्चित छ । संसदमा सबैभन्दा ठूलो दल नेपाली कााग्रेसले माओवादीलाई कााधमा बोकेपछि वर्तमान सरकार विदाईको पखाईमा छ । अबका केही दिन भित्रमा प्रचण्ड कााग्रेसको बुई चढेर यो देशको ३९ औ प्रधानमन्त्री बन्दैछन् । प्रचण्ड किन प्रधानमन्त्री बन्दैछन् भन्ने कुराको कसैले गुह्य कुरा खोलेका छन् । स्वयम् प्रचण्डले पनि आÏना एजेन्डाका बारेमा हालम्म बताउन सकेका छैनन् ।
सिंहदरबारको भित्तामा उन्को दास्रो फोटो झुण्डिदैछ । गोडा ९ एक महिना ऐय्यासी गर्ने छन् आÏना निकटकाहरुलाई नियुक्ति, सरुवा, बढुवा गर्नेछन् । मुलुकको समृद्धि र आम नागरिकहरुको हितमा उनले भाषणबाजी मात्र गर्ने छन् । घोषित ९ महिने कार्यकाल प्रचण्डको यसैरी वित्नेछन् । यसको पछिल्लो उदाहरण प्रधानमन्त्री भएपनि पहिला कुन देशको भ्रमण गर्ने भन्ने कुरामा माओवादी केन्द्रको बैठकमा दिनहुाजसो चल्ने बैठकले देखाउन थालेको छ । नयाा सरकारको प्रधानमन्त्रीमा प्रस्तावित दाहालले आफ्नो पहिलो विदेश भ्रमण चीन हुनुपर्ने धारण राख्नुले नयाा सरकार पंगु हुने स्पष्ट भएको छ । ओली नेतृत्वको सरकार रहेका बेला चीसो रहेको भारतसागको सम्बन्धलाई नयाा आयाम दिादै चीनसागको सम्बन्ध अझै प्रगाड बनाउने गरी दहाल गृहकार्यमा जुटेको माओवादी सचिवालयले जनाइसकेको छ ।
चीनले पनि नेपालसागको सम्बन्धमा प्रचण्ड भएपनि, ओली भएपनि कुनै फरक नपर्ने धारण राख्दै आएको छ । उसले नेपालमा सरकार परिवर्तन हुनु आन्तरिक मामला भएको जनाइसकेको छ । ओली सरकार
परिवर्तन हुनुलाई ओली पक्ष एमालेहरुले भारतलाई दोष दिादै सामाजिक सञ्जालमा अपशब्द सम्म प्रयोग गरेका छन् । उनीहरुले एउटा कुरा हेक्का राख्नुपर्ने थियो त्यो के भने संसदीय व्यवस्थामा बहुमतको आधारमा सरकार बन्ने गर्छ । सत्तामा सधैका लागि ओलीलाई टीका लगाएर राखिएको पनि होइन । हिजो ओलीसाग बहुमत थियो आज अर्को पक्षसाग बहुमत जुट्यो । भोलि फेरि अर्के पक्षसाग बहुमत देखिएला । यस्तो अवस्थामा ओलीको सत्ताबाट बाहिरिनु स्वभाविक हो । तर यसैलाई इस्यु बनाएर ओलीका पक्षमा रााडे रुवाई गर्नु लाजमर्दाे कुरा हो , एकातिर संसदीय व्यवस्था मान्छु पनि भन्ने अनि अर्कातिर
जबरजस्ती सत्तामा बसिरहने लालसा देखाउनु, सत्ताबाट हाट्नु परेको पीडा भारतलाई गाली गरेर कथित राष्ट्रवादी बन्ने घृष्टता गर्नु आफैमा सुहाउने विषय होइन । एउटा राष्ट्रप्रमुख भएको नाताले पनि आफ्ना छिमेकीसाग सौहार्दपूर्ण सम्बन्ध स्थापित गर्नु पहिलो प्राथमिकता हो । तर ओलीबाट त्यो काम हुन सकेन । अब प्रचण्ड पनि ओलीपथमै हिाड्ने संकेत देखिन थालेको छ । हिजो सुशिल कोइराला प्रधानमन्त्री छादा भारत र चीन दुवै देशको भ्रमण गरेनन् । उनलाई दुवै देशबाट भ्रमणका लागि निम्ता नआएको पनि होइन । उनलाई भ्रमण गर्न इच्छा नभएर पनि त्यसो गरेका होइनन् । उनको एउटै अर्जुनदृष्टि वा लक्ष्य थियो संविधान सभाबाट सविधान निर्माण । आखिरी उनले बोलेको कुरा पूरा गरी छाडे । अब संविधान निमाण भइसकेको छ त्यसलाई कानुन बनाएर कसरी लागू गर्ने भन्नेतर्फ प्रस्तावित प्रधानमन्त्रीले आÏनो र सहकर्मी दलहरुबीचमा बहस चलाउनुपर्ने हो । तर यो एजेन्डामा प्रचण्ड प्रवेश समेत गरेका छैनन । जसले गर्दा अब बन्ने सरकार ओलीको भन्दा पनि पत्रु हुने देखिएको छ ।
