अनौठो गाउा, जहााका मानिसले सर्पको विष पचाउाछन्, सर्पसागै खेल्छन्

भारतको बिहार राज्यस्थित समस्तीपुर इलाकामा एउटा सिन्धियाघाट नामक गाउाछ रहेको छ । उक्त गाउाका मानिसहरु यतिधेरै बलवान छन् की उनीहरुलाई जस्तोसुकै विषालुु सर्पले डसेपनि फरक पर्दैन ।
सर्पले डसेर सर्पको विष शरीरमा फैलिएपनि यो गाउामा मानिसहरु मर्दैनन् अर्थात् यो गाउाका मानिसहरुले सर्पको विष पचाइदिन्छन् ।
नागपञ्चमीको अवसरमा त्यहाा सर्पको मेला नै लाग्दछ र उक्त मेलामा मानिसहरु सर्पसाग खेल्दछन् । यसरी खेल्दा धेरै जनालाई सर्पले डस्दछ पनि । तर उनीहरुलाई केही हुादैन । देवी भगवतीको आशिर्वादले गाउाका मानिसहरुमा सर्पले डस्दा कुनै असर नपर्ने विश्वास गाउालेहरुको छ ।
यो गाउाका मानिसहरु गोमन लगायतका खतरनाक सर्पहरुलाई समेत पक्रेर घरमा राख्दछन् । दुनियाकै विषालु सर्पमा पर्ने गोमन सर्पलाई घरमा राखेर उहीासाग खेल्दछन् र जिस्काउाछन् । बच्चाबच्चीहरुले त साना तिना सर्प शिवजीले झौ गलामै लगाउाछन् । नागपञ्चमीको दिन हजारौा श्रद्धालुहरुले नागदेवको पुजा अर्चना गर्छन् गाउामा । पुजाआजापछि मानिसहरु गाउा नजिकैको नदीमा गएर सर्प समात्दछन् । गाउाका सबै मानिसहरु सर्प समाउनमा माहिर छन् । यसरी समातेका र घरमा पालेका सर्पहरुको मेला नै लगाइन्छ । यस्तो मेला ३ सय वर्षदेखि चलिरहेको छ ।
सर्पको पुजा गर्दा र सर्पलाई दूध र धाका लावा चढाउनाले मनोकांक्षा पूरा हुने विश्वास गाउालेहरुमा रहेको छ ।

तपाईको प्रतिक्रिया