बोलबममा युवा पुस्ताको आकर्षण बढ्दो

धरान/ प्रत्येक बर्ष बोलबममा आउने भक्तजनहरुको संख्यामा अत्याधिक वृद्धि हुदै गएको छ । धरानको पिण्डेश्वर मन्दिरमात्र हैन झापाको अर्जुनधारा लगायत देशभरका शिवालयहरुमा बोलबम भक्तजनको संख्यामा अत्याधिक वृद्धि हुदै गएको पाइएको छ ।
केही समय अगाडि वृद्धवृद्धा भक्तजनहरुको उल्लेख्य उपस्थिति रहने बोलबमम पछिल्लो समयमा युवा पुस्ता, बालबालिका, महिला पुरुष सबै नै बोलबमप्रति आकर्षित बन्दै गएका मात्र छैनन् सुनसरीको चतराको कोशीबाट १७ किमी पैदल हिडेर जल ल्याएर धरानको पिण्डेश्वर बाबाधाममा चढाउनेको संख्यामा अत्याधिक वृद्धि भइरहेको छ ।
बोलबमको महिमा जानेर वा नजानेर युवा पुस्तामा आफ्नो संस्कृति, परम्परा, रितिरिवाजलाई निरन्तता दिनु अत्यन्तै खुशीको कुरा भएको बोलबममा सहभागी युवाहरुले बताएका छन् ।
भावी पुस्तासम्म आफ्नो धार्मिक पहिचान स्थापित गर्ने काममा युवाहरुको महत्वपूर्ण योगदान रहेकोले युवा पुस्ता अब नेपालको धार्मिक, साास्कृतिक पहिचानमा अगाडि बढ्नुपर्ने धरान १५ का दिपेन्द्र सिग्देल बताउनु हुन्छ । धर्ममा विकृति आउनबाट युवाले नै जोगाउनुपर्छ र बढी भन्दा बढी आफ्नो धार्मिक तथा सांस्कृतिक कुराहरु आफ्ना अग्रज, बुद्धिजीवी र सम्बन्धी ज्ञाताहरुसंग सिकेर प्रचार प्रसार गर्नुपर्ने सिग्देलको भनाई छ । यस्तै भनाई विराटनगरका युवा गोविन्द विश्वकर्माको समेत रहेको छ । उहाले समेत धर्ममा विकृति नआउने गरी बढी भन्दा बढी युवा पुस्तालाई सहभागी गराउन सके धार्मिक महत्व बोकेको स्थान र धार्मिक महत्वको गरिमा बढेर जाने विश्वकर्माको भनाई छ ।
स्थानीयबासीहरुले भने युवा पुस्तासंगै प्रत्येक बर्ष भक्तजनहरुको संख्यामा वृद्धि भएपनि समितिले सोचेजस्तो काम नगरेको बताउदै आएका छन् । विगत पिण्डेश्वर बाबाधाममै बसेर १५ बर्ष मन्दिरमा सेवा गर्नुभएका र हाल धरान १४ विजयपुर निवासी प्रेमप्रसाद पराजुलीले धार्मिक महत्व बोकेको यस पिण्डेश्वर बाबाधाम समितिमा सोचेजस्तो काम हुन नसकेको बताउनुभयो । उहाले यहााको भौतिक पूर्वाधार, भक्तजनहरुलाई दिने सेवा सुविधाका लागि दीर्घकालीन आवासको व्यवस्था, खानपिनको व्यवस्था लगायतका विषयमा समितिले अझै गम्भीर रुपमा नसोचेका कारण सोचेजस्तो पिण्डेश्वर धामको विकास हुन नसकेको बताउनुभयो । प्रचारप्रसारदेखि यस मन्दिरमा बन्न बाकी रहेका भौतिक
पूर्वाधारको समेत विस्तारै निर्माण गर्दैै लानुपर्नेमा जोड दिनुभयो ।
यता पिण्डेश्वर बाबा धाम समितिले भने प्रत्येक बर्ष भक्तजनहरुका लागि सेव सुविधामा वृद्धि गरेकै कारण भक्तजनहरु बढेको दाबी गरेका छन् । भक्तजनहरुबाट दिएको स्वेच्छिक दानबाट समितिले प्रत्येक बर्ष पूर्वाधार थप्दै गएको समितिका सदस्य विकास वनेपालीले बताउनुभयो । उहाले साउनको सोमबार टहरामा व्यवसायी गर्ने, पार्किड र भक्तजनहरुबाट यस बर्ष साढे ४ लाख उठ्ने र यो रकमबाट मन्दिरको विकासको लागि खर्च गर्दै लाने बताउनुभयो । उहाले विगत बर्षहरुमा उठेकै रकमले यस पटक कुम्भ स्तम्भ निर्माण गरेको बताउदै अब उठेको रकमबाट नयाा नयाा पूर्वाधारलाई आवश्यक अनुसार निर्माण गर्दै जाने बताउनुभयो ।
उहाले समितिले पिण्डेश्वर बाबाधामलाई धार्मिक पर्यटकीय स्थलको रुपमा परिचित गराउन विभिन्न कार्यहरु समेत गर्दै आइरहेको र आगामी दिनमा यसलाई अझै तिब्रताका साथ अगाडि बढाइने जानकारी दिनुभयो ।
अघिल्लो दुई सोमबार लगातार परेको अविरल बर्षा र बन्द हड्तालका कारण २५ हजार भक्तजन आएको बताउने पिण्डेश्वर बाबाधाम समितिले यस पटक ५० हजार भक्तजनहरु जल चढाउन आएको जानकारी दिएको छ । राति १२ बजेदेखि नै चतराबाट जल लिएर आउने भक्तजनहरुलाई बस्ने ठाउाको समेत व्यवस्था भएकोले यसपटक भक्तजनहरुले विगतको बर्षहरुको जस्तो कष्ट भोग्नु नपरेको दाबी समितिको छ ।

तपाईको प्रतिक्रिया