विश्व स्तनपान दिवसमा वीपीको साता व्यापी प्रचारात्मक कायक्रम

धरान/ सोमबार विश्व स्तनपान दिवस दिवस । सो अवसरमा धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिषठनले विश्व स्तनपान सप्ताहको अवसरमा विभिन्न चेतनामूलक कार्यक्रम गरेको छ ।
हेरक वर्ष १ अगष्ट देखि ७ अगष्टलाई विश्वका विभिन्न राष्ट्रले विश्व स्तनपान सप्ताहको रुपमा मनाउने गरेको छ । हाल यसलाई मनाउने राष्ट्रको संख्या १ सय ७० पुगेको छ । बढ्दो आधुनिकिकरण, सामाजिक परिवर्तन तथा विशेष गरी सहरी महिलाहरु घर बाहिरको पेशा तथा व्यवसायमा संलग्न हुंदा व्यस्तता आदि कारणले बच्चालाई स्तनपान नगराउने गर्नाले आमा र बच्चाको स्वास्थ्यमा असर पर्ने गरेको देखिएको छ । अझ कतिपयमा त शारीरिक बनावट तथा सुन्दरतामा ह्रास आउाछ भनेर पनि स्तनपान नगराउने गरेको पाइएको छ ।
प्रतिष्ठानको डायटिसियन शाखाका प्रमुख शिल्पा कुमारीको नेतृत्वमा प्रतिष्ठानले विभिन्न चेतनामूलक कार्यक्रमहरु गरेको हो । यस अभियानमा हात्तिसार क्याम्पसका न्युटिूसन संकायमा अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीहरुले समेत यस अभियानमा सहजिकरण गर्ने गरेको छ ।
प्रतिष्ठानको बच्चा र गाइने ओ.पि.डि. तथा वार्डहरुमा उपचार गराउन आएका आमाहरुलाई १ अगष्ट देखि हरेक दिन स्तनपानको महत्व र फायदा बारे चेतनामूलक जानकारी दिने गरिएको छ ।
स्तनपान गराउनाले आमा र बच्चा दुवैलाई फायदा पुग्ने डायटिसियन शिल्पा कुमारीले बताउनुभयो । आमाको दुध बच्चाको लागि अमृत नै हुने हुादा आमा र बच्चाको स्वास्थ्यको लागि पनि स्तनपान गराउनुपर्ने उहाको भनाई छ ।
स्तनपान गराउने कुरा नौलो नभएतापनि यसको महत्व आमाहरुले पछिल्लो समस्य नबुझ्दा शिशु मृत्यु दर बढेको उहाको भनाई छ । उहाले आमाको दुध आफैमा औषधी हुने भएकाले नियमित स्तनपान गराउनाले निमोनिया, झाडा पखला, कुपोषण, दादुरा, कान पाक्ने लगायतका २ सय ५० प्रकारका रोगहरुवाट बच्चालाई बचाउन सकिने तथा आमाको स्वास्थ्य समेत राम्रो हुने बताउनुभयो ।
सो अवसरमा अस्पतालमा आएका आमाहरुलाई दुध खुवाउने तरिका, दुधको प्रकार र महत्व, यसको फाइदा, बच्चालाई दुध खुवाउंदा राख्ने पोजिसन, दुध खुवाउने समय, आमा र अन्य परिवारका सदस्यहरुले गर्नुपर्ने भूमिका, बच्चा र आमाको सम्बन्ध आदिको बारेमा जानकारी गराउने गरिएको प्रतिष्ठानका सुचना अधिकृत सुजेन्द्र तामाङले बताउनुभयो ।

तपाईको प्रतिक्रिया