धरान/ नेपाल धितोपत्र बोर्ड र सुनसरी उद्योग वाणिज्य संघको संयुक्त सहकार्यमा यस क्षेत्रका लगानीकर्ता एवम् लगानी गर्न इच्छुक सम्भावित लगानीकर्ताहरुको लागि हालको पूाजी बजारको अवस्था र नेपाल धितोपत्र बोर्डले गर्ने कार्यहरुका बारेमा हिजो एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सो अवसरमा बोल्दै नेपाल धितोपत्र बोर्डका निर्देशक डा. नवराज अधिकारीले छरिएर रहेको पूाजीलाई एकत्रित वा संकलन गरी ठूला ठूला उद्योग व्यवसायमा लगानी गर्न सकिन्छ । राष्ट्र वैंकले मौद्धिक नीति जारी गर्दा सबै पक्षसाग अन्तरक्रिया गर्छ । नेपाल धितोपत्र बोर्डले इच्छुक लगनीकर्ताहरुलाई आवश्यक जानकारी
गराउाछ । आज धितोपत्र बजारमा लगानी गरेर धेरैले राम्रो मुनाफा आर्जन गर्नुभएको छ । जबसम्म यसको विस्तार हुादैन तवसम्म मुलुकको समृद्धि सम्भव हुादैन डा. अधिकारीले भन्नुभयो । उहााले भन्नुभयो आज दलाल व्यवसायीमार्फत धितोपत्रको खरिद विक्री हुन्छ । औद्योगिकरण, व्यापारिकरणमा जति सर्वसाधारलाई सहभागिता गरायो त्यति राम्रो हुन्छ । यस कार्यका लागि धितोपत्र बोर्डले सहयोग गर्छ । आज धितोपत्रको
करोबार काठमाण्डौमा मात्र ९६ प्रतिशत हुन्छ । तपाईहरुले दबाब दिएर पोखरा, विराटनगर, धरान, वीरगञ्जबाट पनि ठूलो मात्रामा करोबार गर्न दबाब दिनुपर्ने बेला भएको छ निर्देशक अधिकारीले भन्नुभयो ।
सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र साहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष सरोज श्रेष्ठ, प्रथम उपाध्यक्ष विजय श्रेष्ठले पनि बोल्नुभएको थियो भने सञ्चालन महासचिव महेन्द्र प्रधानले गर्नुभएको थियो ।
