बुद्धि खुस्केकै हो
छोरा पाउनु कहिले कहिले कोक्रो बुन्नु पहिलो भनेझै दुईतिर मुख बांगिएका कााग्रेस र माओवादी केन्द्रको संसर्गबाट प्रचण्ड नयाा प्रधानमन्त्रीको रुपमा जन्मदै छन् । अब यो नयाा प्रधानमन्त्रीको सरकारमा आरजु मातालाई हासिन गराउने प्रयत्न शेरु देउवाले गर्दै गरेको गाइागुइा चल्न थालेको छ । शेरु दा’ ले आरजु मातालाई सरकारमा पुर्याएर कााग्रेसका लागि खाल्डो खन्न त खोज्या होलान् ? कि कााग्रेसको सभापति बन्दा आफ्नी जोई, छोरीलाई सत्तामा पुर्याउनै पर्ने हो कि ? आरजु माताको कााग्रेसमा के योगदान छ ? दशकौ देखि पार्टीका लागि मरिहत्ते गर्दै आएका सर्वस्व गुमाएकाहरु आज घर न घाटका भएर बसेका छन् । अनि सेरुको जोई हुादैमा आरजु मातालाई मन्त्री बनाउन चलखेल हुने ? किन शेरुको बुद्धि भ्रष्ट हुन लाग्या होला ? लौन भगवान शेरुलाई समयमै सद्बुद्धि देउ नत्र इधम सखाप, उधम सखाप हुने भयो ।
शेरधनको दु:खेसो
काम चलाउ सरकारका काम चलाउ सुचना तथा सञ्चारमन्त्री तामझामका साथ धरान आएर
सञ्चारकर्मीका अगाडि थुतुनो फड्काउदै भने ओली सरकार लोकप्रिय भएको देखेको पापीहरुले देखि नसहेर फालिदिए भने । विचरा धरान औडाहा भएर आएका थिए । औडाहाका किन नहोस् त ? सञ्चारमन्त्री भएर राई दाइा गरेर खाएको कसरी विर्सनु ? हुइय्याा सरकारी गाडीमा हुाइकियो, सरकारी घरमा खुट्टा खप्टिएर बस्यो, आउरे भाउरे जदौ गर्दै आउने, ठेटना प्रहरीहरुको तुफानी सलोट कहााबाट विर्सनु ? जति विर्सन खोज्दा पनि आाखामा त्यही त्यही कुरा झल्झल्ती आउने र फुत्तफत्ताएर, बौलाएर हिड्नु भएन क्या फसाद ? यो सत्ता भन्ने कुरा साह्रै मापाको हुादो रै’छ । छादा खाादाका सद्धे मान्छेलाई पनि गिर्मेटको टाउकोमा नट घुमाएर बकबके बनाउादो रै’छ । विचराले धरानमा आएर आफ्नो मनको वह सबै पोखे ।
ढोका खोल्देओ
खै कुन दलका सभासद हुन् कुन्नि अब बन्ने प्रचण्डाउको सरकारमा मन्त्री बन्ने पक्का पक्की जस्तो सुइाको पाएसी खुट्टाले भुई टेक्नै छाडेछ । विहानै सुड्केस ट्यांकाहरु बााधेर मन्त्री क्वार्टर पुगेछन् । बाहिर गेटमा पुगेर पालेलाई भनेछन् ढोका खोल्नुस् न । अब बन्ने सरकारमा मन्त्री पक्का भएकोले यसो सामानहरु चाहिा थन्क्याई राखौ भनेर आएको । ती सभासदको कुरा सुनेर विचरा गार्ड सेन्टीÏल्याट । यस्तो नभाको भएपनि हुनेवाला छ । काम लाग्ने, केही गरौ भन्नेलाई ज्यान गए पनि मन्त्री बनाउादैनन् । जसले नेतृत्वको मुखमा बुझो लगाउाछ, कााग्रसमा पसेर दह्रै हात लागि हुन्छ भन्ने चैते काग्रेसहरु, जनयुद्धको बेला टाागमुनि टाउको लुकाएर बस्ने कथित क्रान्तिकारीरु नै अब मन्त्री हुने पक्का छ । धरोधर्म यस्तै हुन्छ नपत्याए यिनै टोड्काले देखिहालिन्छ ।
सल्लाहै गरेनने रे
नेप्लिज कााग्रेसक तेस्रो लिंगी माने न आइमाइको कण्ठ न लोग्ने मान्छेको कण्ठ भएका नेता रामचन्द्रे बाजे हिजो आज बडो गुनासो गर्दै हिडेका छन् । अब बन्ने मन्त्री मण्डलमा कस्लाई
राख्ने, क–कस्लाई पठाउने भन्ने सम्बन्धमा बूढानिलकष्ठको दरबारले विचरा तेस्रो लिंगीलाई बाल मतलब नदिएसी’ विचारालाई भाउन्न भएको छ । यो कड्सी मेन्टेन्स गर्नेका लागि भएपनि बुढानिलकण्ठका पिठाधीशले सोधी टोपलीसम्म दिनुपथ्र्योै । आखिरी जे जस्तो भएपनि पर्टीमा बाजेको पनि योगदान त छ नि । खरेटोले बढारेझै सिनित्तिै पारेर बढारिहाल्नु त हुादैन गाठे । आाची पुछेको छेस्को त काम लाग्छ झन बाजे त पार्टीका होनेहारै परे । हिजोका दिनमा ओलीको सरकारलाई निरन्तरता दिनुपर्छ भन्दै हिडेकाले बुढानिलकण्ठे पीठाधिशलाई रिस उठेर पो यसो गरेका हुन कि † जे भएपनि दुवैले पानी खाने एउटै मुलको हो क्या रे ।
फुटाइदिने धम्की
शत्रु खोज्न टाढा जानु पर्दैन । आफन्तै शत्रु हुन्छन् भन्थे हो कि क्या हो ? अस्तिका दिन झलेमालेका नेता माकुन्याउले ओलीले धेरै ल्याङ्गल्याङ्ग गरे पार्टी नै फुटइदिने धम्की दिए । ९ महिने कार्यकालमा खप्रओले विचरा माकुन्याउलाई गन्दै गनेनन् ।
रिसले चुर चुर भएका माकुन्याउ पनि के कम मौकको ताकमा थिए । मौका पर्नासाथ दनक दिइहाले । ओलीको नेतृत्वमा भएको सरकार गिर्नुमा खप्रओ नै दोषी छन, गुट उपगुट चलाएर पार्टीमा विग्रह ल्याएकैले सरकार ढलेको भनेर दनक दिादा खप्रओका कार्जेकर्ताले उत्पातै मच्चाए । लौ अब मकुन्याउले पार्टी फुटाइदिने धम्की दिए भनेर । कम्ता वमन्डर मच्चाएनन् ओलीका छाउराहरुले । आखिरी मकुन्याउले भन्या त ठीकै रैछ । गुट उपगुट त खप्रओले नै चलाका रै’छन् । कि कसो हौ ?
मति विग्रेको हो ?
मति बिग्रिएपछि कस्को के लाग्छ
र ? अब हेरौ सुत्त जर्मनबाट आएर फुत्त नेता बनेकी सुजो यतिबेला एमालेकै पक्षेमा धुवाधार बोलिरा’छिन् । के बोल्दै छु भनेर सुद्धि नै हराएछ कि क्या हो ? कहिले गाउाघरका कााग्रेसका कार्जेकर्ता ओलीका पक्षेमा छन् भनेर बोल्छिन्, कहिले ओलीको सरकर ढाल्न देउवाले बद्मासी गरे भनेर बोल्छिन् । आखिरी गिर्जाउ पुत्रीलाई एमालेप्रति त्यतिको मोह किन भएको होला ? गिर्जाउ त एमालेका विरुद्धमा आगो खाएर अंगार विस्ट्याउाथे । अनि छोरीमा चाहिा त्यतिविघ्न मोह ? गााठी कुरा के रै’छ भनेर घण्टाघरले वाइनाकुलर सोझ्याएर हेर्दा कुरो त अन्तै गएर गाठो पर्या रै’छ । अब बन्ने सरकारमा मन्त्री बन्नेहरुको नाममा चर्चा हुादा सुजोको नाम कतै आएनछ । देउवाले यिन्लाई मन्त्री बन्न घाास हाल्ने कुरै भएन । सुजु पनि मन्त्री बन्नुपर्छ भनेर बोल्दिनेसम्म कोही भएनन् । अब आफू मन्त्री नै नबन्ने भएसी’ सुजोले देउवा भन्दा ओलीलाई नजिक देख्नु त स्वभाविकै हो नि । आफू मन्त्री बन्ने पक्का भएसी’ ओलीको समर्थन गर्नु त स्वभाविक हो । कि कसो हौ सुजो मेम ?
पड्काएछन्
सधै अरुको डढेल्नुमा चढेर
राज्येको ढुकुटीमा नाच्दै आएका आफूलाई ठूला दलका केन्द्रीय नेता हौ भन्नेहरुलाई रसुवाको धुन्चेमा स्थानीय बासिनले लादी फर्काएर पड्काएछन् । केन्द्रीये नेताहरुलाई त्यसरी लादी फर्काएर पड्काएसी’घण्टाघर कम्ता गदगद भा’छैन । स्थानीय निकाय पुन: संरचनाको विषयमा अन्तरक्रियामा स्थानीयले कााग्रेस, एमाले र माओवादीका नेताहरुलाई कुर्सी र लठ्ठीले बजाउादा एमालेका बैकल्पिक केन्द्रीय सदस्य माधव अर्याल, वाउवादीका केन्द्रीय सदस्य इन्द्र गौतम, माधव लामिछाने, मेघनाथ घिमिरे, कााग्रेसका महाधिवेशन प्रतिनिधि जनकजीवन उपाध्याय, रसुवाका स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेको अनुहार सुन्निएर हनुमान जस्तो भा’छ रे । स्थानीय निकाय पहिला जे जस्तो छ त्यही ठीक छ । पुन: ंसरचना गर्नुपर्दैन भनेर स्थानीयले बारम्बार आग्रह गर्दा पनि नसुनेसी उनीहरु पडकिएका
रै’छन् । यतिबेला उनेरको जिल्ला अस्पताल धुन्चेमा मलमपठ्ठी हुादै छ रे । जनताले नचाहादा नचाहादै पुन संरचना गर्छ भनेपछि जन्ताले के भद्रो हेरेर बस्छन् त ?
अन्तेमा
झालेमालेका उपल्लो नेता बामदेउ गौतमलाई यतिबेला प्रचण्डाउलाई पर्धानमन्तरी बनाउन नसकेकोमा बडो चिन्ता लाग्या छ रे । उन्ले अस्तिका दिन काठमाण्डौमा भन्या । वैसाखमै केपी ओलीको सरकार चैट्ट हुन लाग्दा तीन बुादे भद्र सहमति अनुसार बजेट पछि प्रचण्डाउलाई पर्धानमन्तरी बनाउने सहमति भा’थ्यो । तर खप्रओले ज्यान गएपनि सत्ता नछोडेपछि यतिबेला खप्रओ पनि बाहिरिनु पर्यो, सरकारमा झालेमालेको सहभगितै भएन भनेरगौतमले गृहय कुरा खोले । अब खपओचाहिा माउवादीसाग पर्धानमन्तरी दिने सहमति भाकै थेन भन्छन गौतम लगायतका नेता भा’थ्यो भन्छन् । कस्का कुरा पत्याउनु कस्का कुरा नपत्याउनु ।
