आर्मी अफिसर्स क्लबमा काठमाण्डु वाराणसी सांगीतिक सन्ध्या

राजधानी/भारतीय राजदुत बीपी कोइराला भारत–नेपाल फाउन्डेशनको आयोजनामा गत शनिवार अर्थात ३० जुलाई २०१७ मा सुर सुधा र सिद्धार्थ आर्ट ग्यालरीले काठमाण्डु वाराणसी सांगीतिक सन्ध्या संगीत कार्यक्रम सम्पन्न गरेको छ ।
कला र सास्कृतिमा नेपाल र
भारतबीचको धेरै हदसम्म समानता रहेका कारण कहिले भारतीय कलाकारहरु नेपाल आएर प्रस्तुति दिने गर्छन भने कहिले नेपाली सांगितिक तथा अन्य क्षेत्रका कलाकारहरु भारतको राजधानी नयाादिल्ली तथा अन्य मुख्य सहरमा पुगेर कार्यक्रमहरु आयोजना गर्दै आएका छन् ।
गत शनिवार वाराणसीबाट आएका ४ शास्त्रीय संगीतकारहरुले नेपाली शास्त्रीय संगीतकारहरुसाग मिलेर रोचक ढंगले कार्यक्रम प्रस्तुत गरेका थिए । शास्त्रीय संगीत कार्यक्रमका प्रमुख अतिथिमा नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षेत्री रहनु भएको थियो । उहााको प्रमुख आतिथ्यले शास्त्रीय संगीतकर्मीलाई उत्साहित बनाएको थियो । नेपाली संगीत वैण्ड सुरसुधा र गायक डा. विष्णु पौडयालले चित्ताकर्षण प्रदर्शन गर्नुभएको थियो । प्रख्यात नेपाली मुखर कलाकार तथा सरोद वादक मोहन सुन्दर श्रेष्ठको प्रस्तुति समेत बेजोड रहेको थियो । भारतीय कलाकारहरु सितारमा सुश्री श्रावनी विश्वास, हवाइन गितारमा सञ्जय बर्मा, तबलामा रजनीश तिवारी र गायक रामशंकर समिल हुनुहुन्थ्यो ।
कार्यक्रममा नेपाली सेनाका बरिष्ठ शैन्य अधिकारी, नेपाली संगीतकार, सञ्चारकर्मीहरु लगायत झण्डै ५ सय व्यक्तिहरुको उपस्थिति रहेको थियो । उपस्थिति भएकाहरुले शास्त्रीय सांगीतिक कार्यक्रमबाट भरपुर मनोरञ्जन लिएका थिए ।

तपाईको प्रतिक्रिया