इनरुवा/सप्तकोशीमा यस बर्षकै सबैभन्दा बढी पानी मापन गरिएको छ । सप्तकोशीमा पानीको बहाव बढेसागै नेपाल र भारततर्फका किनार वस्तीहरु उच्च जोखिमा परेका छन् ।
कोशी व्यारेजका असई भीम थेवेका अनुसार मंगलबार दिउासो दुई बजेको मापन अनुसार सप्तकोशीमा २ लाख ६४ हजार ८ सय क्युसेक पानीको वहाव रहेको छ । तर मंगलबार विहानको मापन अनुसार २ लाख ४० हजार ४ सय क्युसेक पानीको वहाव भएपनि पूर्वी पहाडी जिल्लामा बर्षा हुने क्रम
नरोकिएको हुनाले पानीको बहाव अझ बढ्न सक्ने थेवेको कथन छ । हाल सप्तकोशीका ५६ वटा ढोकामध्ये ३३ वटा ढोकाहरु खोलिएका छन् भने चौवीसै घण्टा खतराको संकेत रातो बत्ती बालिएको छ ।
अविरल बर्षाका कारण हनुमान नगर पूर्वको गोवरगाढा गाविसका बासिन्दाहरु विचल्लीमा परेका छन् । चारैतिर कोशीको पानीले घेर्दा टापुको रुपमा रहेको उक्त गाविसका स्थानीयहरु ठूलो समस्यामा परेका हुन् । उक्त गाविसम यतिबेला राज्यका कुनै पनि निकायको उपस्थिति रहेको छैन । डुबानमा परेर करिब १२ सय जना सप्तकोशीको बीच भागमै थुनिएका छन् । घरमा चुलो बाल्ने सम्म ठाउा नहुादा उनीहरुको दैनिकी अत्यन्तै कष्टकर भएको छ । घरका छानामा, रुखमा तथा केही अग्लो ठाउामा बसेर उनीहरु गहुाको पीठो खाएर ज्यान बचाई रहेका छन् । स्थानीय छुतरु यादवले भने केही दिन देखि अनिदो, खान नपाएर र चिसोका कारण प्राय: सबै मानिस विरामी परेका छन् । स्थानीय उपस्वास्थ्य चौकीमा औषधि पनि छैन, स्वास्थ्यकर्मी पनि छैनन्, स्वास्थ्य चौकी नै पानीले डुबेको छ । अन्य समयमा समेत उक्त गाविसका स्थानीय बासिन्दाहरु डुंगाको सहाराले आवात जावत गर्थे भने अहिले पानीले चारैतिर घेरेर बस्ती नै डुबाएपछि डुंगाबाट आवात जावत गर्न पनि सम्भव
छैन ।
यसैबीच अविरल बर्षा र बाढीका कारण सुनसरीमा सोमबारमात्र एक तिर्थालुको मृत्यु भएको छ । प्रत्येक साउने सोमबार चतराबाट जल ल्याई धरानको पिण्डेश्वरमा चढाउने क्रममा एक तिर्थालुको मृत्यु भएको हो ।
बराहक्षेत्रबाट हिडेकी इटहरी आइतबारेकी १७ बार्षीया सुनिता कार्की बराहक्षेत्र १ मा रहेको दूध खोलामा बगेर बेपत्ता भएकी छन् । चतरा प्रहरीले दिएको जानकारी अनुसार कार्कीसागै भोजपुर मानेभन्ज्याङ्ग ५ घर भएका ज्ञानेन्द्र
पराजुलीलाई पनि उक्त खोलाले बगाएको थियो । प्रहरी र स्थानीयको सहयोगमा पुराजुलीको उद्धार गरिएको थियो । बाढीले सुनसरीमा मात्र एक हजार भन्दा बढी घरहरु डुबानमा परेका छन् । बाढीका कारण अमडुवा, अमाहीबेलाहा, पश्चिम कुसाहा, खनार, सोनापुर, चिमडी, शिवगञ्ज, छिटाहा, तनमुना, श्रीलंका टापुका सैयौ घरहरु डुबानमा परेका छन् ।
