धरान/लगातार अविरल बर्षाका कारण सीमावर्ती भारतको विहार राज्य अन्तर्गतका विभिन्न जिल्लाका बाढी पीडितहरु सुरक्षित आश्रयका लागि विगतमा झै यस बर्षपनि नेपाल प्रवेश गरेका छन् ।
सुरक्षित आश्रय स्थल खोज्दै विराटनगर वडा नं. १४ स्थित अस्थायी टहरा बनाई केही दिनका लागि बस्नेहरुको संख्या झण्डै २ सयको हाराहारीमा रहेको छ । विराटनगर रोडशेष चौकदेखि केही दक्षिणमा कपडा तथा त्रिपालका अस्थायी टहरा बनाई बसेका उनीहरुको दैनिकीसमेत त्यतिकै कष्टकर बनेको छ ।
पेशाले मौरीको मह काढ्ने धामी समुदायका ५० पुरुष र ५० महिलासागै एकसय जना बालबालिका समेत रहेका छन् । विहारको सुपौल, अररिया, पूर्णिया जिल्लाका बासिन्दा उनीहरुमध्ये धेरै बालबालिका चिसोका कारण रुघा खोकी, निमोनियाले समेत ग्रस्त छन् । अत्यन्तै करिब समुदायका उनीहरुको घर बाढीका कारण डुबेर बस्नै नसकिने अवस्थामा पुगेकाले सुरक्षित बासका लागि नेपाल आइपुगेको समूहका अगुवा झै देखिने अरविन्द धामीले बताए । आÏना बाासका घरहरु बाढीले बगाएको र डुबाएको भएपनि विहार सरकारले आफूहलाई कुनै सहयोग नगरेको पनि धामीले प्रष्ट्याए । उनले भने, अस्थायी कटेरामा समेत हाम्रो चुलो बलेको छैन , बालबालिका विरामी छन्, दैनिक गुजारा मागेर चलाउादै आएका छौं । शनिवार दुई जना बालबालिका लिएर माग्दै धरान आएका धामीले भने, बालबच्चा विरामी छन्, उनीहरुको उपचार भन्दा पनि विहान बेलुका खुवाउनु ठूलो कुरा हो ।
