धरान/मुस्लिम अतिवादी संगठनहरुले कोशी व्यारेजमा आक्रमण गर्ने योजना बनाइरहेको खवर सार्वजनिक भएसागै सुनसरी र
सप्तरीको सीमानामा रहेको कोशी
ब्यारेजको सुरक्षा व्यवस्था कडा
पारिएको छ ।
भारतीय अधिकारीले नेपाली स्थानीय अधिकारीलाई पत्र लेख्दै आतंकवादी संगठनहरुले कोशी
व्यारेजलाई पनि निशानामा राखेको पत्र पठाएपछि सुरक्षा अवस्था कडा पारिएको हो ।
‘अहिले कोशी व्यारेजमा नेपाल तथा सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ’ सप्तरीका
प्रहरी प्रमुख एसपी भीम ढकालले भने, ‘हरेक सबारी साधनको चेकजााच गर्नुका साथै शंकास्पद कुराहरुमा गम्भीर निगरानी राखिएको छ ।’
उनका अनुसार कोशी व्यारेजको सप्तरीतर्फ तथा सुनसरीतर्फ पनि
सुरक्षा अवस्था कडा पारिएको छ । भारतीय सुरक्षा अधिकारीको यस्तो पत्र आएपछि सुरक्षा अवस्थालाई व्यारेज आसपास क्षेत्रमा मजबुत बनाइएको ढकालको भनाइ छ । ‘पत्र आएपछि सुरक्षा समितिको बैठक बसेर छलफल गरी सुरक्षा रणनीति तयार गरेका छौं’ एसपी ढकालले भने, ‘अहिले सप्तरी र सुनसरीका सुरक्षाकर्मी चनाखो भएर काम गरिरहेका छौं ।’
सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले पनि सुरक्षा संयमता अपनाइएको बताए । उनले कोशी
व्यारेज क्षेत्रको पााच सय मिटर दायाा बायाा माछा मार्न र काठ संकलन गर्न पनि रोक लगाइएको बताए । चेक जााचका क्रममा प्रेस, एम्बुलेन्स, सरकारी गाडीहरु लगायत सम्पूर्ण सार्वजनिक यातायातका साधनहरुमा कडा सुरक्षा चेकजाच गरिएको गौतमको भनाई छ । ‘हुन त यो पहिलाकै नियम हो, तर सुरक्षा अवस्थालाई थप मजबुत बनाउन पुरानै नियमलाई लागू गराएका छौं’ उनले भने ।
सुरक्षा श्रोतका अनुसार भारतको बिहार राज्य अन्तर्गत सुपौल जिल्लाका डिएम बैजनाथ यादवले सुनसरी र सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाउादै मुस्लिम अतिवादी समूह लस्करे ए तोइबा, जएस ए महम्द र पाकिस्तानी मूलका भारतीय मुजाहिद्दिनले महत्वपूर्ण प्रतिष्ठानलाई लक्षित गरी कोशी
ब्यारेजलाई पनि निशानामा राखेको हुादा सुरक्षा गर्न अनुरोध गरेको हो ।
